नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुरयाउने लक्ष्य सहित भिजन पेपर–२०३० सार्वजनिक गरेको छ । यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पना सहित एक सयवटा योजनाहरु समावेश गरिएको छ । आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गर्नुभएको हो । महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पना सहित भिजन पेपर तयार गरेको हो । मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पु¥याउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तकमा सयवटा योजना सहितको भिजन पेपर तयार गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गायिका सारा लामा तामाङ को ‘जुहारी ह्वाई’ सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ...
राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्व...
ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
पाँचथर । स्व. रामप्रकाश समथिङद्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोजनामा एक कार्...
निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन पारेर धेरै नेपाली गीतहरु सार्वजनिक भए। यस्तैम...
हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्ष...
हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने
हामी र हाम्राे कृति समाजले वार्षिकोत्सबमा पुस्तक लाेकार्पण साथै सम्मानकाे आयाेजना गर्ने भएकाे छ । समाजले आफ्नाे वार्षिको...