यसबारेमा भिडियो हेर्न माथि क्लिक गर्नुहोस

क्रान्ति सुब्बा

हङकङका कार्यकारी प्रमुख जोन लीको प्रत्यक्ष निगरानी रहने गरि हङकङ सरकारले २७ जुलाईमा कमाण्ड एण्ड कोअर्डिनेसन ग्रुप (CCG) नामक संयन्त्र शहरमा विकसित महामारीको अवस्थासँग लडन र महामारी विरोधी प्रयासहरूलाई प्रभावकारी रूपमा समन्वय गर्न स्थापना गरेको थियो । महामारीको अवस्थालाई चुस्त दुरुस्त ढंगले शिघ्र संबोधन विभिन्न ब्यूरो र सरकारी विभागहरूले गर्ने कुरालाई  सुनिश्चित गर्न यसको गठन गरिएको हो।

हङकङ कार्यकारी प्रमुख जोन ली बीचमा । अगस्ट ८ तारीखको पत्रकार भेला ।

स्वयं हङकङको कार्यकारी प्रमुख जोन लीको उपस्थितिमा सरकारको यो संयन्त्रको प्रथम प्रेस कन्फेरेन्स यही अगस्ट ८ तारीख  बिहान १०ः३० बजे सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव (मन्त्री) लो चुङ-माओ, इनोभेसन, टेक्नोलोजी एन्ड इन्डस्ट्री सचिव (मन्त्री) क्रिस सुन, पोलिसी इनोभेसन एन्ड कोअर्डिनेसन अफिसका उपनिर्देशक भिन्सेन्ट फङ र डेपुटी गभरमेन्ट चिफ इन्फर्मेसन अफिसर तोङ वङको सहभागीता रहेको थियो ।

कार्यकारी प्रमुख जोन लीले अन्तर्राष्ट्रिय क्षेत्र र ताइवानबाट हङकङ आउने यात्रुहरुको निम्ति अप्डेट गरिएको नयाँ क्वारेन्टाइन अवधि सम्बन्धि नियम यही अगस्ट १२ तारीखबाट लागु हुने घोषणा गरेका थिए । जस अनुसार हाल प्रचलित ७ दिनको होटल क्वारेन्टाइनलाई घटाएर तीन प्लस चार ( ‘३+४’) बनाइने छ । अर्थात संबंधित व्यक्तिले ३ दिन तोकिएको होटेलमा आफ्नो  क्वारेन्टाइन अवधि व्यतीत गर्नुपर्दछ र ४ दिन मेडिकल निगरानीका साथ घरमा या घर नहुनेले अर्को होटेलमा रहनुपर्दछ। क्वारेन्टाइनमा बस्नुपर्ने गैर-संक्रमित आगन्तुकहरूलाई पहेंलो स्वास्थ्य कोड  क्वारेन्टाइन अबधि भरिको लागि दिइनेछ।

यो नयाँ प्रणाली अन्तर्गत  संबंधित यात्रु हङकङ अवतरण भएको दिनलाई `डे जिरो ´मानिनेछ । क्वारेन्टाइन सकिएको समय हङकङ अवतरण भएको चौथो दिनको अपरान्हलाई मानिनेछ । अर्थात क्वारेन्टाइन होटेलमा तीन रात व्यतीत गरेको भोलिपल्ट दिउँसो चेक आउट भएर चार राते होम आइसोलेसनमा जान सकिन्छ ।

उदाहरणको लागि यो नयाँ व्यवस्था लागू हुने दिन शुक्रबार (१२ तारिख) कुनै यात्रु हङकङ आइपुगेको खण्डमा उनी आएको दिनलाई `दिन शुन्य´ (दिन- ०) मानिनेछ। यसको अर्थ हङकङ झरेको दोस्रो दिन देखि क्वारेन्टाइनको दिनको गन्ती हुनेछ । अर्थात शनिबार , आइतबार, सोमबार (१३ देखि १५ तारीख ) सम्मको अवधिलाई  “दिन १ देखि  दिन ३” (आगमनको दोस्रो देखि चौथो दिन) मानिनेछ। अर्को शब्दमा भन्नुपर्दा, यात्रुहरूले होटेल क्वारेन्टाइनको तेस्रो दिन अर्थात सोमबार बिहान  (हङकङ आगमनको चौथो दिन)  क्वारेन्टाइन पुरा गर्नेछन्  र बाँकी रहेको ४ दिन घर गएर मेडिकल सर्भाइलेन्सका साथ घरमा बिताउनु पर्नेछ।

पाँच वटा पिसिआर गर्नुपर्ने

यसबाहेक विदेशबाट हङकङ आएकाहरुले जम्मा पाँच वटा न्युक्लिक एसिड  टेस्ट ( पिसिआर ) गर्नुपर्दछ ।

१.पहिलो चोटि आगमनको दिन विमानस्थलमा परीक्षण गर्नुपर्दछ, २. दोस्रो दिन क्वारेन्टाइन होटलहरूमा, ३.चौथो, ४.छैटौं र ५. नवौं दिन सामुदायिक केन्द्रहरू अथवा  मोबाइल नमूना संकलन स्टेशन अथवा  मान्यता प्राप्त प्रयोगशालामा टेस्ट गराउनु पर्दछ। हङकङ आएको दशौं दिन सम्म दैनिक एन्टिजेन टेस्ट पनि गर्नु पर्दछ।

होटेल बुक र पैसा फिर्ता

अहिलेको नयाँ व्यवस्था अनुसार ७ दिनको लागि पहिला नै होटेल बुक गरिसकिएको अवस्था छ भने यात्रुले कुनै पनि किसिमको परिवर्तन गर्नु पर्दैन । उनीहरुले आफुले बुकिङ गरेकै डकुमेन्ट देखाएर बोर्डिङ प्रक्रियालाई अघि बढाइ जहाज देखि होटेल सम्म  इन्ट्री हुनसक्छन्  भन्ने कुरा  सहायक स्वास्थ्य मन्त्री भिन्सेन्ट फङ्ले बताए ।क्वारेन्टाइन होटलले नयाँ नियम अनुसार स्वतः नसुतेको नाइटको बाकी रहेको रकम रिफन्ड  गरिदिनेछ जसको निम्ति केहि समय लाग्न सक्ने बताइएको छ।
तेस्रो रात बिताएपछी सबै किसिमको टेस्ट समाप्त हुनासाथ यात्रुले यथाशीघ्र होटल छोड्न सक्नेछ फङले भने ।
यदि सरकारले आफ्नो नितिमा परिवर्तन ल्याइ क्वारेन्टाइन अवधि घटाउनु पर्ने स्थिति आएमा यात्रुको बाकी रहेको रकम फिर्ता गर्नु पर्ने सम्झौता हिटेलहरुसंग सरकारको रहेको छ।

होम आइसोलेसनमा रहेकालाइ प्रवेश निषेध


होम क्वारेन्टाइनमा रहेकोे बेला संक्रमित नभएको संबंधित व्यक्तिले आफ्नो घर छोडेर बाहिर तिर जान सक्छन। तर उच्च जोखिम युक्त स्थानहरु जस्तै रेस्टुरेन्ट, पब-बार, फिटनेस सेन्टर, मनोरन्जन स्थल, ब्यूटी पार्लर,क्लब हाउस ,नाइट क्लब,काराओके,स्विमिङ पुल, रेसिडेन्सियल केयर होम (नर्सिङ होम), विद्यालयहरू, मेडिकल सेन्टर लगायत निर्धारित परिसरहरूमा उनीहरुलाई प्रवेश गर्न अनुमति दिइने छैन। मास्क खोलेर बस्नुपर्ने स्थानमा उनीहरुलाई प्रवेश निशेध हुनेछ र उनीहरुले घर बाहिर गएको बेला हरपल मास्क लाउनुपर्नेछ। यदि डेलि परिक्षण नतिजा  नेगेटिभ आएको खण्डमा उनीहरू शपिंग मल, बजार, कार्यस्थल(जागिर )मा प्रवेश गर्न सक्नेछन्  साथै नेगेटिभ रिजल्ट भएकालाई सार्वजनिक यातायात प्रयोग गर्न पनि अनुमति दिइनेछ ।

हेल्थ कोड


यात्रुहरूको स्वास्थ्य अवस्था अनुसार उनीहरुको लिभहोमसेफ एपमा फरक फरक रंगको हेल्थ कोड अपग्रेड गरिनेछ । सामान्यतया संक्रमित नभएकाहरुलाई पहेँलो हेल्थ कोड दिइनेछ ।
हङकङ आगमनपछि पोजिटिभ पुष्टि भएका र घरमै आइसोलेसनमा बसेका संक्रमितलाई रेड कोड दिइनेछ र उनीहरु नेगेटिभ पुष्टि नभैन्जेल क्वारेन्टाइन एरियामा बस्नुपर्छ ।
हङकङ आइसकेपछि हुने नियमित पिसिआर टेस्टबाट पोजिटिभ पुष्टि भएकाहरूको हेल्थ कोड आफसेआफ  रातो (रेड हेल्थ कोड) भएर जानेछ । यदि कसैको हेल्थ कोड रातो भएमा आफुलाइ कोभिड रोग लाग्यो भन्ने बुझेर निजले आफुलाइ अलग्गै राख्नु पर्दछ।

यदि होटल क्वारेन्टाइन र होम आइसोलेसनको सम्पूर्ण अवधि भर यात्रुहरुको परिक्षण नतिजा नेगेटिभ नै रहेमा उनीहरुको हेल्थ कोड स्वतः परिवर्तन भएर निलो रंगको हुनेछ । अर्थात रातो र पहेँलो कोड प्राप्त सबैको हेल्थ कोड सम्पुर्ण क्वारेन्टाइन अबधि खलास भएपछि निलो रंगमा रुपान्तरण हुनेछ। त्यसपछि उनीहरु पुनः  खुल्लेआम सबै जग्गामा घुमफिर गर्न सक्नेछन् यदि उनीहरुसंग भ्याक्सिन पास छ भने।

क्वारेन्टाइन अवधि घटाउनुको अर्थ हङकङले महामारी नियन्त्रण नितिलाई परित्याग गरेको होइन भन्दै इन्फेक्सन रिस्कलाइ नियन्त्रण गर्दै हङकङको प्रतिस्पर्धात्मक चरीत्रलाई कायम राख्न र आर्थिक गतिविधिलाई बढाउन यस्तो गरिएको कार्यकारी प्रमुख जोन लीले भने ।
हङकङ जेनेरल च्याम्बर्स अफ कमर्सले हङकङ सरकारको यो कदमलाई खुलेर स्वागत गरेकोछ। उचित समयको अनुकूलतामा सरकारले क्वारेन्टाइन फ्री ट्राभल निति लागु गर्ने कुरामा च्याम्बरले आशा व्यक्त गरेको थियो ।
क्याथे प्यासिफिकले पनि सरकारी कदमको स्वागत गर्दै हङकङले आर्जेको अन्तर्राष्ट्रिय वायुयान वहन सम्बन्धिको मर्यादालाई बचाउन यथाशीघ्र एयर क्रीउ र यात्रु माथी लादिएको कोभिड नियम हटाउने स्पष्ट रोड म्याप ल्याउनुपर्ने कुरा विज्ञप्ति मार्फत जारी गरेको छ।

हङकङमा आयातित केसको संख्या स्थिर रहेको र हङकङले अन्य देशहरुसंगको दोहोरो सम्बन्धलाई सजिव तुल्याउनु पर्ने स्थिति आएकाले क्वारेन्टाइन अवधिलाई घटाउनु परेको  स्वास्थ्य सचिव (मन्त्री) लो चुङ-माओले बताए । क्वारेन्टाइनमा बसेका व्यक्तिहरूले उनीहरूको न्यूक्लिक एसिड परीक्षण नेगेटिभ आएमा  बिहान ९ बजे क्वारेन्टाइन होटेल छोडन सक्नेछन र होटेल छोडेपछि उनीहरुलाई पहेंलो स्वास्थ्य कोड प्रदान गरिनेछ।

घरमा क्वारेन्टाइन बसेका व्यक्तिले हङकङ  आइपुगेको ७ औं दिन बिहान ९ बजे होम क्वारेन्टाइन तोड्न सक्नेछन् । तर एन्टिजेन टेस्ट भने दैनिक १० औं दिन सम्म जारि राख्नु पर्नेछ ।

स्रोतले जनाए अनुसार मेनल्याण्ड चाइनाबाट आउने आगन्तुकको हकमा पनि ७ दिने क्वारेन्टाइनको सट्टा यहि ३ प्लस ४ को क्वारेन्टाइन मापदण्ड लागू गर्ने भएको छ।


अगस्ट ८ तारीख सोमबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,०४०
.स्थानीय केस संख्या : ३,८०७
.पिसिआरबाट पुष्टि केस संख्या : १,४२८
.एन्टिजेनबाट पुष्टि केस : २,३७९
.आयातित केस संख्या : २३३ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०३ जना
.आयातित केसमा  युकेबाट ४५ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २४ जना , इन्डियाबाट १८ जना,सिंगापुरबाट १४ जना, क्यानाडाबाट १२ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ९८
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३२

. ८ वटा  नर्सिङ होम र ३ वटा अपांग आश्रमबाट १३ वटा केस आएका थिए जसमा ६ जना वासिन्दा र ७ जना कर्मचारी परेका  थिए ।
.४०२ वटा स्कुलबाट ६९२ वटा केस आएका थिए जसमा ५४१ जना विद्यार्थी र १५१ जना शिक्षक परेका थिए । १२६ वटा केस सोमबार बिहान पुष्टि भएका हुन।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३३४
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ७ जना । मृत्यु हुनेमा ६६ देखि ८८ वर्ष बीचका ४ पुरुष र ३ जना महिला परेका थिए। तीन जनाले सुइको तीन मात्रा प्राप्त गरेका थिए र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,५२८
.क्रीटिकल अवस्थामा रहेकोे नयाँ  बिरामीको संख्या : ४
.सिरियस अवस्थामा रहेका नयाँ  बिरामीको संख्या : २
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या  २४ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २२
.आइसियुमा रहेकोे बिरामीको संख्या : ७
.गत २४ घन्टामा निको भएका बिमारी : १३६
.डिस्चार्ज भएका बिमारी :१२१
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : १२ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,५२६
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,९३३

.एक जना २० महिनाको नावालिका गत शुक्रबार एन्टिजेन परिक्षणबाट पोजिटिभ पुष्टि भएकी थिइन । आइतबार उनको अवस्था गम्भीर भएपछि उनलाई युनाइटेड क्रिस्चियन अस्पतालमा भर्ना गरिएको थियो । उनको स्थितिमा सुधार आएपछि उनको अवस्था अहिले खतरा मुक्त छ।

.क्यारिटास मेडिकल सेन्टरका चिफ एक्जेकेटिव डाक्टर नेल्सन वात मिङ सुन पनि पोजेटिभ भएका छ्न।


अगस्ट ७ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,२७४
.स्थानीय केस संख्या : ४,०३५
.पिसिआरबाट पुष्टि केस संख्या : १,४१०
.एन्टिजेनबाट पुष्टि केस : २,६२५
.आयातित केस संख्या : २३९ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०९ जना
.आयातित केसमा  युकेबाट २२ जना , अमेरिकाबाट १७ जना ,  फिलिपिन्सबाट २४ जना , इन्डियाबाट ३५ जना,सिंगापुरबाट १४ जना, थाइल्यान्डबाट १३ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : १००
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३०
.आयातित मलेरिया केस: ७५

.कुल संक्रमित संख्या : १,३८९,२८२(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५४७ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२४२,६३०

. एउटा नर्सिङ होमका एकजना  वासिन्दा  संक्रमित भएका थिए भने २ वटा अपांग आश्रमका ३ जना वासिन्दा संक्रमित भएका थिए ।

.चुङ क्वान ओ स्थित एउटा किन्डगार्टन स्कुलबाट २ जना विद्यार्थी र १ जना शिक्षक संक्रमित भएका थिए ति स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३२७
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५ जना । मृत्यु हुनेमा ६५ देखि ९४ वर्ष बीचका २ पुरुष र ३ जना महिला परेका थिए। एकजना मृतक नर्सिङ होमबाट परेका थिए । एकजनाले मात्र सुइको पुर्ण मात्रा प्राप्त गरेका थिए र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,४८५
.क्रीटिकल अवस्थामा रहेकोे नयाँ  बिरामीको संख्या : ४
.सिरियस अवस्थामा रहेका नयाँ  बिरामीको संख्या : ५
.आइसियुमा रहेका बिरामीको संख्या : ८
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या  २५ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २०
.आइसियुमा रहेकोे बिरामीको संख्या : ७
.गत २४ घन्टामा निको भएका बिमारी : १३८
.डिस्चार्ज भएका बिमारी :११४
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : १ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,५२६
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,९३३

तपाईको प्रतिक्रिया