काठमाडौं । नेकपा एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठाएको छ । गत शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले एमालेका चार जना नेताहरुलाई स्पष्टिकरण सोधेको थियो ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको नीति विपरितका काम गरेको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेका थिए ।

नेताहरुले स्पष्टिकरणपत्र बुझ्न अस्वीकार गरेपछि स्वकिय सचिवलाई बुझाएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तिन दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण दिन भनिएको छ । पत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया