क्रान्ति सुब्बा

हेर्नुहोस माथिको युट्युबमा लाभाले घर खाएको

२५ तारीख सेप्टेम्बर शनिबारबाट ला पाल्मा द्विपको लास मान्चास जिल्ला नजीक स्थित कुम्ब्रे भिएहा ज्वालामुखी विस्फोटको नयाँ चरणमा प्रवेश गरेको थियो । ज्वालामुखीको मुल मुखको पश्चिम पट्टी अर्को मुख सिर्जना भै लाभाको लप्का आकाश तिर उड्न थालेपछि यो नयाँ चरण शुरु भएको हो। परिणामस्वरूप द्विपको विमानस्थल बन्द भएको थियो भने नागरिकहरु पानीजहाज मार्फत अन्यत्र जान थालेका थिए ।

लाभा बगेको दृश्य आकाशबाट खिचेको
नासाको सेटलाइट इमेज। सेप्टेम्बर २६ ,२०२१

ड्रोनबाट प्राप्त चित्र अनुसार ज्वालामुखीको कोन ( सोलि ) फुटेको देखिएको छ। “यस्तो किसिमको विस्फोटमा भोल्केनोको सोलि फुट्नु स्वाभाविक छ। विस्फोटले बनाएको बिशाल खाल्डाले आफ्नै वजन धान्न नसकेपछि यसरी कोन फुट्ने गर्दछ।” भोल्केनो रेस्पोन्स कमिटिका डाइरेक्टर मिगल एन्जल भन्छिन।

क्यानरी द्विप स्थित ज्वालामुखी संस्थानले ला पाल्मा द्विपमा विस्फोट भएको ज्वालामुखी २४ देखि  ८४ दिन सम्म फुटिरहने कुरा सेप्टेम्बर २२ तारिख बुधबार खुलासा गरेका थियो ।

क्यानरी द्विप पुन्ज जम्मा ८ वटा द्विप मिलेर बनेको छ। आकारको हिसाबले ला पाल्मा सुदुर पश्चिममा रहेको पाँचौं ठुलो टापु हो जसको क्षेत्रफल ७०८ स्क्वायर किलोमीटर ( २७३स्क्वायर माइल ) रहेको छ। क्यानरी द्विप पुन्जको टेनेरिफ भन्ने अर्को टापुमा माउन्ट टाइडे भन्ने संसार कै अग्लो ज्वालामुखी रहेको छ।

क्यानरी द्विप समुह मध्ये कम पर्यटक जाने द्विपको रूपमा चिनिन्छ ला पाल्मा।

सन १९७१ पछि पहिलो चोटि यो विस्फोटन भएको हो। तर १९७१ अक्टोबरमा भएको विस्फोट अहिलेको जस्तो खतरा र जमिनमा कम्पन ल्याउने खाले थिएन ।

त्यसबेलाको भोल्केनो तीन हप्ता भन्दा बढी सक्रिय रहेको थियो ।

स्विमिङ पुल नजिक पुगेको लाभा

संस्थानले यी  द्वीपसमूहमा  पहिला भएको विस्फोटको काल अवधि  गणना गरेपछि यस्तो निष्कर्ष निकालेको हो। पहिला घटेको विस्फोटन पनि अहिलेको  नवीनतम विस्फोट झैँ   भारी लावा प्रवाह र  चिरकालिन भूकंपीय गतिविधिले भरिएको थियो ।

यस अर्थमा ज्वालामुखी प्रभावित इलाका निवासीको जीवन  भूकंप, लाभा प्रवाह, बिखालु ग्यास , ज्वालामुखीय राख र अम्लीय वर्षाको  खतराबाट विमुक्त छैन ।

लाभाले पुर्न नसकेको अदभूत घर। घरका मानिस बाहिर गैसकेका छ्न।
चमत्कारिक भवन जसलाई लाभाले पछिल्लो दिनमा पुरेर छाड्यो

संस्थानले दिएको जानकारी अनुसार सेप्टेम्बर २१ तारीख मंगलवारको  रात ला पाल्मा ज्वालामुखीमा अनगिन्ती स साना विस्फोटन जारी रहेको थियो जसले   चट्टान  र राखलाई हावामा उडाइरहेको थियो ।

ज्वालामुखी देखि प्वाँखको आकारमा निस्किएको धुलो र धुँवाको उचाइ लगभग ४.२ किलोमिटर (१३,८०० फिट ) थियो ।

सेप्टेम्बर १९ तारीख आइतबार स्थानीय समय दिनको १४:१५ बजेदेखि जारी विस्फोटले उठाएको ६ मिटर सम्म अग्लिएको सुस्त गतिमा बग्ने बासाल्ट नामक लाभाको पर्खालले २३ सेप्टेम्बर साँझ १९:४४ बजे सम्ममा ४५० वटा भवनहरुलाई क्षतविक्षत पारिसकेको थियो । २४० हेक्टर जमीनसम्म फैलिसकेको लाभाले १५ किलोमीटर बराबरको सडकलाई नाश पारेको थियो

कम्तीमा ५ वटा ज्वालामुखीका मुल द्वारहरु फुटेका थिए ।

सेप्टेम्बर २१ तारीख मंगलबार ज्वालामुखीको नयाँ द्वार कुम्ब्रे भिएहा रिजदेखि ३,००० फिट उत्तरमा फुटेको थियो जहाँ पहिलो विस्फोट आइतबारको दिन भएको थियो । फलस्वरूप लाभाको नदि भिरबाट ओरालो बाक्लो जनघनत्व भएको समुद्र किनार तर्फ लागेको थियो ।

आपतकालीन सेवामा खटेकाहरुले  फ्रंट-लोडरको उपयोगद्वारा  लाभालाइ हटाइ  उम्लिएको चट्टानलाई अर्कैतिर बगाउन बाटो बनाउने प्रयास गरेका थिए । छेउछाउको  संपत्ति जोगाउन यसो गरिएको थियो । तर यो बिधिले काम गरयो कि गरेन अनभिज्ञ रहेको अधिकारीले बताए ।

लगभग १,००० मानिसहरुलाई सेप्टेम्बर २१ तारीख सम्ममा  छिमेकमा रहेको टोडोक क्षेत्रबाट उद्वार गरिएको थियो । प्रभावित क्षेत्रबाट बाहिर निकालिएको  मानिसहरुको कूल संख्याले ६,००० नाघेको थियो । विशेष गरि द्विपको घना वस्ती भएको दुइटा शहर एल पासो र लानोस डि एरिन्डेनका वासिन्दालाई अन्यत्र सारिएको थियो । ४०० भन्दा बढी पर्यटकलाई छिमेकी द्विप टेनेरिफमा सारिएको थियो ।

केरा, अभोकाडो र अंगुर यहाँको आग्नेय मलिलो भुमिमा प्रशस्त फल्दछ। यहाँको एउटा आयस्रोत यही खेतीपाती हो। लाभाले नाश गर्न अघि किसानहरु आफ्नो फसल भित्र्याउन लागि परेका थिए ।

ला पाल्मामा विभिन्न कालखण्डमा फुटेका ज्वालामुखीहरु

१,००० डिग्री सेल्सियस बराबरको लाभाले जलमग्न स्थललाई भेटेमा त्यहा विशाल विस्फोट भै विषालु ग्यासको बादल उत्पादन गर्न सक्ने अनुमान गरिएको थियो

विस्फोट हुनासाथ मानिसहरूको उद्वार गर्ने कार्य तुरुन्तै जारी गरिएकोले कसैको मरण नभए पनि  घर, संरचना र खेतीयोग्य जमीन भने ध्वस्त भएका थिए । विस्फोटन पुर्व सेप्टेम्बर ११ तारीखबाट ३.५ रेक्टर स्केल सम्मको भुकम्प २५,००० पटक दर्ता भएको थियो । विस्फोटनले १ करोड १० लाख क्युविक मिटर बराबरको म्याग्मा सतहमा ओकलेको थियो । म्याग्माको तापक्रम १,१०० डिग्री सेल्सियस थियो ।

ज्वालामुखी विस्फोटपछि दैनिक  ८,००० देखि १०,५०० टन बराबरको सल्फरडाइअक्साइडको निकास भैरहेको थियो जसले फोक्सोलाई हानी पुर्याउने कुरा संस्थानले जानकारी दिएको थियो ।

८५,००० जनसंख्या भएको यो द्विप युरोपेली पर्यटकको एउटा लोकप्रिय गन्तव्य हो। सेप्टेम्बर २७ तारीख बिहान सोमबारको दिन विस्फोटन गतिविधि केहि समय सम्म सुषुप्त भएको थियो । तर लाभा र धुवा फेरि ओकल्न थालेको थियो ।

२९ सेप्टेम्बर २०२१

रक्तिम उष्ण लाभाले करिब ६,००० घरहरू नाश गर्दै, एल पाराइसो र टोडोके गाउँको बाटो भएर २१ किलोमीटर (१३ माइल ) बराबरको सडक पुर्दै ९ दिन पछि प्लाया नुभा एरियामा रहेकोे एटलान्टिक महासागर सम्म पुगेको थियो जहाँबाट हानिकारक साबित हुनसक्ने सेतो बाफ आकाशतिर उड्न थालेको थियो । तीन वटा समुद्र किनारमा रहेका गाउँहरु लकडाउन गरिएका थिए । वस्ती खाली गरि कसैलाई गाउँ पस्न दिइएको थिएन ।

.लाभाले ढाकेको एरिया अहिले २५८ हेक्टर पुगेको थियो ।

.स्पेनले ला पाल्माको लागि युरो डलर १ करोड २० लाख २० हजार सहयोग राशि पारित गरेको थियो ।

.नयाँ ज्वालामुखीको मुख रचना हुने र विस्फोटन गतिविधि बढ्ने क्रम बढेपछि ताकान्डे र तजुया गाउँ खाली गरिएको थियो ।खरानीको मुस्लोको उचाइ ४ किलोमिटर भएको थियो ।

४ अक्टोबर २०२१०

.निरन्तरको लाभा प्रवाहले ला पाल्मा द्विपको पश्चिम पट्टी रहेका १,००० घरहरु ध्वस्त पारिसकेको छ।

.२० माइल बराबरको सडक पुरेको छ।

. अक्टोबर ३ तारिख आइतबार ज्वालामुखी विवर अर्थात क्रेटर फुट्दा लाभाको बाढी बढेर समुद्रकिनार तिर बढेको थियो ।

५ अक्टोबर २०२१

. ज्वालामुखी फुटेको दुई हप्ता नाघेपछि यो ज्वालामुखीले विगत १०० वर्षमा विस्फोट भएका दुई वटा ज्वालामुखीलाई उछिनेको छ।

  • द्विपको भौगर्भिक इतिहास

क्यानरी द्विपहरु,मेडेइरा द्विप, एजोरस र केप भर्ड द्विपहरु र द्विप पुन्जहरु जम्मै माकारोनेशियाको भुखण्डभित्र पर्दछ्न। यी सबै द्विप तथा द्विप पुन्जहरु करिब ७ करोड वर्ष अघि ज्वालामुखीद्वारा बनिएका हुन।

यसर्थ क्यानरी द्विपहरु वास्तवमा ज्वालामुखीयुक्त सागरमाथि बसेका द्विप शृङ्खला हुन जो उत्तर अफ्रिकाको पश्चिम किनार ( पश्चिमी सहारा र मोरक्को) देखि ११५ किलोमीटर पश्चिममा बसेका छ्न। बिस्तारै हिडने समुद्री प्लेटमाथि बसेका सजिव ज्वालामुखीय द्विपहरु कस्ता हुन्छ्न भन्ने दृश्यलाई यी द्विपहरुले देखाएका छ्न। यी द्विपहरु अफ्रिकी टेक्टोनिक प्लेट माथि बसेका छ्न।

विगत १ हजार वर्षको इतिहास हेर्ने हो भने स्पेनको क्यानरी टापुहरुमा मात्र ज्वालामुखी फुटेको देखिन्छ । यसको एउटा कारण हो यहाँका ज्वालामुखीहरु सबैभन्दा कान्छा हुनु। जस्तैः कुम्ब्रे भिएहा ज्वालामुखी जन्मेको समय १ लाख २५ हजार वर्ष भयो। यी द्विपहरु अझै ज्वालामुखी विकास गराउने चरणमा नै छ्न ,जसको अर्थ ज्वालामुखी अझै फुटन सक्छ । यो इलाकामा विभिन्न समयमा फुटेका ज्वालामुखीहरु यस प्रकार रहेका छ्न।

.१४३०/१४४० टैकांडे या मोंटाना क्वेमाडा ला पाल्मा

.१४९२ कोलन टेनेरिफ़को विस्फोट

.१५८५ तेहुया, ला पाल्मा

.१६४६ ज्वालामुखी मार्टिन ओ डी टिगलेट, ला पाल्मा

.१६६७/१६७८ वोल्कैन डी सैन एंटोनियो ला पाल्मा

.१७०४/१७०५ वोल्कैन डे सिएटेफुएंट्स टेनेरिफ़

.१७०४/१७०५ वोल्कैन डी फ़ास्निया टेनेरिफ़

.१७०४/१७०५ ज्वालामुखी डे अराफो टेनेरिफ़

एटलान्टिक महासागरमा लाभा पस्दै

.१७०६ इरप्शन डी गाराचिको / ज्वालामुखी डे एरेनास नेग्रास टेनेरिफ़

.१७१२ विस्फोट डेल चार्को ला पाल्मा

.१७३०/१७३६ इरप्शन डे तिमानफाया लैंजारोटे

.१७९८ विस्फोट नारिसेस डेल टाइड / वोल्कैन डे चहोरा टेनेरिफ़

.१८२४ ज्वालामुखी डे ताओ या डेल क्लेरिगो / डुआर्टे लैंजारोटे

.१८२४ वोल्कैन नुएवो डेल फुएगो ओ डेल चिनेरो लैंजारोटे

.१८२४ ज्वालामुखी नुएवो या डी टिंगुएटोन लैंजारोटे

.१९०९ ज्वालामुखी डेल चिन्यारो टेनेरिफ़

.१९४९ ज्वालामुखी डे सैन जुआन वी. डे नम्ब्रोक / दुरज़नेरो / होयो नीग्रो / ललानो डेल बैंको ला पाल्मा

.१९७१ ज्वालामुखी डेल तेनेगुइया ला पाल्मा

.२०२१ वोल्कैन डे काबेज़ा डे वाका ला पाल्मा

सेटलाइट इमेज

यसरी ऐतिहासिक कालबाट नै क्यानरी द्विप पुन्जको ला पाल्मा द्विप ज्वालामुखी विस्फोटको हिसाबले ज्यादै सक्रिय स्थल रहेको पुष्ठि हुन्छ । १५ औं शताब्दीदेखि अहिलेसम्म जम्मा १९ चोटि क्यानरी द्विप पुन्जमा ज्वालामुखी फुटेको इतिहास छ। त्यस मध्येमा ८ चोटि त ला पाल्मा द्विपको दक्षिणी मोहडामा अवस्थित कुम्ब्रे भिहेआ ज्वालामुखी बिस्फोट भएको छ।

ला पाल्मा र टेनिरिफ भन्ने स्थानको ज्वालामुखी ज्यादै सक्रिय रहेको अवस्था छ।

सन १४८३ मा स्पेनले क्यानरी आइल्याण्डहरुलाई उपनिवेश बनाएको थियो । क्रीष्टोफर कोलम्बस नयाँ विश्वको यात्रामा निस्किएपछी भने यो द्विप पुन्ज पुर्णतः स्पेनको नियन्त्रणमा गएको थियो ।

सेप्टेम्बर २३ तारीख उपलब्ध भएको फोटो, लाभा समुद्रतिर बढदै।
  • ला पाल्मा द्विपको उत्पत्ति र भुगर्भ

स्पेनी भाषामा यसलाई “इस्ला डि ला पाल्मा” भनिन्छ । यसैलाई छोटकरीमा “ला पाल्मा” भनिएको हो जसको अर्थ हो पाल्मले भरिएको द्विप अर्थात पाल्म द्विप हो। ला पाल्माको निक नेम हो “इस्ला बोनिटा”(सुन्दर द्विप) र ” इस्ला भर्ड” ( हरित द्विप)।

सेप्टेम्बर २४ तारीख बिहानको दृश्य

ला पाल्मा टापुलाइ आकाशबाट हेर्दा एउटा बिशाल पत्थरको बन्चरो जस्तो देखिन्छ । यो द्विप पनि क्यानरी द्विपपुन्जका अन्य टापु झैं एउटा ज्वालामुखिय समुद्री द्विप हो। यो ज्वालामुखी फुटेर बनेको द्विप हो। ला पाल्माको उत्तरी भाग क्याल्डेरा डि टाबुरिन्ट भन्ने निष्क्रिय भैसकेको ज्वालामुखीको विशाल मुखले ओगटेको छ जहाँबाट दुइटा पर्वत श्रेणी कुम्ब्रे नुभा र कुम्ब्रे भिएहा दक्षिण समुद्र तिर ओह्रालिएको छ।

ला पाल्मा पनि टेनेरिफ जस्तै क्यानरी द्विप पुन्जको एउटा सक्रिय ज्वालामुखी भएको स्थल हो जसको उत्पत्ति ३० देखि ४० लाख वर्ष अगाडि भएको हो। करिब ५ लाख वर्ष अघि टाबुरिन्ट ज्वालामुखीमा बिशाल पैरो गएको थियो फलस्वरूप त्यहाँ क्याल्डेरा डि टाबुरिन्ट नामक ठूलो ज्वालामुखीको मुखलाई जन्म दियो।

सेप्टेम्बर १९ तारीख फुटेको ज्वालामुखी चाहिँ दक्षिणी इलाकामा रहेको कुम्ब्रे भिएहा रिजमा हो।

डि टिबुरिन्ट नामक ज्वालामुखीले बनाएको खाल्डो
  • मेगासुनामी आउने संभावना

ज्वालामुखी ग्रस्त ला पाल्माको पहाड खस्दा लाखौं मानिसको ज्यान जाने अनुमान वैज्ञानिकले गरेका छ्न। वास्तवमा यो भर्खरै जन्मिएको बेबी टापू हो जसले आफ्नो चालिस लाखौं जन्मदिन मात्र पार गरेको छ।
पत्थर बनिने क्रमको अन्तिम चरणमा बनिएको हो यो द्विप।

विगत साठी वर्ष यता निरन्तर फुटेको ज्वालामुखीले यस टापुलाई जरैदेखि हल्लायो।यस क्रममा द्विपको मेरुदण्ड  वा मध्य भागमा फल्ट लाइन वा दरार बनियो। जुन फल्ट लाइन समुद्र सतह भन्दा ६० हजार फुट माथि छ। यो दरारको पश्चिम पट्टीको भुभागमा पैरो जाँदा त्यहाँको जमिन ३० फिट मुनि धसिएको छ।


भुगर्भविद बिल मग्वाएर र अन्य वैज्ञानिकको भनाइ अनुसार जमिन मुनि जम्मा भएको ग्यासको दबाबले भविस्यमा ज्वालामुखी फुटन  सक्छ। त्यसबेला यिनै दरारको बाटो भएर ज्वालामुखी फुटन सक्छ। टापुको शिरमा रहेको यो दरारको लम्बाइ ९ माइल रहेको छ।
यो ज्यादै लामो दरार भएको नाताले जब यहाँको छिद्र फुटदछ , त्यसबेला जाने पैरोले  ५०० अरब टन बराबरको  पत्थर समुद्र मुनि फ्याल्दछ।
” भविस्यमा ज्वालामुखी फुट्ने कुरा निश्चित छ। तर कहिले भन्ने मात्र  हो। मेरो विचारमा २० देखि २०० वर्षको बीचमा यो फुटदछ ” भन्छ्न मग्वायर।

एउटा पत्थरको ढिक्का अर्को पत्थरको ढिक्कासंग रगडिदा घटने यो पैरोबाट निस्केका पत्थरहरु प्रती घन्टा २२० माइलको दरले कुदेर समुद्रको गहिराई तिर जान्छन। यसले समुद्रमा तीन हजार फिट अग्लो छालको गुम्बज निर्माण गर्दछ। “म्यानह्याटन टापु जत्रो यो पत्थर चकनाचुर हुँदा त्यहाँ सागरव्यापी सुनामी उठदछ जुन विनाशले हिन्द महासागर सम्मलाई धक्का दिदछ।” भन्छ्न बिल।

उर्जाको यति ठुलो मात्रा समुद्रमा घोप्टिन्छ कि जसलाई एउटा वैज्ञानिकले मेगा सुनामीको संज्ञा दिएका छ्न। र त्यो सुनामी वेभ सागरको चारै कुनामा फैलने छ। कम्प्युटरको माध्यमबाट बनाइएको दृष्टान्तले जनाए अनुसार उक्त वेभले चार हजार माइल दुर रहेको अमेरिकाको पुर्वी समुद्र किनारमा सम्म क्षति पुर्याउन पुग्दछ।

तपाईको प्रतिक्रिया