पत्रकार राधा खनाल राजनीतिक बिटमा कलम चलाउने कम महिला पत्रकार मध्ये पर्नुहुन्छ । हाल अन्नपूर्ण पोस्ट दैनिकमा बरिष्ठ संवादाताको रुपमा क्रियाशील तथा सञ्चारिका समूह नेपालको केन्द्रीय महासचिव हुनुहुन्छ । हामीले उहाँसग समकालीन नेपाली पत्रकारिताको अवस्थाको बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।
तपाईँ नेपाली पत्रकार महिलामध्ये राजनितिक बिटमा काम गर्ने कम महिला पत्रकार मध्ये पर्नुहुन्छ । महिलाहरु यो बिटमा कम हुनुको कारण के होला ?
नेपाली मिडियामा राजनीतिक बीट मैले काम गर्ने महिलाहरु निकै कम हुनुको कारणहरु धेरै छन् । यि कारणहरु संरचनागत, सामाजिक, व्यावसायिक र व्यक्तिगत सबै पक्षसँग जोडिन्छन् । जस्तोकी राजनीतिक बीटलाई हाइ प्रेसर जोखिमयुक्त क्षेत्र मानिन्छ।सत्ता र प्रतिपक्षबीचको कडा बहसको सामना, नेताहरुको अनौपचारिक भेटघाट जस्तै चिया कफि, राति अबेरसम्म चल्ने कार्यक्रम , आकस्मिक प्रेस मिट जस्ता गतिविधि धेरै हुन्छन् । यो दबाबपूर्ण र अनियमित समय तालिकाले धेरै महिलालाई चुनौतीपूर्ण लाग्न सक्छ ।
समाचार कक्षमा लैंगिक पक्षपात हुन्छ । यद्यपि म काम गर्ने मिडियामा त त्यस्तो देखिदैन । धेरै मिडिया हाउसमा आज पनि राजनीति, अपराथ, सुरक्षा जस्ता बीटमा पुरुषमुखीनै हुन्छ । समाज, जीवनशैली, स्वास्थ्य जस्ता बीट महिलालालाई दिइन्छ । त्यसैले पनि महिलालाई राजनीति बीटको अवसर कम दिइन्छ । राजनीति बीटमा समयको टुंगो हुँदैन । धेरैजसो कार्यक्रम कार्यालय १० देखि ५ सम्म भन्ने हुँदैन । बिहान राती जतिबेलै फिल्डमा तयार हुनुपर्छ । सबै परिवारले यहि किसिमको परिवार वा समाजले महिलालाई यस किसिमको लचकता सहजै नदिँदा यो बीट रोज्न कठिन हुन सक्छ ।
राजनीतिक रिपोर्टिङमा नेताहरु, सचिवालय, पार्टी संरचना, शक्ति केन्द्र सँग नजिक हुनुपर्ने हुन्छ । महिलाको निम्ति राजजनीतिक नेटवर्क विस्तार गर्न समय र वातावरण दुवै चुनौतीपूर्ण हुन्छ । जसले सुरुका बर्षमै निरुत्साहित पार्छ । यो बीटमा अहिले पनि राति रिपोर्टिङमा भिडभाड, राजनीतिक भीड, धरना, सभामा महिलाहरुले उत्पीडन वा असहजता भोग्ने घटना सूनिन्छ । यसले बीटप्रति रुचि घटाउँछ । राजनीतिक बीटमा जाने महिलाका लागि सुरक्षा व्यवस्था, ट्राभल सर्पोट का जस्ता संस्थागत व्यवस्था हुने हो भने संख्या बढ्न सक्छ । समग्रमा के हो भने महिला चाहँदैनन् भनेर होइन संरचना, वातावरण, सोच र सुविधाले उनिहरुलाई यो क्षेत्रमा सहज बनाइरहेको छैन । तर पछिल्लो समय राजनीतिक बीटमा सक्षम र निर्भीक महिला पत्रकारहरु बढ्दैछन्, जुन निकै सकारात्मक संकेत हो ।
तपाई यो पेशामा आउनुको कारण के होला ? यो पेशामा आउन चाहने महिलाहरुलाई के भन्न चाहानुहुन्छ ?
राजनीति केवल नेताहरुको खेल मात्र होइन । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा निगरानी राख्ने जिम्मेवारी पत्रकारको हो । मलाई सत्ता पक्ष र प्रतिपक्षमा के हुँदैछ भन्ने कुरा जनतासम्म सत्य रुपमा पुर्याउने भूमिकाले आकर्षित गरेको हो । अर्को कुरा राजनीति समाचार धेरै जसो पुरुषकै दृष्टिकोणबाट आउने गर्छ । महिलाहरु पनि बोल्छन् तर छायामा पर्छन् । राजनीतिक निर्णय, नेतृत्व, प्रतिनिधित्व लगायत विषयमा महिलाको दृष्टि र संवेदना पनि मियामा बलियोसँग समाबेश होस भन्ने चाहना थियो ।
राजनीति बीटलाई धेरैले कडिन भन्छन् । त्यही चुनौती नै मेरो लागि प्रेरणा भयो । सुरुवाती दिनमा असहज भयो बिषय बुझ्नमा पछि समय व्यवस्थापन गर्दै यसैमा रम्न थालेँ ।
राजनीतिक बिचमा आउन चाहनेलाई असम्भव होइन एकदम सम्भव छ । यो क्षेत्रमा महिलाको आवाजको माग अभै बढ्दो छ । सुरुवाती कठिन हुन सक्छ । तर क्षमता अनुशासन र निरन्तरताले बाटो खुल्छ । नेटवर्क, रातिको कार्यक्रम, पार्टी सचिवालयका जटिलताहरु यि सबै कुरा समयसँगै सिकिने कुरा हुन् । राजनीतिक बिटमा कहिले काहीँ जोखिम हुन्छ । सुरक्षाबारे सजग हुनुपर्छ । र जोखिमले पनि कहिलेकाहीँ अवसर निम्त्याउँछ । त्यसैले जोखिम सँग डराउनुहुन्छ ।
तपाई सञ्चारिका समूह नेपालको केन्द्रीय महासचिव पनि हुनुहुन्छ । यति ठूलो संस्थालाई नेतृत्व तहमा रहेर पहल गरिरहँदा पत्रकार महिलाहरुको चुनौती र अवसर कस्तो छ ?
अहिले पनि धेरै मिडियामा नेतृत्व तह, राजनीतिक, अनुसन्धनात्मक बीट, निर्णय प्रक्रियामा महिलाको सहभागिता पर्याप्त छैन । प्रतिभा हुँदाहुँदै पनि अवसर पाउन संघर्ष गर्नुपर्छ । अर्को भनेको मौखिक दुव्र्यवहार अनलाई ट्रोलिङ, रातिको असुरक्षित ड्युटि जस्ता जोखिम छन् । धेरै महिला पत्रकारको निम्ति यो बीट नै परिवर्तन गर्नुपर्ने अवस्था आएको देखेको छु । यो बिटमा काम गर्ने महिलालाई घर परिवारले सहयोग गरेन भने सम्भव छैन । त्यसैले परिवालाई पनि समय व्यवस्थापन गरेर काम गर्नुपर्ने चुनौती हुन्छ ।अर्कोकुरा राजनीति, व्यवसाय र सुरक्षा जस्ता बीटमा स्रोतहरुसम्म पुग्ने बाटो महिलाका लागि अभै सहज छैन । नेटवर्क विस्तार गर्न समय, वातावरण र संस्थागत सहयोग नै कम पर्छ । यो क्षेत्रमा पीडित मैत्री मेकानिज्म, समान अवसर नीति, सुरक्षा प्रोटोकल, प्रशिक्षणका अवसर यी सबै क्षेत्र सुधारिन बाँकि छ ।
यो क्षेत्रमा अवसर पनि प्रशस्तै छन् । समाज, राजनीति, नीति निर्माण सबै क्षेत्रमा महिलाको दृष्टीकोण अपरिहार्य छ । मिडियाले विविधता र समावेशीतामा जोड दिन थालेपछि महिला पत्रकारमो महत्व भने बढेको छ ।
सञ्चारिका समूह, प्रेस काउन्सिल, मिडिया संगठन, र विभिन्न संस्थामा महिला नेतृत्व बलियो हुँदै गएको छ । यसले केहि हदसम्म हौसला दिएको छ । अनलाईन पोडकास्ट डेटा पत्रकारिता, मल्टिमिडिया यी क्षेत्रमा महिला पत्रकारको उपस्थिती द्रुत गतिमा बढिरहेको छ । टेक्नोलोजीले सफलताका नयाँ ढोका खोलिदिएको छ ।
अहिले पन लैगिंक हिंसा, स्वास्थ्य, शिक्षा, मानवअधिकार, समावेशिता जस्ता विषयमा महिला पत्रकारको संवेदनशील र तथ्यपरक कामको उच्च माग छ । यही बीटहरुबाट धेरै महिलाहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता कमाइरहेका छन् ।
महासचिवका रुपमा मैले देखेका प्राथमिकता महिला पत्रकारको सुरक्षा, समान अवसर र आवाजलाई संस्थागत संरक्षण दिने वातावरण बनाउने काम गरिरहेछ ।
नेपाली सञ्चारगृहको नेतृत्व तहमा कमै महिला पुग्नुको कारण के होला र यसलाई सुधार गर्न सञ्चारगृहले के पहल गरिरहेछ ?
अभैm पनि धेरै मिडिया संस्थामा शीर्ष तहका निर्णयकर्ता पुरुष छन् । महिलालाई नेतृत्व जिम्मेवारी दिन आनाकानी अहिले झनै छ । अवसर त मिल्छ, तर नेतृत्वतिर उक्लिने बाटो अवरुद्घ हुन्छ । जस्तै मिडिया हाउसमा रिपोर्टर, प्रोड्युसर, डेस्क सहायक स्तरमा महिलाको उपस्थिति राम्रो छ । तर सब एडिटर, डेस्क हेड, एडिटर, म्यानेजमेन्ट जाने सीढी महिलाका लागि सहज हुँदैन । ट्रेनिङ, नेतृत्व विकास, स्रोतमै पहुँच यि सबै बिषयमा महिलालाई प्राथमिकता कम हुन्छ । अर्को समय व्यवस्थापनको चाप र परिवार सम्बन्धी सामाजिक भूमिकामा चुनौति हुन्छ । महिला नेतृत्वमा पुगिराख्दा कार्यस्थलमा समर्थन नपाउने वातावरण सिर्जना हुन्छ र दृढ इच्छाशक्तिमा ह्रास आउन सक्छ जसले प्रगति रोक्छ ।
सञ्चारगृहहरुले गरेका सुधारका प्रयासहरु मा नेपालका धेरै मिडिया हाउस र संस्थाहरुले पछिल्ला बर्षहरुमा महिलालाई नेतृत्वमा ल्याउन लैंगिक मैत्री आन्तरिक नीति बनाउँदै छन् । महिला पत्रकारका लागि नेतृत्व प्रशिक्षण दिने क्रम बढेको छ । जस अन्र्तगत विभिन्न संघ संस्थाले पनि प्रशिक्षण चलाईरहेका छन् । केही अनलाइन मिडिया र पत्रपत्रीकाले लचकदार समय जस्तै घरबाट काम गर्न सक्ने विकल्प दिएका छन् । र सुत्केरी महिलाहरुलाई १ बर्ष सम्मै घर बाटै काम गर्न छुट दिने व्यवस्था धेरैले गरेका छन् । समग्रमा के हो भने सुधार सुरु भइसकेको छ र अब यो परिवर्तनलाई तीव्र बनाउने जिम्मा संस्थाहरु र नेतृत्वमा रहेका हाम्रै हातमा छ ।
समग्र नेपाली महिलाको अवस्थालाई कसरी मनन गर्नुहुन्छ ?
समग्र नेपाली महिलाहरुको अवस्था एकै वाक्यमा के हो भने प्रगति भइरहेको छ । तर समानता अझै अधुरो छ । नेपाली महिलालो पछिल्लो दशकमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । कानुनी र नीतिगत रुपमा महिलाको स्थिति बलियो हुँदैछ । शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार, आर्थिक सहभागिता बढ्दै तर निर्णायक तहमा कमी, राजनीतिक प्रतिनिधित्व कानुनीरुपमा सशक्त, व्यवहारमा मिश्रित छ । लैंगिक आधारमा हिंसा अभैm गम्भीर समस्या छ । सामाजिक सांस्कृतिक सम्बन्ध निभाउन अहिलेका महिलालाई अझै सकस छ । नयाँ पुस्तामा आत्मविश्वास र नेतृत्व शक्तिशाली रुपमा बढ्दैछ । नेपाली महिलाको अवस्था उदयमान परिवर्तनको चरणमा छ । जुनमा वाधा र सम्भावना दुवै छ र चुनौतीहरुको जरो अझै गहिरो छ ।





