नेपली साहित्य जगतमा सुरेन्द्र लिम्बू परदेशी एक स्थापित नाम हो । साहित्यको विभिन्न बिधामा उत्तीकै सक्रिय उहाँ हाल नयाँ कविताकृतिको तयारीमा हुनुहुन्छ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह अध्यक्ष त्यस्तै पूर्व अध्यक्ष, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिमा रहेर काम गरिसकेको अनुभव छ उहाँसग। उहाँ अध्यक्ष रहदा संसारभरि छरिएर बसेका नेपाली भाषामा साहित्य लेखीरहेका कवि लेखकहरुलाई एक ठाउँमा जोड्नु भएको थियो । उहाँको यो योगदान संस्थागत र साहित्यिक  दुवै दृष्टिले महत्त्वपूर्ण रह्यो प्रस्तुत छ उहाँसग नेपाली साहित्य र संस्थागत बिषयमा केन्द्रीत रहेर गरिएको कुरााकानी ।

अहिले नयाँ के तयारी गरिरहनु भएको छ </strong >

अहिले म एउटा नयाँ कविता सङ्ग्रहको तयारीमा छु ।

संस्थागत र व्यक्तीगत रूपमा भन्नुपर्दा नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा बिस्तार गर्न तपाईले खेल्नु भएको भूमिका  के हो ?

नेपाली साहित्यलाई विश्वव्यापीकारण गर्ने सन्दर्भमा व्यक्तिगत रूपमा त त्यस्तो खासै उल्लेखनीय काम केही गरेको छु जस्तो लाग्दैन यद्यपि संस्थागत रूपमा भने केही गरेका छौँ कि जस्तो लाग्छ । पहिलो त विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको अध्यक्षको रूपमा काम गर्दा हामीले गरेका कामहरू केही स्मरणीय छन् भन्ने लाग्छ । हामीले नेपाली साहित्यिक सृजनाहरू विश्वका विभिन्न भाषामा अनुवाद गरेर पुस्तकहरू प्रकाशित गरेका छौँ । विश्वका विभिन्न नागरिकहरूलाई नेपाली भाषा साहित्यसँग जोड्ने प्रयत्न गरेका छौँ । नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा काठमाडौँमा साहित्यिक विश्व सम्मेलन गर्दा चीन, भारत, जापान, थाइलैण्ड, बङ्गलादेश, वर्मा लगायतका देशहरूबाट लामो समयदेखि नेपाली भाषा साहित्यमा काम गरिरहनुभएका त्यही देशका नागरिक विशिष्ट प्राज्ञिक व्यक्तित्वहरूलाई बोलाएर सम्मान गर्यौँ । सम्माननीय राष्ट्रपतिज्यूसँग भेट गराएर भाषिक साहित्यिक विमर्श गरायौँ । यी सम्झन लायक कामहरू हुन् जस्तो लाग्छ । त्यसैगरी अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको अध्यक्षको रूपमा पनि लामो समयदेखि नेपाली भाषा साहित्यको साधना र सेवामा समर्पित नै छु । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह जसले विगत १७ वर्षदेखि कुनै वर्ष नटुटाई अनवरत रूपमा परदेशी बिम्बहरू साहित्यिक वार्षिक पुस्तक प्रकाशन गरिरहेको छ । परदेशमा रहेर यति गर्नु पनि आफैँमा जटिल कुरा हो । विश्वका विभिन्न देशका स्रष्टाहरूलाई समेटेर निकालिने यो पुस्तकले पनि नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा केही भूमिका खेल्छ भन्ने मलाई लाग्छ ।

नेपाली साहित्यमा उठेका विषयबस्तुहरू के कस्ता छन् र त्यो तपाईंले देख्नु भएका परिवर्तनहरू के कस्ता छन् ?
वर्तमान नेपाली साहित्यमा देखिएका नवीनताहरू विशेष गरेर विचार र विधाहरू हुन् जस्तो लाग्छ । नेपाली साहित्यमा नवीनतम विचारहरूको आगमन उत्साहजनक छ । देश सुब्बाको भयवाद, डा. मधु माधुर्यको क्वान्टम, डेन्जोम साम्पाङ्गको स्वीकारोक्ति, सुरेन्द्र लिम्बू परदेशीको नवआयाम, नरेश काङ्माङहरूको युद्ध साहित्य, मिजास तेम्बेहरूको नवचेतना ग्रह, केदार सङ्केतको यात्रास्पर्श आदि परदेशबाट घरदेशलाई सम्झिएर नेपाली साहित्यमा देखा परेका प्रतिनिधि विचारहरू हुन् भन्ने मलाई लाग्छ । त्यसैगरी नेपाली साहित्यमा नवीन विधाहरूको उदय र वकालत बाक्लो छ । त्यसैले यिनै कुराहरूलाई नेपाली साहित्यमा देखिएका विषयवस्तु र नवीता मान्न सकिन्छ जस्तो लाग्छ । यसको अलावा आफु बाँचेको समाज र त्यो सामाजिक संरचनामा चलायमान रहेका वैचारिकहरूभन्दा निरपेक्ष भएर सृजना हुने परिवर्तनहरू उपलब्धीहीन हुने हुनाले युगलाई समातेर सृजनामा उतार्ने प्रयत्न पनि राम्रो छ जसले सर्जकलाई नवयुगिन आभाङ्गार्द बनाउँछ ।

तपाईंको लेखनको सवल र दुर्बल पक्ष के के हुन् जस्तो लाग्छ ?
पहिलो कुरा त अहिलेसम्म मैले लेखेका कुनै पनि सृजनाबाट म पूर्ण रूपमा सन्तुष्ट हुन सकेको छुइन । यसको मतलब सृजनामा गणितीय सत्यता हुँदैन अथवा यसो भनौँ कुनै पनि सृजना वा पुस्तक सतप्रतिशत पूर्ण हुन सक्दैन चाहे त्यसलाई नोवेल पुरस्कार प्रदान गरिएको किन नहोस् । त्यसमा अझ राम्रो हुन सक्ने ठाउँ अवस्य हुन्छ । तर पनि आफुले जति सकिन्छ त्यति जति जानिएको छ।

अन्तमा केही छ कि ?
अन्त्यमा मलाई आफ्नो कुरा राख्ने अवसर दिनु भएकोमा हजुरलगायत हजुरका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद छ ।

 

तपाईको प्रतिक्रिया