गीता भट्टराई  नेपाली सामाजिक  बिकास र महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील परिचित व्यक्तित्व हुनुहुन्छ । हाल साउथ पार्टनरसीप नेपाल (साप नेपाल) को अध्यक्ष, शान्ति मालिकाको उपाध्यक्ष  दमक काठमाडौं सरोकार समाज उपाध्यक्ष,  नेपाल भारत मैत्री संघ काठमाण्डौ जिल्ला सदस्य , महिला सुरक्षा दबाब समुहको केन्द्रीय सदस्यको रुपमा क्रियाशील हुनुहुन्छ । त्यस्तै  भुटानी शरणार्थीहरुबीच  पनि लामो समयसम्म काम गरेको अनुभव छ । चार दशक भन्दा लामो समयदेखि परिवर्तनको निम्ति क्रियाशील भट्टराईसँग यही बिषयमा केन्द्रीत रहेर गरिएक‍ो कुराकानी ।

हाल के मा कार्यरत हुनुहुन्छ ?

साउथ पार्टनरसीप नेपाल (साप नेपाल)मा अध्यक्षको रुपमा क्रियाशिल छु  साथै अन्य संस्थाहरुसँग पनि आवद्व छु । हरेक दिन केही न केही भैरहन्छ ।

लामो समय महिला अधिकारको क्षेत्रमा  क्रियाशील हुनुभयो , नेपाली महिलाले प्रप्त गरेकाे अधिकार र परिवर्तनलाई  कसरी हेर्नुहुन्छ ?

आशाको दृष्टिले हेर्दा परिवर्तन अस्वीकार गर्न नमिल्ने गरी उपलब्धिहरु देखिन्छ। आज नेपाली महिलाले संविधानतः समानता, समावेशिता, मतदान अधिकार, शिक्षा, सम्पत्तिमा हक, प्रजनन स्वास्थ्य, राजनीतिक सहभागिता जस्ता आधारभूत अधिकारहरू सुनिश्चित गरेका छन्। संघीय लोकतान्त्रिक संविधानले महिलालाई नागरिक मात्र होइन, अधिकार सम्पन्न नागरिकका रूपमा मान्यता दिएको छ। संघ, प्रदेश र स्थानीय तहमा महिलाको अनिवार्य सहभागिताले निर्णय तहमा महिलाको उपस्थितिलाई संस्थागत बनाएको छ। यो उपलब्धि सहजै आएको होइन—यो दशकौँ लामो आन्दोलन, बलिदान र निरन्तर दबाबको परिणाम हो मलाई यी सब आफ्नै जीवनकालमा देख्न पाउँद खुशी लागेको छ ।

नेपाली समाजमा महिलाको बिकासको चुनौती र अबरोधहरु के के हुन् ?

दलित, जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महिलाका आवाज आज पनि समाजमा दबिएर रहन वाध्य छन् । संविधानमा समान भनेपनि अहिले पनि समाजमा अनेक चुनौतीहरु छन् । महिला जलेर मर्न वाध्य छन् ।  हामीले अब तिनै समस्याको माथि केन्द्रीकृत भएर काम गर्न जरुरी छ ।

यहाँसम्म आईपुग्दा तपाईं  आफैले काम गरेको संस्था र उपलब्धि के के हुन् ?

सुरुवाती समयमा झापा जिल्लाको बिभीन्न संघ संस्थाहरू सँगको समन्वयमा एनजीओ समन्वय समिति गठन गरी यसको उपाध्यक्ष पदमा रहेर २३ बर्प सम्म झापा जिल्लामा काम गर्ने अवसर प्राप्त भयो । झापामा मैले काम गर्दा शुरू सुरूमा बिजुली थिएन ,यातायातको अहिलेको जस्तो सुबिधा थिएन कार्यक्रम स्थल पुग्न दुई तिन घण्टा हिडेर जानुपर्थ्यो । युनिसेफ ,साप नेपाल ,अक्सफाम परिवार नियोजन संघबाट धेरै प्रशिक्षक प्रशिक्षण तालिम लिनुका साथै साप नेपालबाट भारतको बिभिन्न ठाउँ जस्तै राची, हैदराबाद ,इलाहाबाद ,पटना,भुवनेश्वरी आदि धेरै ठाउँमा अवलोकन भ्रमणका साथै प्रशिक्षक प्रशिक्षण तालिम लिने अवसर प्राप्त भयो। म अहिले साप नेपालको तेस्रो पटक अध्यक्ष छु ।

तपाईलाई  सम्झी ल्याउदा मैले के चाहिँ राम्रो  गरे झैं लाग्छ ।

आजको समयसम्म आईपुग्दा महिला अधिकारको क्षेत्रमा केही न केही सकारात्मक भुमिका खेल्न सके झैँ लाग्छ । अब जीवनभर यही क्षेत्रमा हुनेछु ।

 

 

 

तपाईको प्रतिक्रिया