क्रान्ति सुब्बा

मे ९ तारीख सोमबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २३३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ११३
.कुल संक्रमित संख्या : १,२०६,८१८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३४७
.आयातित केस संख्या : ३३ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १९
.आयातित अन्तर्गतका १७  जना हिजो र २ जना मे ७ तारीख आएका थिए । हिजो आएका आयातित केसमा ७ वटा फ्लाइट संलग्न थिए । जसमा क्याथे प्यासिफिक फ्लाइट नम्बर CX845 मार्फत आएका यात्रु संख्या ५, एयर क्यानडा फ्लाइट नम्बर AC007 मार्फत आएका यात्रु संख्या ३, स्विस इन्टरनेसनल एयरलाइन्स फ्लाइट नम्बर LX138 मार्फत आएका यात्रु संख्या ४, फ्लाइट EK284 मा २ जना र फ्लाइट नम्बर TR980,SQ882 र QR818 मा एकेक जना संक्रमित रहेका थिए । मे ७ तारीख जापानबाट २ जना संक्रमित फ्लाइट नम्बर JL735 मार्फत आएका थिए ।
.  क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस संख्या : ९ जना । सबै जना तेस्रो र पाँचौ दिनमा पत्ता लागेको थियो ।

.नयाँगरि पुष्ठि भएका १२० केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : १८
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २६
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ७६
.८० केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१३४
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
.औसत मृत्यु दर: ०.७६५%

मृत्यु विवरण
.सरकारी अस्पतालमा सोमबार  बितेका मृतक संख्या : १
.मृत्यु हुनेमा ८९ वर्षका १ जना खोपहिन महिला परेका थिए ।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ९५९
.क्रीटिकल बिरामीको संख्या : ०
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : २

. निको भएका बिरामीको संख्या : ७४
.डिस्चार्ज भएका बिरामीको संख्या : ४२
.अस्पताल भर्नाको सिलसिलामा स्क्रीनिङ हुँदा कोही पनि  पोजिटिभ भएनन।
. हस्पिटल अथोरिटीको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२२,६२६
.निको भएर काम फर्किएका कर्मचारीको संख्या: २२,४८७

.युन लङको १० नम्बर साइ चिङ स्ट्रीट स्थित पोनि गोल्डेन कोर्ट हटपट रेस्टुरेन्टमा मे १ तारिखका दिन  खाजा खाने क्रममा उपस्थित भएका जम्मा ९ जना पोजिटिभ पुष्टि भएका छ्न  । हाल सम्म यो रेस्टुरेन्ट क्लस्टरबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ। उक्त दिन १९० जना भन्दा बढी कस्टमर खाजा खान गएका थिए । जसबाट विभिन्न परिवारका ९ जना संक्रमित भएका छ्न। ४९ जना ग्राहकको परिक्षण नतिजा आउन बाँकी छ। रेस्टुरेन्टका ४८ जना स्टाफ मध्येमा एक जना सेफको नतिजा पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया