निर्जला कक्षपति महिला सञ्चारकर्मी हुनुहुन्छ । उहासँग लामो समय रेडियो र टेलिभिजनमा काम गरेको अनुभव छ। त्यसो त उहाँले समसामयिक विषयवस्तुमा लेखेका विभिन्न लेखहरू पत्रपत्रिका तथा अनलाइन पोर्टलमा पढ्न पाइन्छ । रेडियो सगरमाथाबाट आफ्नो करियर सुरु गरेकी कक्षपतिले ईमेज टेलिभिजनमा लामो समय काम गर्नुभयो । इमेज न्युज एफ एममा उहाँसंग डेपुटी स्टेसन चिफको जिम्मेवारी पूरा गरेको अनुभव छ । अहिले शिक्षा पत्रकार समूह कि अध्यक्षको रुपमा कार्यरत निर्जला कक्षपतिसँग समग्र नेपालको शिक्षाको अवस्था र उहाँको अनुभबलाई लिएर गरिएको कुराकानी ।
हाल शिक्षा पत्रकार समुहले के गरीरहेको छ ?
शिक्षा पत्रकार समूह शिक्षा विटमा कलम चलाउने पत्रकारहरुको साझा संस्था हो । सन् २००० मा स्थापित यो संस्थाले स्थापनाकाल देखि नै हरेक बालबालिकाले शिक्षा पाउनु पर्छ, कोही पनि बालबलिका शिक्षाबाट बंचीत हुनु हुदैन भन्ने कुरालाई मनन गर्दै यो विषयमा वकालत, बहस र पैरवी गर्दै आएको छ । यस बाहेक सार्वजनिक शिक्षा सुध्रीए मात्र देशको शैक्षिक अवस्था सुध्रीन्छ भन्ने मान्यतामा शिक्षा पत्रकार समूह अडिग छ र सार्वजनिक शिक्षा सुधारका लागि विभीन्न वकालत र छलफल समेत गर्दै आएको छ । हामी शिक्षा क्षेत्रमा रिर्सचका काम गर्छौ, । शिक्षक तालीम, विद्यालय क्षेत्र भित्रको सुशासनको अवस्था, समावेशी शिक्षा लगायतका क्षेत्रमा हामीले अनुसन्धान गरिसकेका छौं । यसरी विभिन्न विषयमा रिर्सचले देखाएको तथ्यलाई पोलीसी मेकरका माझ प्रस्तुत गछौं र कार्यान्वनका लागी निति निर्माण तहमा बसेकाहरुलाई घचघचाउने काम पनि गछौं ।
नेपालको शिक्षा कतिको जीवनउपयोगी छ ?
मलाई नेपालको शिक्षा नराम्रो छ जस्तो लाग्दैन । यदि नराम्रो हुन्थ्यो भने एमविविएस पढ्न नेपालमा विदेशी विद्यार्थीको चाप किन बढ्थ्यो ? यसै गरि नेपालका नर्सहरुको माग विश्व बजारमा किन हुने गर्थ्यो ? यता तिर पनि चर्चा गरौ न । नेपालमा अन्तर्राष्ट्रिय स्तरकै पढाई हुन्छ । नेपाली विद्यार्थीहरु जून देशमा गएपनि प्रतिस्पर्धा गर्न सक्छन् यसमा कुनै शंका छैन । यत्ति हो पढाईसँग रोजगारी जोडिएको हुन्छ । देशले रोजगारी दिन नसकेका कारण अहिले हजारौ यूवाहरु पढाईको नाममा विदेशिएका छन् । अव अहिले त कतिपय विद्यालयले सानो कक्षा देखि नै शिपसँगै पढाईलाई अगाडि बढाउदै लगेको छ । विद्यार्थीले एकातिर शिप पनि जाने भने सानो उमेरमै कसरी आत्मनिर्भर हुने भन्ने पनि जान्ने भए । जून निकै नै राम्रो र उपयोगी छ ।
तपाई यस क्षेत्रमा आउनुको कारण र यस क्षेत्रको चुनौती के के हुन् ?
मिडीयामा काम गर्दा मैले धेरै महिला, बालबालिका, शिक्षा र स्वास्थ्य विटमा काम गरें । पछिल्लो समय इमेज एफ एममा राजनिती विटमा पनि नेताहरुसँग कुराकानी गरें । त्यसैले यो क्षेत्रमा काम गर्दै आएकोले होला शिक्षा क्षेत्रमा पनि जोडिए जस्तो लाग्छ । चुनौतीको कुरा गर्नु पर्दा जूनसुकै क्षेत्रमा पनि चुनौती त हुन्छन् नै तर मानिसमा एक प्रकारको प्रतिबद्धता र लगनशिलता भयो भने त्यो चुनौतीलाई छिमल्न सकिन्छ जस्तो लाग्छ ।
नेपालमा बालिका र किशोरीहरुको शिक्षामा पहुच कस्तो छ , अझै सुधार गर्नुपर्ने पक्षहरु के के हुन् ?
नेपालमा बालिका तथा किशोरीहरुको शिक्षामा पहुँच बढेको छ तर पर्याप्त भने होइन । प्राथमिक तहमा भर्ना दर लगभग समान देखिन्छ । लैंगिक असमानता हटेर गएको छ । पहिले पहिले छारीलाई पढाउनु हुन्न भन्ने मान्यता थियो भने अहिलेका आमा बाबु आफनो छोरी निर्णायक तहमा पुगेको हेर्न चाहान्छन् । निशुल्क र अनिवार्य शिक्षा दिनु पर्छ भन्ने नितीले अहिले धेरै बालिकाहरु विद्यालयसम्म पुग्ने गरेका छन् । छात्रवृत्ति कार्यक्रम, दिवा खाजा कार्यक्रम, अभिभावकलाई तेल बाड्ने कार्यक्रमले पनि बालिकाहरु विद्यालय सम्म पुग्न सजिलो बनाएको छ । कानुनी तथा नितीगत सुधार जस्तो बालविवाह रोकथाम, लैंगिक हिंसा विरुद्धका कानुन र महिला शशक्तीकरणका योजनाहरुले पनि बालिकाहरु विद्यालयमा पुग्ने गरेका छन् । तर पर्याप्त भने छैन । अझै पनि बालिकाले सानो उमेरमै विवाह गर्ने अनि स्कूल जान छाड्ने क्रम अहिले पनि छ । विद्यालयमा सौचालयको राम्रो व्यवस्था नहुँदा महिनाबारी हँुदा बालिकाहरु विद्यालय जान सकी रहेका छैनन् । विशेष गरि ग्रामीण क्षेत्रमा बालिकाहरुमा सूचना प्रविधिको पहुँच कम देखिन्छ जस्ले गर्दा डिजीटल साक्षरतामा असर पुगेको देखिन्छ ।
अझै पनि तराई र ग्रामीण परिवेशमा बालिका र किशोरीहरु शिक्षाबाट बञ्चित छन् । शिक्षा सम्बन्धि कस्तो किसिमको निती अबलम्बन गरे प्रभावकारी होला ?
अनिवार्य शिक्षालाई कडाईका साथ लागू गराउनु पर्छ । बालविवाह रोकिनु पर्यो , विद्यालय सुरक्षित हुनुपर्यो जहाँ बालिकाले निर्धक्कका साथ गएर पढ्न सकिने होस् । हरेक विद्यालय बालिका मैत्री हुनु जरुरी छ । विद्यालयमा बालिकाको लागि अलग सौचालय, पानी, गोपनियता, महिनावारी मैत्री सुविधा र विद्यालयमा लैंगिक हिंसा विरुद्द जिरो टोलेरेन्सको निती लागू गरिनु पर्छ । जो बालिका आर्थीक कारणले पढ्न सकेको छैन ।





