काठमाण्डौं .
ग्रामीण चेतना, सामूहिक जागरण र सामाजिक एकताको सन्देश बोकेको नयाँ गीत ‘उठौं उठौं गाउँवासी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका सीडी विजया अधिकारी र चर्चित स्वरकी धनी रचना रिमाल ले संयुक्त स्वर दिएका छन् । वर्तमान सामाजिक–राजनीतिक परिवेशमा गाउँ समाजको सक्रिय सहभागिता र जागरुकताको आवश्यकता औंल्याउँदै तयार पारिएको यस गीतले सन्देशमूलक सिर्जनाको अभाव भइरहेको बेला नयाँ बहस जन्माउने संकेत गरेको छ।
गीतका शब्द सर्जक पद्मलिंखा मगर ले लेखेकी हुन्। मगरले गाउँको मौलिकता, सामूहिक शक्ति र सामाजिक उत्तरदायित्वलाई शब्दमा उतार्ने प्रयास गरेकी छन्। उनका शब्दहरू केवल गीतात्मक अभिव्यक्ति मात्र होइनन्, बरु गाउँ समाजप्रतिको आह्वान र सचेतनाको सन्देशका रूपमा उभिएका छन्।
संगीतकार राजकुमार बगर ले गीतमा लय तथा संगीत भरेका छन्। मौलिक धुन र सरल संरचनाले सन्देशलाई सहज रूपमा श्रोतामाझ पु¥याउने प्रयास गरिएको छ। संगीत संयोजन राजु कार्की ले गरेका हुन्, जसले आधुनिक तथा परम्परागत वाद्ययन्त्रको सन्तुलित प्रयोगमार्फत गीतलाई सशक्त रूप दिएका छन्।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
पद्मलिंखा मगर को शब्दमा‘उठौं उठौं गाउँवासी’ सार्वजनिक





