काठमाडौँ — नयाँ नेपाली गीत ‘मेरा भगवान…’ सार्वजनिक गरिएको छ। गीतमा ” द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट”गायिका दिलिजा रुवालीको स्वर रहेको छ भने शब्द पद्मालिंखा मगरले रचना गरेकी हुन्। गीतको संगीत तथा एरेन्ज सुरेश बानियाँले गरेका छन्।
गीतको रेकर्डिङ सुमन राणाले गरेका हुन् भने अडियो मिक्सिङ तथा मास्टरिङ कुमार राणाको रहेको छ। गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोतर्फ गीतको कथा तथा निर्देशन चित्रा मास्की मगरले गरेकी छन्। भिडियोमा दिलिजा रुवाली, दिपेन्द्र तिमिल्सिना, टिका सानु र सुरेश बानियाँको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन सुनिल भण्डारी एण्ड टिमले गरेका छन् भने उत्पादन व्यवस्थापन ध्रुव थापाले सम्हालेका छन्। सम्पादन तथा रङ संयोजन नविन घर्ती मगरले गरेका हुन्।





