काठमाडौ । गायिका अनुका राइको स्वर र रचनामा ‘ढोल बज्यो आयो साकेला ‘  भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

किराँत राईहरुको महान चाड साकेला  राइ जातिमा मात्र सिमित छैन आजभोलि । जब साकेला उधौली( मंसिर ) उभौली (वैशाख/जेठ ) पर्व शुरु हुन्छ तब ढोल झ्याम्टाको लयवद्व तालमा साकेला नाच शुरु हुन्छ। हिउँदमा अर्थात मंसिर तिर चराहरु उँधो वा दक्षिण  जता गर्मी छ तिर लाग्छन जसलाई हेरेर उधौंली भनियो र गर्मी याम शुरु भएपछि चराहरु फेरि उँभो लाग्छ्न जसलाई हेरेर उभौली भनिन्छ ।

विशेष गरि राइहरु यस चाडमा आफ्नो परम्परागत जातीय भेष भुषामा सजिएर नाच्ने गर्दछ्न। एक किंवदन्ती अनुसार पारुहाङ र सुम्निमा बीच एक पटक लामो  बिछोड भएको थियो । लामो समय पछि पारुहाङ फर्किएको खुशियालिमा यो नाच गान गरिएको मानिन्छ।

काठमाडौ स्थित किरात राई यायोख्खाको प्रांगण र झोर झरनामा छायांकन भएको यस म्युजिक भिडियोलाई  जुन सिला मिडिया भन्ने युट्युब च्यानलबाट सार्वजनिक गरिएकोछ।
द स्काई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत तथा एरेन्ज पावल चाम्लिङ ,मिक्सिङ रदिप श्रेष्ठ ,शृङ्गार माया लामा तामाङ , संपादन अनिल कुमार महर्जन , निर्देशन राज कुमार राइको रहेको छ।

क्यामेरामेन मोहन कुमार ( झिल्लु) र निर्माता अबि नारायण वान्तावा राई र शुरेस राई रहेको यस भिडियोमा कलाकारहरु रहेका छ्न – अनुका राई,सुशीला राई,डि.पि. राई(प्रीन्स), भुवन मगर,इशा आङ्देम्बे,परिबुङ राई,महेश राई,विशाल राई,प्रीति राई र बिमियोङ राई।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया