गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक
काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।
...