४ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा

हङकङमा आज कोरोना संक्रमण पुष्टि भएको ११२ केस मध्ये १२ जना आयातित ,६४ जना पहिलाको केससंग संबंधित र ३६ जना अपुष्ट स्रोतबाट आएका स्थानीय केस रहेकाछ्न।

पहिलाको केससंग जोडिएका ६४ मध्येमा ९जना कामदार र एक जना पारिवारिक सदस्य फङ शु चुन डे एक्टिभिटी सेन्टरबाट रहेकाछ्न।यस सेन्टरबाट संक्रमित संख्या ४३जना रेसिडेन्ट, ११जना कामदार र १ जना पारिवारिक सदस्य रहेका छ्न।

लोहास पार्कको कन्स्ट्रक्सन साइटबाट ५ कामदार र २जना पारिवारिक सदस्य थपिएकाछ्न।यो क्लस्टर जम्मा २७ जना काम्दार र ५ जना पारिवारिक सदस्य रहेकाछ्न।

डान्स ग्रुप क्लस्टर बाट आज १७ वटा नयाँ केस थपिएकोछ।

गत २४ घन्टामा जम्मा २ संक्रमितको मृत्यु भएकोछ जसभित्र एक जना ८२ वर्षकि महिला र ३८ वर्षका पुरुष परेकाछ्न।हङकङमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या ११२पुगेकोछ।

८० जना आरम्भिक चरणमा कोरोना पोजिटिभ देखिएकाहरु पुर्ण पुष्टि हुने सुचीमा रहेका छन।

तपाईको प्रतिक्रिया