क्रान्ति सुब्बा

मे ८ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २६६
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११२
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १५४
.कुल संक्रमित संख्या : १,२०६,५८५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३४६
.आयातित केस संख्या : २५ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १८
.एयरपोर्टमा पत्ता लागेका १८ जना मध्येमा ६ जना  अमेरिका र ५  सिंगापुरबाट  आएका  थिए । र बाकी रहेकाहारु ताइवान,ईन्डिया ,युके,थाइल्यान्ड ,स्पेन ,साउथ अफ्रीका,जर्मनी ,जापानबाट आएका थिए ।
. निर्धारित क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस संख्या : ६

.नयाँगरि पुष्ठि भएका ११२ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २३
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : ११
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ७८
.७३ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ७० वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल लोड यथेष्ट नभएपछि ३ वटा  केसको नतिजा निश्चित हुन सकेन।

हङकङ जोकि क्लब रेसिडेन्सिएल केयर होम फर एल्डरली युन लङको एक जना थप स्टाफ संक्रमित भएका छ्न। ती संक्रमितले खोपको तीन डोज लगाएका थिए । ती स्टाफ १० साइ चिङ स्ट्रीट स्थित पोनि गोल्डेन कोर्ट हटपट रेस्टुरेन्टमा पनि  गएका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१३३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २
.औसत मृत्यु दर: ०.७६५%

मृत्यु विवरण
.सरकारी अस्पतालमा सोमबार  बितेका मृतक संख्या : २
.मृत्यु हुनेमा ७२ र ८५ वर्षका २ जना पुरुष परेका थिए ।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ९६५
.क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : २

. निको भएका बिरामीको संख्या :११३
.डिस्चार्ज भएका बिरामीको संख्या : ७३
.अस्पताल भर्नाको सिलसिलामा स्क्रीनिङ हुँदा कोही पनि  पोजिटिभ भएनन।
. हस्पिटल अथोरिटीको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२२,६१३
.निको भएर काम फर्किएका कर्मचारीको संख्या: २२,४७४

.युन लङको १० नम्बर साइ चिङ स्ट्रीट स्थित पोनि गोल्डेन कोर्ट हटपट रेस्टुरेन्टका  ४ जना कस्टमर हिजो अर्थात अप्रिल ७ तारीख  संक्रमित भएका थिए र सोही दिन संकलित ८ वटा पर्यावरणीय नमुनाको परिक्षण सबै नेगेटिभ आएको थियो  । रेस्टुरेन्टबाट संक्रमित हुनेको संख्या ८ जना पुगेको छ। क्लोज कन्ट्याकमा रहेकाहरु मध्येबाट अरु ४ जना पोजिटिभ भएका छ्न जसमा एक जना ६७ वर्षकि तीन डोज खोप लागाएकी महिला पनि  परेकी छिन। मे १ तारीखका दिन उनी आफन्तसंग सो रेस्टुरेन्ट गएकी थिइन र मे ५ तारीखबाट उनलाई खोकी चल्न थालेको थियो ।  तर उनको परिवारका अन्य सदस्य र आफन्तको परिक्षण रिजल्ट भने नेगेटिभ आएको छ।

संक्रमित अन्य २ जना कस्टमर अन्तर्गत तीन डोज खोप लगाइसकेका एक जोडी परेका छ्न जसमा एक ५६ वर्षका पुरुष र ५८ वर्षकि महिला  रहेका छ्न। उनीहरुले पनि  गत मे १ तारीख आइतबार  खाना खाएका थिए । उनीहरुमा मे ६ तारिख शुक्रबार र ७ तारीख शनिबार लक्षण देखिएको थियो । रयापिड एन्टिजेन टेस्टद्वारा उनिहरु मे ७ तारीख पोजेटिभ ठहरिएका थिए । बाकी रहेको एक जना संक्रमितले अघिल्लो दिन अर्थात मे ७ तारीख  संक्रमित भएका एक बिरामीसंग एउटै टेबलमा बसेर खाएका थिए । ती ६३ वर्षका पुरुष मे ७ तारीख न्युक्लिक एसिड टेस्टद्वारा संक्रमण पुष्टि भएका थिए । यो रेस्टुरेन्ट क्लस्टरमा अहिलेसम्ममा ९ परिवार प्रभावित भएका छ्न। सबै परिवारलाई क्वारेन्टाइन र टेस्टिङ प्रक्रियामा लगिसकिएकोछ जसमा रयापिड टेस्टबाट २ जना पोजिटिभ पुष्टि भएका छ्न।

तपाईको प्रतिक्रिया