काठमाडौँ – एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको “मिसेस तामाङ नेपाल २०२० सिजन-३” ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । महाराजगंज ओपेरा हाउसमा सम्पन्न ट्यालेण्ट राउण्डमा १५ जना प्रतिश्प्रधिहरुले आफ्नो आफ्नो ट्यालेन्ट देखाएका थिए ।

तामाङ समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको प्रमुख अतिथिमा पूर्व सभासद तिर्थ लामा रहेका थिए भने निर्णायकहरुमा बिजेन्द्र वाइबा, समिर तामाङ, मिथुन लामा, शान्ति वाइबा तामाङ, राधा थोकर र अनिता नेगी तामाङ रहेका थिए।

बिवाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको जानकारी शान्ता लामाले गराईन। प्रतियोगिताका लागि छनौट हुनेलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिएको छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिदै आएको छ ।

“मिसेस तामाङ नेपाल २०२० सिजन-३” फाइनल यहि आउदो पुष १५ गते हुने भएको छ।

तपाईको प्रतिक्रिया