हाल नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान बिभाग प्रमुख, प्रसिद्ध कथाकार माया ठकुरीको घर सेन्ट जेभियर्स स्कूलको पछाडी पुरानो राणाकालीन साँगूरो गल्ली छिचोलेर करिब बीस मिनेट हिडेपछि धोबीघाटको फराकिलो सडक छिचोलेर हिडदै जाँदा सडकदेखि अलिकति भित्रपट्टि साँगुरो गल्ली छिचोलेपछि पुगीन्छ ।

किशोर वयमा माया ठकुरी । फोटो सौजन्य : नेपाली टाइम्स

पाँच दशकदेखि कथा लेखनमा सकृय माया ठकुरी अत्यन्त सालिन स्वाभाव तर लेखनमा आफनो दह्रो पकड बनाउन सफल उहाँको जन्म पिता गम्भीर सिहं ठकूरी र माता देवी ठकूरीको सन्तानको रुपमा सन १९४६ जुलाई २ मा भारतको लखनउमा भएको हो ।
आमा ठकुरी बुबा राणा तर त्यतिबेला राणाहरुलाई ब्रीटिस आर्मीमा भर्ती हुन बन्देज गरेपछि ठकूरीकै थरबाट भर्ती भएको र त्यहि सिलसिलामा उहाँको बाल्यकाल भारतको मेघालय राज्यको सुन्दर शहर सिलोङमा बित्यो । यो शहर भारतको उत्तरपुर्वमा अवस्थित पहाडी इलाका र भारतीय जनजाती खसियाहरुको बाहुल्यता रहेको शहर हो ।

बाल्यकाल अत्यन्त संघर्षमा बिताएकी मायाको लेखनमा बिद्रोहको एउटा अनौठो स्वर सुनिन्छ । जुनबेला उहाँको हातमा कलम हुनुपर्ने थियो । जुन समय अरु बच्चाहरुको जस्तै हातमा गुडिया हुनुपर्ने थियो । तर त्यो समय उहाँले अभावहरुलाई झेल्नुपरयो । अभावले उहाँलाई जीवनलाई नजीक र फरक दृष्टिकोणबाट बुझ्न र हेर्न सिकायो । खासमा यी र यस्ता परिस्थितिहरुले उहाँलाई भित्रैबाट मजबुत हुन सिकायो । जीवनमा भैपरि आउने तितो सत्यलाई सामना गर्न सिकायो ।

आधुनिक कथा लेखनमा ठोस पकड बनाउन सफल उहाँको लेखन यात्रा कुनै दन्त्यकथा भन्दा कम रोमान्चककारी छैन। धेरै पाठकहरुले थाहा नपाएको उहाँको अर्को व्यक्तित्व भनेको कलाकारिता र गीतकारिता पनि हो। तर उहाँको व्यक्तित्वको यो पाटो आम पाठक समक्ष स्पष्ट भैसकेको छैन। स्मरण रहोस कलाकारिताबाटै अन्तराष्ट्रिय स्तरको प्रतिनिधित्व उहाँले गरिसक्नु भएकोछ ।

माया लेखनमा आउँदाको समय महिलाहरु घरबाट बाहिर निस्कन सक्नु नै ठूलो चुनौती थियो र सफलता पनि । ती दिनहरुमा सामाजिकरुपमा महिलाहरुको उपस्थिति अत्यन्तै न्युन हुने गर्थ्यो । साहित्यमा महिला सहभागिता अत्यन्तै कम थियो । तीसको दशकमा आएका केही लेखकहरु जस्तै पारिजात , तोया गुरुङ, कुन्ता शर्मा जस्ता केहि हातमा गन्न सक्ने नामहरु मात्र सकृय थिए ।

आफ्नो लेखनको शुरुवाती दिनहरुमा प्रसिद्ध कवि हरिभक्त कटुवालले लेखनको राम्रै प्रभाव बताउनु हुने ठकुरीको कटुवाल प्रिय कवि हुन । साच्चै भन्नुपर्दा ठकुरीको साहित्यीक यात्रा भाग्यमा भरोसा राख्नेहरुको निम्ति चमत्कार भन्दा कम छैन । माया भारतमा जन्मीनु भयो र नेपाललाई कर्मथलो बनाउनुभयो । उहाँका कथाका पात्रहरु हिन्दु संस्कारले जे गर्न हुन्न भन्छ त्यही गर्ने हुदैनन । तर समाजमा महिलाको अस्तित्वलाई फरक दृष्टिबाट हेर्न आग्रह गरेको हुन्छ । उहाँले कतिपय सिर्जनामा समाजलाई ठाडै चुनौती दिएकी छिन। अहिले पनि समाजमा महिलाहरु आफूमाथी थोपरिएको सबै हिंसा सहेर बस्न बाध्य छन। बिरोधको निम्ति आवाज उठाउन सकीरहेको छैनन । तर आफनो समयमा माया ठकुरी महिला समानताको निम्ति संर्घष गर्ने कम नेपाली महिला मध्ये एक हुनुहुन्थ्यो ।

माया कथाका पात्रहरुलाई हतियार बनाएर आफनो कुरा गर्न माहिर नै हुन भन्दा फरक पर्दैन । उहाँको कथाका पात्र नेपाली समाजमा हामीले देखीरहने भेटिरहने सरल हुन्छन तर यिनीहरु मार्फत जटिल बिषयहरु पाठकलाई अवगत गराउन सक्नु उहाँको बिशेषता हो । उहाँका कथाका पात्रहरुले मानवीय आकांक्षाहरुलाई सम्बोधन गरेको हुन्छ । हिन्दू धर्मको कतिपय तर्कसँग उहाँको ठाडै असहमति छ । कथा पढदै जाँदा कतिखेर त पात्र म आफै हो की भन्ने पनि लागीरहन्छ ।

प्राय कथामा महिला अधिकार र समानताको निम्ति आवाज उठाइएको हुन्छ । प्रियबदा ,आमा, इन्द्रधनुष, माया ठकूरीका कथाहरु , चौतारो साक्षी छ ,साघुँ तरेपछि , गमलाको फूल , नजुरेको जोडी , नेपाली लोक कथाको संकलन तथा अंग्रेजीमा अनुवाद लगायतको कथा संग्रह उहाँका प्रसिद्ध कृतिहरु हुन। तमील, जापानी र अंग्रेजी भाषाहरुमा पनि उहाँको कथा अनुवाद भएको छ ।

२०२१ सालदेखि कथा लेखनमा प्रवेश गरेकी मायाले अहिलेसम्म रत्न श्री २०३५, मौनली कथा पुरस्कार २०४१, शिक्षा पुरस्कार २०४४,राष्ट्रिय नागरिक सम्मान २०६१, मैना पुरस्कार २०६१ , लुम्बिनी कला , संगीत तथा साहित्य समाजद्धारा नारी सम्मान २०६१, मानचित्र सम्मान २०६१, शान्ति बिकास अभियान नेपालद्धारा राष्ट्रिय नारी सम्मान २०६१, दायीत्व वाङमय सम्मान २०६१, खिल शर्मा राजीव लोचन जोशी स्मारक पुरस्कार२०६१ नवरंग साहित्य प्रतिष्ठान सम्मान २०६३, तन्नेरी द्धैमासिक पत्रिका सम्मान २०६३ , दीप ज्योती सम्मान २०६६, सेलीब्रेटी वुमनहुड नवदेवी भगवती सम्मान २०६७ ,भानुभक्त मेमोरियल स्रष्टा सम्मान २०६७, जनमैत्री बहुमूखी क्याम्पस अभिनन्दन २०६७, अन्तराष्ट्रिय नेपाली साहित्य समाज २०७१, बिश्व नारी साहित्य सम्मान २०७१ लगायत दर्जनौं सम्मानद्धारा सम्मानित हुनुहुन्छ ।

परिजात पछि लेखनमा महिला लेखक बैचारिक रुपमा शसक्त रुपले आउन नसकीरहेको आरोप लागीरहेको परिप्रेक्ष्यमा माया ठकुरीको कथाले राहत दिएको छ । “आमा जानुहोस” कथा नेपालको बदलिदो सामाजको सजीव चित्र हो । मानिसमा हराउदै गएको समवेदनालाई यो कथाले अप्रेशन नै गरेको छ । कथाका पात्रहरुसँग कहिले अराजक कतै कोमल मानवीय संवेदनाको पक्षलाई जस्ताको त्यस्तै राख्न माहिर नै मानिन्छिन माया । आमा जानुहोस कथासग्रहको “युद्ध” कथालाई प्रमाणको रुपमा पेश गर्न सकिन्छ ।

माया ठकुरी पारिजातको साथमा । फोटो: नेपाली टाइम्स

जीवनमा कहिले पनि आफ्नो कृतीको बिमोचन नगरेकी उहाँका सबै जसो कथाहरु नेपालको नाम चलेको प्रकाशनगृहबाट निस्कीएका छन । नेपालमा मात्र थोरै नेपाली महिला कथाकार जसलाई लेखनको कारण अन्तराष्ट्रिय स्तरमा उभिन सक्ने महिला कथाकारहरुमा उभ्याएको छ। त्यो नाम गर्वका साथ माया ठकुरी हो भन्न सकिन्छ । नेपालमा लोकतन्त्र प्राप्ति पछि जसरी जनजाती दलित ,मधेसी सिमान्तकृत तेस्रो लिङ्गीको अधिकारको बिषयमा आवाज उठीरहेछ , यी मुद्धाहरु मायाले तीन दशक अघिदेखी उठाउदै आएकी छीन । विश्वको विभिन्न भाषामा अनुवाद उनका कथाहरु त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रमाणपत्र, स्नातक तथा स्नातकोत्तर तहको पाठ्यक्रम, नेपालका बिद्यालयस्तरमा नेपाली पाठ्यक्रम, भारतको नर्थ विश्वबिद्यालय तह र गुवाहटी नेहरु बिश्वबिद्यालयको स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरिएको छ ।

माया ठकुरी हिसिला यमिका साथमा । जुन १८ , २०१८

तपाईको प्रतिक्रिया