काठमाडौँ। रुबुसा क्रिएटिभ वर्कले लिम्बु भाषाको लघुचलचित्र खेदा (कथा) युट्युव मार्फत सार्वजनिक गरेको छ ।

म्युजिकल लिम्बु फिल्मका नायक तथा प्रस्तुतकर्ता रुकमान लिम्बु भन्छन “आफ्नो कला,भाषा र संस्कृतिसँगको सामिप्यतामा रहेर यसको संरक्षण ,सम्बर्द्धन र प्रबर्द्धनमा मेरो तर्फबाट सानो ईँटा थप्ने प्रयास गरेको छु,यो प्रयास अनि यो कार्य सम्पन्न गर्न म एक्लोको प्रयासले सम्भब भएको होईन यो म्युजिकल लिम्बु फिल्म “खेदा ” तयार गर्न र यस भिडियो लाई तपाईं दर्शक समक्ष ल्याउन मलाई साथ सहयोग ,सल्लाह ,सुझाब तथा आशिर्बाद दिनु हुने तपाईं सम्पुर्णलाई हृदयदेखी धन्यवाद व्यक्त गर्न चाहन्छु ।

भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघुचलचित्र अगाडि बढेको छ ।

विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको छ ।

धाननाचबाटै मनपराइएको युवायुवतीबिच विवाहको लागि लाने-जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ ।बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यस चलचित्रमा छ । पालमलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बूले गाएका छन । रचना नेम खापुङ लिम्बू, लय सङकलन सुमन लिम्बू, सङ्गीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । मनु र सुमनलाई भिम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दिपा सुहाङ, दिवस पयाङगु लिम्बू, रोजिना थेगिम लिम्बूले पाःलाम खाप्न सघाएका छन् ।

भिडियोको लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डि.बि. आङबुङ लिम्बूले गरेका हुन् । ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलले गरेका छन ।
चलचित्रमा रुकमान लिम्बू र सबनम साबा लिम्बूले मुल पात्रको रूपमा अभिनय गरेका छन भने यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेम लगायतले अभिनय गरेका छ । याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायाङ्कन बिनोद लामा ब्याकराउन्ड म्युजिक विकास दाहालको सम्पादन कथा निर्देशन लोकेन साँवाको रहेको छ ।

चलचित्र हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस।

https://youtu.be/Uk4eF76toSA

तपाईको प्रतिक्रिया