नेपाली साहित्यमा राबत स्थापित कवि मध्ये एक हो । आफ्नो लेखनमा मानिसका संवेदनालाई गहिरो शान्त र प्रेमीलरुपमा राख्नसक्ने उनि आफ्ना पुस्तामाँझ प्रिय कवि हुन् प्रस्तुत छ साताको तीन कविता ।

दूरी
एउटै बोटको
फरक हाँगामा फुलेको फुलझैँ
एउटै परिधिमा रहेर पनि
तिम्रो र मेरो मिलन
नचुँडिएसम्म सम्भव छैन ।

अर्को सत्य

दुखी हुनलाई
यहाँ धेरै सुविधाहरु छन्
तर सुखी हुनलाई
उधारै भए पनि रक्सी प्युनुपर्छ
चियर्स ।

बाध्यता
अझै पनि
कतिपय आमाहरु
बच्चाको फि र टिफिनको लागि
मनी ब्यागमा मनी हैन
कन्डम बोकेर
बजार जान्छन् ।

तपाईको प्रतिक्रिया