१५ डिसेम्बर २०२० । हङकङ न्युज डेस्क।

अमेरिकाको न्युयोर्क राज्यले १४ तारीख सोमबारबाट कोभिड-१९ भ्याक्सिन दिन शुरु गरेकोछ। डरलाग्दो महामारीलाई नियन्त्रण गर्ने राज्यको भरमग्दुर प्रयासको एउटा महत्त्वपूर्ण कदम यो खोप परिचालन हुन गएकोछ।

खोपको पहिलो भागिदार स्वास्थकर्मीहरु रहेकाछ्न।न्युयोर्क गभर्नर एन्ड्रयु क्वामोका अनुसार लङ आइल्याण्ड स्थित ज्युइस मेडिकल सेन्टरको सघन कक्षमा कार्यरत नर्स सान्ड्रा लिन्ड्सेले खोपको पहिलो सट लिएकी थिइन।

स्मरण रहोस् न्युयोर्कमा ३५ हजार भन्दा बढी मानिसको ज्यान यस भाइरसले लिइसकेकोछ।

” म आज धेरै आशावादी भएकोछु” भ्याक्सिन लिएपछि लिन्ड्सेले भनिन । ” अब चाहिँ रोग निवारणको ढोका खुलिएको अनुभव भैरहेछ। आशा छ इतिहासमा हामीले भोग्नु परेको एउटा दर्दनाक समयको अन्त्यको शुरुआत भएको कुरालाई यो कदमले जनाउदछ।”

तपाईको प्रतिक्रिया