कथा – कलेजी कोपिला

कथा – कलेजी कोपिला
बिन्दु शर्मा सूर्य तिल्केनी लेकको पारिबाट ओरालो लाग्दै गर्दा पनि त्यसको रापभने कत्ति कम भएको थिएन । त्यसमा पनि छिनमै स्यार्र पानी पर्ने र छिनमै चरङ्ग घाम लागिहाल्ने भदौरे याम । घमौरा चर्केर बसिसक्नु नहुने । बिहान मात्रै त फालेकी थिएँ मैले यो लाहुरे फूलमा लागेका पतेराहरू । फेरि छपक्कै बसेछन यसको डाँठमा । गएको चैते दसैँमा भगवतीलाई रोटी चढाउन खैराबाङ पुगेका बेला आमाले तिनओटा लाउरेका सेला लाउनुभएको थ...