काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो । बिहान ३ बजेदेखि ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाई भएको प्रहरीले जानकारी दिएको छ ।

विप्लव समूहले आफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका छ । यसै क्रममा हिजो साँझ काभ्रेको बेथानचोकमा बम विस्फोट भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया