क्रान्ति सुब्बा । हङकङ । हङकङ प्रहरीले नोभेम्बर २६ तारीख बुधबार दिउँसो ताइ पोस्थित वाङ फुक कोर्ट परिसर भित्र रहेका आवासीय टावरहरूमा भएको विनाशकारी आगलागीपछि मानव हत्याको आशंकामा तीन निर्माण कार्यकारीहरूलाई पक्राउ गरेको छ।
आगलागीमा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ। आगो लाग्न शुरु भएपछि २७९ जना बेपत्ता भएका थिए र ४५ जना घाइते भएका थिए। नोभेम्बर २६ तारीख दिउँसो २.५० बजेतिर सुरु भएको आगलागीले उत्तरी न्यु टेरिटोरी भरि बाक्लो धुँवा फैल्याएको थियो, अग्नि नियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिए पछि मात्र धुँवा क्रमशः हटेको थियो र बिहीबार बिहानसम्म पनि आगो बलिरहेको थियो । वाङ च्यङ हाउसको बाहिरी भागमा जडान गरिएको बेम्बो स्काफोल्डिङमा लागेपछि यो हुनुहुनामीको शुरूवात भएको थियो ।

वरिष्ठ प्रहरी निरीक्षक एलीन चुङ लाई-यीले पत्रकार सम्मेलनमा ब्लकहरूको बाहिरी भागमा जडान गरिएका सामग्रीहरूले अग्नि -सुरक्षा मापदण्ड पूरा नगरेको र त्यसैमा आगो सल्किएपछी यसले आगोको फैलावटलाई तीव्र बनाएको शंका अनुसन्धानले जनाएको बताइन् । एउटा टावरमा त प्रत्येक तल्लाको लिफ्ट लबीका झ्यालको बाहिर पट्टी ज्वलनशील फोम बोर्डहरू जडान गरिएको थियो। “निर्माणप्रति जिम्मेवार व्यक्तिहरूको घोर लापरवाहीका कारण आगो द्रुत गतिमा फैलिएर यस्तो गम्भीर हताहतहरू भएको हाम्रो विश्वास छ,” उनले भनिन्। पक्राउ परेकाहरूमा दुई कम्पनी निर्देशक र परियोजनासँग संलग्न एक सल्लाहकार समावेश छन्।
१९८० को दशकको शुरुआतमा यी भवनहरु निर्माण गरिएका हुन । आगलागीको समयमा मर्मतसम्भारको लागि बेम्बो स्काफोल्डिङद्वारा घेरिएका यी गगनचुम्बी भवनहरूमा लगभग २,००० फ्ल्याटहरू छ्न।
आगोको लप्काले डढेपछी भाँचिएका बाँसका मचान र कुडा कर्कट खसेर फ्लाटबाट ज्यान बचाउन भाग्दै गरेका बासिन्दाको बाटो नै छेकेको थियो । त्यसपछि आफ्नै निवास भित्र थुनिएका बासिन्दाहरुले आपतकालीन लाइनमा फोन गरेर हार गुहार मागेका थिए । अत्यधिक गर्मी, खसिरहेका सामग्री र स्काफोल्डिङले निम्त्याएको खतराले फायर फाइटरहरुलाई भित्र पस्न गाह्रो भएको कुरा अग्नि सेवा विभागका उपनिर्देशक डेरेक आर्मस्ट्रङ चानले बताए । एक वरिष्ठ अग्नि अधिकारीले उल्लेख गरे अनुसार घटनास्थलमा उपचार गरिएका लगभग १०० जना घाइतेहरूमध्ये ४० जनाको मृत्यु घटनास्थलमा भएको थियो । र ४५ जनाको अवस्था गम्भीर थियो।

घटनास्थलमा १,२०० भन्दा बढी अग्नि र एम्बुलेन्स कर्मचारीहरू खटाइएका थिए। ३२ तले टावरहरूको माथिल्लो तल्लाहरुमा पुग्न भर्‍याङवाला ट्रकहरू संघर्ष गरिरहेका थिए यहाँ सम्म कि आकाशिदो आगोको लप्कालाई धुरी सम्म पुगेको पानीको फोहोराले भेटन सकेको थिएन । त्यसो त हङकङ अब्जर्भेटरीले मौसम सुख्खा भएका कारण आगो लाग्ने जोखिम बढेको चेतावनी सहितको सूचना जारी गत हप्तामा गर्दै आएको थियो ।
अधिकारीहरूले विस्थापितहरूका लागि नजिकैका सामुदायिक केन्द्र र एउटा विद्यालयमा अस्थायी आश्रयहरू खोलेका छन्।
स्थानीय मिडियाले वृद्ध बासिन्दाहरूलाई भवनहरूबाट डोर्याएर तोकिएको सुरक्षित बिन्दुमा भेला गराइ रहेको देखाएको थियो । प्रहरीले पनि घर-घरमा गएर वासिन्दाहरुलाई सुरक्षीत स्थान तर्फ अवतरण गर्दै थिए ।

अधिकारीहरूले अनुसन्धान बाह्य पर्खाल प्रणाली र अस्थायी प्रकृतिका कामहरु प्रचलित ऐनकानुन बमोजिम भए नभए माथि केन्द्रित हुने बताएका छ्न। जस अन्तर्गत सुरक्षात्मक जाली, स्काफोल्डिङ बन्दोबस्त आदि बारे छानबिन हुनेछ ।
सरकारले सुरक्षाको कारण देखाइ गत साल देखि नै बाँसको स्काफोल्डिङको प्रचलनलाई क्रमशः उन्मुलन गर्दै लैजाने प्रयासलाई अगाडि बढाएको थियो । विगतमा बाँसको स्काफोल्डिङमा आगो लाग्दा आगोको रफ्तार तेज भएपछि स्टीलको मचान तर्फ सरकारको ध्यानाकर्षण भएको थियो ।
प्रहरीले पक्राउ परेका तीन जना व्यक्तिहरु दुई जना कंस्ट्रक्शन कंपनीको डायरेक्टर र एक जना कंसल्टेंट रहेको कन्फर्म गरेको छ र तिनै जनालाई हिरासतमा राखिएको थियो । फोरेंसिक जांच र गवाहीको इंटरव्यू लिने कार्य पनि शुरु भैसकेको थियो । आगलागीको सही कारण अझै पत्ता लागेको छैन।
बिहीबार दिउँसो ४ बजेसम्ममा अस्पताल प्राधिकरणले ८० जनालाई अस्पताल लगिएको रिपोर्ट गरेको छ, जसमा १३ जनाको अवस्था गम्भीर, २८ जना गम्भीर, १८ जना स्थिर र १६ जना डिस्चार्ज भएका छन्। दिउँसो ३ बजेको अघिल्लो अपडेटमा ७८ जना अस्पताल भर्ना भएका थिए, जसमा १५ जना गम्भीर, २९ जना गम्भीर, १८ जना स्थिर र १२ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया