२६ जनवरी २०२१

हङकङ सरकारले या मा तेइ एरियाको अर्को स्थानलाई ” निषेधित क्षेत्र” आज बेलुकी सात बजे घोषित गरेकोछ। यस नयाँ घोषित दोस्रो निषेधित क्षेत्रमा बस्ने प्रत्येक नागरिकले अब आफ्नै ठेगानामा सिमित भएर तोकिएको समयसीमासम्म बस्नु पर्नेछ र सरकारले तय गरेबमोजिम अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ।

निषेधित एरियाको परिधिभित्र ९-२८ पिट स्ट्रीट देखि ३ तुङ अन स्ट्रीट सम्मका ११ वटा भवनहरु परेकाछ्न भनिएकोछ।

अनिवार्य कोरोना परिक्षण भोलि बिहान ६ बजे सम्ममा गरिसकिने आनुमान गरिएको छ। यसको मतलब जम्मा ११ घन्टा यो क्षेत्र लकाडाउनमा गएकोछ।

आज बेलुकी ७ बजे यो एरियालाई निषेधित क्षेत्र घोषणा गर्नासाथ लक डाउनमा पनि लगिएको हो।

आज बिहान हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङमा एम्बुस स्टाइलको लकडाउन हुने छ्नक दिएकी थिइन। लक डाउन गरिने इलाकाका वासिन्दाहरु अगाडि नै भाग्न नपावस भनेर लक डाउन गरिने कुरा गोप्य राखिने कुरा उनले जनाएकी थिन।

तपाईको प्रतिक्रिया