महानगरद्वारा नाला र पैनी सफाई तीव्र
विराटनगर ÷ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ ।
विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । तर हिउँदै नाला सफा गरेका कारण गत वर्षको वर्षामा समेत कम डुबान भएको महानगरको दाबी छ । सफाइको मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आउनुभएको छ । प्रदेश संसद भवन अगाडिबाटसुरु ग...









