कुरै कुराको सिलसिलामा उनले भनिन “ गोलभेडा पाकेकै समयमा बजारभाउ घटेको छ एक क्यारेट टमाटारको मूल्य अस्तीसम्म पाच सय थियो ,अहिले एघार सयसम्म पुगेको छ । बैंकको करिब १० लाख ऋण टाउकोमा छ ” यसो भनिरहदा अबिस्ना बस्नेतको अनुहारमा एक किसिमको दिक्दारी देखिन्थ्यो ।

स्थायी घर सोलुखुम्बुको गोली वार्ड २ पिके । घरको आर्थीक अवस्था ठिकै मात्र । गाँउमा बिदेश जाने लहर थियो यही लहरले उनी १९ बर्षकै उमेरमा रोजगारी निम्ति दुबइ पुगीन । १८ घण्टा खटनुपर्ने । महिनाको ४२ हजार तलब थियो तर समयमा तलब नपाइने । दुई बर्ष बसेपछि नेपाल र्फकिइन । उनि सँगैको साथीहरु अहिले पनि पढिरहेकै छन । बिदेशमा दुःख गर्नु भन्दा आफ्नै देशमा केही गरिखान्छु भन्ने हिम्मत मनभित्र बोकेर नेपाल फर्किइन । जादा लागेको ऋण बल्लैले चुक्ता भयो । नेपाल आएपछि बैदेशिक रोजगारीमा जाने महिलाहरुको निम्ति काम गर्ने संस्था आप्रवासी महिला कामदार संघ आमकासकी कार्यकारी निर्देशक बिजय राई श्रेष्ठसँग भेट भयो र उनैको सहयोगमा प्रभु बैंकबाट सात लाख ऋण लिएर सुन्दरीजल सान्तारीमा तरकारी खेती सुरु गरिन । “ बिजय दिदि नभएको भए म आजको अवस्थामा आउने थिइन ” अबिस्नाले भनिन ।

तर भने जस्तो हुन्न रहे छ । तरकारी खेती सुरु गर्दा उनमा जुन उत्साह र जोश थियो आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने आश थियो बिस्तारै यो क्षेत्रमा पसीसकेपछि गहिरो निराश छाएको छ । उनले मधुरो हाँसो हास्दै भनिन “ भन्ने बेलामा बैंकहरुले महिलालाई सस्तो ब्याजमा ऋण दिन्छ भनेता पनि ऋण पाउन बैंकहरुले टिभीहरुमा बिज्ञापन गरे जस्तो सजिलो छैन रहेछ । मलाई तरकारी फाम अझै व्यवस्थीत बनाउने बिचार छ तर लगानी गर्ने पैसा छैन । फेरि तरकारीले भाउ पाउने समयमा भारतबाट तरकारी आउछ । ”

बर्खाको समयमा पानीको कारण भने जस्तो उत्पादन नहुने उत्पादन भएपनि बजार नहुने बजार भए पनि बिचौलियाको कारण सस्तो मुल्यमा तरकारी बेच्नुपर्ने बाध्यता अबिस्नाको मात्र होइन सबै मौसमी तरकारी खेती गर्नेहरुको साझा समस्या हो । नेपाल मै उत्पादन भएका मौसमी तरकारीहरुले उचित बजार नपाईरहेको समयमा भारतबाट आउने तरकारीको कारण स्थानीय उत्पादनहरुले बजार नपाउने कारणले अबिस्नालाई अहिले अत्यास लागाएको हो। उनले भनिन “तर मैले हिम्मत हारेकी छैन म यही पेशालाई अगाडी बढाउछु । केही गरेर देखाउछु अहिले चाहीँ अलिक गाह्रो छ । ”

त्यसो तथा पशुपंक्षी बिकास मन्त्रालयले ११७ वटा कृषिसँग सम्बन्धित व्यवासायमा अनुदान दिने गरी व्यवस्था गरेको छ । कृषिमा युवा कार्यक्रम सञ्चालन प्रक्रिया २०७६ का साथै कृषि व्यवसाय प्रबर्द्धन अनुदान कार्यबिधि २०७६ अनुरुप ११७ वटा कृषि क्षेत्रमा व्यायसाय सुरुवात तथा बिस्तारका लागि अनुदान दिनेगरी व्यवस्था गरेको छ । कृषि उपकरण , कृषि पुर्वाधार निर्माण मल, बिउ ,औजार र बीमाका लागि कृषि मन्त्रालयले अनुदान बितरण गर्ने व्यबस्था गरेको हो ।

त्यस्तै चिस्यान केन्द्र , शीत भण्डार , संकलन केन्द्र, गोदाम घर र रेफ्रिजेरेटर जडित ढुवानी साधनका लागि सरकारले अनुदान बितरण गर्दै आएको छ । उत्पादनका लागि बजार, जमिनको चक्लाबन्दी , यान्त्रीकरण , भण्डारण, प्रशोधन, सिँचाइ, बिषादी व्यवस्थापन , रोग नियन्त्रण, नयाँ प्रबिधि, उन्नत नश्ल , पर्यावरण अनसन्धान र कृषि व्यवसायीकरणका लागि अनुदान बितरण गर्दै आएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरि जैबिक खेती तथा माछा , कुखुरा, आधुनिक गोठ निर्माण, जैविक मल, भकारो सुधार, दुग्ध उत्पादन, मासु उत्पादन लगायतको व्यवसायलाई बितरण गर्ने अनुदान कृषि मन्त्रालय अन्तर्गतका प्रदेश र जिल्लामा रहेका कार्यालयबाट पाइन्छ ।

मन्त्रालयले कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका सम्बन्धित जिल्लामा परियोजना कार्यन्वयन इकाइ तथा कृषि ज्ञान केन्द्रमार्फत कार्यक्रम सञ्चालन गर्दै आएको छ । खासगरी पुँजीगत खर्च मेसिनरी औजार लगायत पशुपंक्षी पालनको लागी सरकारले आर्थीक बर्ष २०७०र ७१देखि आगमी आर्थीक बर्ष २०७७ र ७८ सम्ममा कृषि अनुदानमा ६७ अर्ब १९ करोड रुपैयाँ बजेट छुट्टाएको छ । तर माथी उल्लेखित सरकारको कुनै पनि योजनाबारे उनलाई जानकारी छैन । सरकारका योजनाहरु उनिसम्म पुगेको छैन । सरकारले जती नै योजना ल्याएपनि गरिबीको रेखामुनी रहेका नागरिकहरुको पहुँच भन्दा पर पहुँच भएकाहरुले मात्र पाउने उनको गुनासो छ ।

अबिस्नाको बारीमा यतिखेर काउली ,करेला, टमाटर लगायतको मौसमी तरकारी छन । फलेका टमाटर टिप्दै अबिस्माले “नहुनेलाई जता गए पनि उस्तै ” भनिन। यसो भनिरहदा उनको अनुहारमा एक किसिमको भाव थियो । उनि हरेक दिन बिहान सात बजेदेखि बेलुका सात बजेसम्म माटोसँगै खेल्छीन। यति धेरै चुनौतीहरु भएपनि यही पेशाबाट केही गरि छोडने उनको अठोट छ ।

उनलाई एकैछीन बस्ने र्फुसद छैन। गाइ पनि पालेकी छिन । सानो खरायो छ। यो खरायो चाहीँ उनको साथी । खरायोको साथी चाहीँ कुकुरले मारेर खाइदियो । हास्दै भनिन “अलिक छिटो छिटो कुरा गर्नुहोस मलाई गाईलाई घास काटन बाँकी नै छ” निघारमा आएको पसिना पुछ्दै बोलीन। आफ्नो देश भनेको आफ्नै देश रहेछ । नेपालको बिमानस्थलमा पाइला टेक्दा मलाई मेरो शरिरबाट हजारौं टनको भारी बिसाए जस्तो भयो । ” उनि र्फकिएको समयमा नेपालमा पनि कोभीड आइसकेको थियो । यसैकारण र्फकिएपछि बैदेशीक रोजगारीमा जाने महिलाहरुको क्षेत्रमा कार्यरत संस्था आमकासमा पुगीन केही समय आमकासकै सेल्टरमा बसीन र आमकासकै पहलमा सन्चालन भएको तालिमहरुमा सहभागी भएपछि केही न केही नेपालमै गर्ने आकांक्षा पलायो र आप्रवासी महिला कामदार संघको कार्यकारी निर्देशक बिजय राई क्षेष्ठको सहयोगमा तरकारी खेती सुरु गरिन ।

उनको खेतीमा उत्पादन भएको तरकारी स्थानीय बासिन्दादेखि काठमाण्डौ सम्म पुग्छ। कलिलो उमेरमा बिदेश गएर र्फकने युवतीहरुले अपनाएको पेशामध्ये अबिस्नाको साहसलाई एक सफल नमुनाको रुपमा लिन सकिन्छ । बैदेशिक रोजगारीबाट र्फकिएर आएका युवतीहरुबीच उनि सुन्दर भबिष्यतर्फ अग्रसर युवती एक युवती हुन ।

त्यसो त बैदेशिक रोजगारीमा गएर पर्किएका महिलाहरुको निम्ति बैदेशीक रोजगार बोर्डले ७ अरब कोष खडा गरेको छ । तर पैसा दिने बोर्डसँग कार्यबिधी छैन । २५ सदस्य समिति खडा गरि बोर्डले मन्त्रीपरिषदलाई कार्यबिधीको निम्ति सिफारिस पठाएको छ । तर मन्त्री परिषदले स्वीकृत गरेको छैन उपसचिव मैँया कंढेलले बताउनु भयो ।

त्यस्तै बैदेशिक रोजगारीबाट र्फकिएर आएका महिलाहरुको लागी सीप र व्यावसायको निम्ति काठमाण्डौं महानगरपालिकासँग पनि योजना छ तर कति इच्छुकहरुसम्म सरकारले सोचे जस्तो प्रभावकारी हुनसकेको छैन । सरकारले ल्याएको योजना अबिस्नालाई थाहा छैन र आजसम्म कुनै सरकारको मान्छेले उनलाई सोध्न गएको छैन । “सरकारले आफ्नो लागी केही गरिदिन्छ भन्ने आशा छैन तर मैले र म जस्तै किसानहरुले उत्पादन गरेको तरकारीहरुले बजारभाउ पाउने समयमा भारतको तरकारी बन्द गरिदिए पुग्छ। एक सिजन पहाड र एक सिजनमा तराईमा फलेको तरकारीले नै नेपाली जनताको आवश्यकता धान्न सक्छ ।”

तपाईको प्रतिक्रिया