२, वैशाख २०७९, काठमाडौँ । जसराज किराँती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका सङ्गीतकार शान्तिराम राई र स्याङजाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । हालै प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा बसेको बैठकले सङ्गीतकार शान्तिराम राईलाई सन २०२० का लागि र डा. रजनी ढकाललाई सन २०२१ का लागि जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही ५० हजार र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।


खोटाङका वरिष्ठ कवि जसराज किरातीको नामा स्थापित प्रतिष्ठानबाट  यसअघि मनु मञ्जिल, श्रवण मुकारुङ, वीरु बाङदेल (सिक्किम), डा. विन्दु शर्मा पुरस्कृत भइसकेका छन । पुरस्कार यही महिनाको तेस्रो साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया