अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रम सहित सम्पन्न बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक प...









