हङकङ । प्रहरीद्वारा गरिएको दुई दिने अपरेसनको दौरानमा खतरनाक लागूऔषध ओसारपसार गरेको आशंकामा हङकङको परिचयपत्र वाहक २१ वर्षीय नेपाली युवा युन लङको पात ह्यङ भन्ने स्थानबाट पक्राउ परेका छ्न।
डिसेम्बर ८ देखि ९ सम्म चलेको यस अपरेसनमा नारकोटिक्स ब्यूरोका अधिकारीहरुले वेस्टर्न डिस्ट्रिक्ट, एबरडीन र पात ह्यङ स्थित तीन वटा संदिग्ध ड्रग स्टोरेज गरिएको जग्गामा छापा मारेको थियो । यी तीन वटै ड्रगको भण्डार पक्राउ परेको व्यक्तिद्वारा संचालनमा रहेको मानिएको छ।
प्रहरीले बरामद गरेको लागु पदर्थमा ३.२ किलोग्राम संदिग्ध केटामाइन, लगभग ३५० ग्राम संदिग्ध कोकीन, लगभग ८,३०० थान संदिग्ध एक्स्टसीको गोलि र थोरै मात्रामा संदिग्ध मेथामफेटामाइन (आइस) रहेकोे छ । जफत गरिएको ड्रग्सको कुल अनुमानित स्ट्रीट भ्यालु हङकङ डलर २३ लाख भन्दा ज्यादा रहेकोे छ।
पक्राउ परेका व्यक्तिलाई खतरनाक लागूऔषधको ओसारपसारको एक अभियोग लगाइनेछ। उनलाई डिसेम्बर ११ तारीख बिहीबार बिहान चुन मुन मजिस्ट्रेट अदालतमा उपस्थित गराइने छ।





