क्रान्ति सुब्बा

अगस्ट ६ तारीख शनिबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,६०२
.स्थानीय केस संख्या : ४,३२२
.पिसिआरबाट पुष्टि केस संख्या : १,४६८
.एन्टिजेनबाट पुष्टि केस : २,८५४
.आयातित केस संख्या : २८० जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२० जना
.आयातित केसमा  युकेबाट ४६ जना , अमेरिकाबाट ३२ जना ,  फिलिपिन्सबाट १६ जना , इन्डियाबाट १९ जना,सिंगापुरबाट १६ जना, थाइल्यान्डबाट १५ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : १२६
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३५

.कुल संक्रमित संख्या : १,३८०,९६८(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५३५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२३८,५८४

. ३ वटा नर्सिङ होमका २ जना  वासिन्दा र एक जना कर्मचारी संक्रमित भएका थिए भने ३ वटा अपांग आश्रमका ३ जना वासिन्दा संक्रमित भएका थिए ।

.२ वटा स्कुलबाट नयाँ  केस आएका थिए ति स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

. स्वास्थ्य बिभागले हाल जारी सामाजिक दुरि सम्बन्धि   नियमहरु खुकुलो नहुने न त कडा नै हुने बताएको छ। हालको लहर उत्कर्षमा नपुगेका कारण यसो गरिएको हो।

.हङकङ युनिभर्सिटी अफ पेडियाट्रिक्सका अध्यक्ष प्रोफेसर लाउ यु-लुङले विगत दुई दिनमा कोभिड-१९ को खोप लगाउने बालबालिकाको दरलाई “असन्तोषजनक” रहेको बताएकाछ्न । छ महिनादेखि तीन वर्षसम्मका करिब १,००० साना बच्चाहरूले मात्रै अपोइन्टमेन्ट बुक गरेको  रिपोर्ट आएपछि उनको यस्तो टिप्पणी आएको हो।

“कम्तीमा ५० प्रतिशत बालबालिकाले यो जाडो याम भित्र  खोप ग्रहण गर्नु पर्छ,” उनले भने।

लाउले बालबालिकाको लागि भ्याक्सिन कतिको सुरक्षित छ भन्ने कुराको बुझाइमा आमाबाबुलाई द्विविधा भएको हुनसक्छ तर आमाबाबुले रोग रोकथामको बारेमा आफ्नो चेतना बढाउने कुरामा आशा व्यक्त गरे।

सरकारले बायोएन्टेक भ्याक्सिन निर्मातासंग खोपको  बालबालिका संस्करण खरिद गर्ने विषयमा छलफल गर्न  सम्पर्क गरेको छ, हङकङ पेडियाट्रिक सोसाइटीका अध्यक्ष प्याट्रिक इप पाक-क्यङले भने।

. हाल अर्थात अगस्ट ६ तारीख शनिबार सम्मको रिपोर्ट अनुसार  सार्वजनिक अस्पतालमा ५६ पुरुष र २ महिला गरी जम्मा ५८ जना औलो(मलेरिया) बिरामीहरुको उपचार भइरहेकोछ । लामखुट्टेबाट सर्ने रोगबाट ग्रसित रोगीको संख्या बढ्न थालेपछि अफ्रिकाको गिनीबाट आउनेहरूको परीक्षणमा ध्यान केन्द्रित गर्ने भनिएको छ।

मलेरियाबाट ग्रसित एक जना बिरामी सघन कक्षमा गम्भीर अवस्थामा  छन। अन्य दुई जनाको अवस्था गम्भीर छ। दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ ।

मलेरियाको अवस्थाले ल्याएको गम्भीरतालाई दृष्टिगत गर्दै अधिकारीहरूले पश्चिमी अफ्रिकी देशबाट आउनेहरुलाइ कडाइका साथ चाँच गर्न थालेको बताएकाछ्न। जसमा करिब १२० यात्रुहरू  शुक्रबार आएका  थिए र अन्य ९० जना जति  क्वारेन्टाइन होटेलहरूमा बसेका थिए। ३० जना भन्दा बढीमा मलेरिया पोजिटिभ वा प्रारम्भिक पोजेटिभ देखिएको थियो ।

“हङकङमा, औलो हावा वा श्वासप्रश्वासको माध्यमबाट सर्दैन। यो रोग भेक्टर अर्थात् लामखुट्टेबाट सर्छ। हङकङका सहरी क्षेत्रमा औलो सर्ने लामखुट्टे छैनन्, त्यसैले मलेरिया सर्ने जोखिम समुदाय धेरै कम छ” स्वास्थ्य भिभागकि प्रमुख  “चुआंग शुक क्वानले भनिन।

यद्यपि अस्पताल प्राधिकरण (एचए) का प्रमुख प्रबन्धक लाउ का-हिनले  स्वास्थ्यकर्मीहरू उच्च सतर्कता अपनाएर बसेको बताएका  थिए।

“हामीले हाम्रो लामखुट्टे चेतावनी सूचकांक उच्चतम स्तरमा बढाएका छौं। पुर्व सतर्कता स्वरुप लार्भिसाइडल तेल र अन्य रसायनहरू प्रयोग गरिनेछ । डेंगु ज्वरो जस्ता अन्य लामखुट्टेबाट हुने रोगहरू पनि  भएकाले यस्तो गर्न आवश्यक छ” लाउले भने।

“गर्मीमा, विशेष गरी वर्षाको मौसममा विभिन्न अस्पताल प्राधिकरणसंग संबंधित संस्थाहरूले लामखुट्टे नियन्त्रणलाई सुदृढ गर्ने गरिन्छ ।” उनले थपे।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३२२
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ७२ देखि ९३ वर्ष बीचका  पुरुष परेका थिए। एकजना मृतक नर्सिङ होमबाट परेका थिए । एकजनाले सुइ हानेका थिएनन भने बाकीले पुर्ण खुराक खोप लिएका थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,४६७
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ४ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,४५४
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,८९७

तपाईको प्रतिक्रिया