२६ जनवरी २०२१ अमेरिका

गत २४ तारीख जनवरी २०२१ आइतबार एक भर्चुअल कार्यक्रम मार्फत बाल शिक्षा उदघाटन समारोह सम्पन्न भएको थियो ।

कार्यक्रम ग्लोबल भुटानी साहित्यिक संस्थान (global bhutanese literary organization )का अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यमा रहेको थियो भने देवी राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


कार्यक्रममा थुप्रै समाजसेवी तथा साहित्यकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा , डा. भिम खतिवडा , शिक्षाविद् हेमन्त लामा, वरिष्ठ साहित्यकार डा. मधु माधुर्य श्रेष्ठ लगायत अन्य अतिथिले नेपाली भाषा प्रतिको मोह र आवश्यकताबारे छोटो सान्दर्भिक मन्तव्य राख्नु भएको थियोे ।

नयाँ पुस्तालाई वैज्ञानिक तरिकाले शिक्षा दिन सके मात्र फलदायी हुने कुरा कार्यक्रममा वक्ताहरुले पेस गर्नु भएको थियो । नेपाली कक्षाका लागि आवश्यक सामाग्रीको पनि जोहो भइसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रमलाई अझ ओझिलो बनाउन यदु अधिकारी र लक्कीराशिले सृजना वाचन गर्नु भएको थियोे । कार्यक्रमको अन्तिम प्रहरमा बालबालिकाहरुले केहि मौलिक गीत तथा भजन गाएका थिए ।

आइतबार देखि कक्षा सञ्चालन हुने र अभिभावकहरुलाई आफ्ना नानीहरूको फारम भरिदिन हुन संस्थाका अध्यक्ष कर्ण गुरुङले अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषण गर्नु भयो ।

तपाईको प्रतिक्रिया