न्युयोर्क ।अमेरिकाको स्टाइल आइकनका प्रतियोगि न्युजर्सी निवासी विशाल कार्की यति खेर क्वार्टरफाइनलमा पुगेका छन् । एल्टन जोन एड्स फाउन्डेसनद्वारा आयोजित यस प्रतियोगिताको यो सेग्मेन्टको अनलाइन भोटिङ१७ नोभेम्बरबाट शुरु भएको हो र २७ नोभेम्बर सम्म भोटिङ खुला रहनेछ ।
अन्लाईन भोटिङ मार्फत बिजेता घोषणा गरिने यस प्रतियोगितामा प्रतियोगी बिशाल कार्कीलाई जिताउन र भोट गर्नका लागि न्युयोर्कमा लामो समयदेखि समाज सेवामा कृयाशिल व्यक्तित्व समाजसेवी केशब राम राईको अगुवाइमा क्विन्स स्थित 76 स्ट्रीट ज्याक्सन हाइटमा अबस्थित किरात चोकमा हालै पत्रकार सम्मेलन पनि गरिएको छ । नेपाली मुलका कार्कीलाई जिताउने अभियान स्वरुप आयोजना गरिएको उक्त सम्मेलनमा पुर्व डिआइजी पार्बती थापा, समाजसेवी श्याम श्रेष्ठ , बुद्धिजीवी पूर्ण लामा तथा मिडियाकर्मी सम्राट कार्की लगायत कलाकार, पत्रकार तथा स्थानीयबासीहरुको उल्लेखनीय सहभागी रहेको थियो।
गायक संगीतकार अभय ढुंगेलले संचालन गर्नु भएको उक्त कार्यक्रममा अतिथिगणबाट प्रतियोगी बिशाल कार्कीलाई शुभकामना , आशिर्बाद दिदै भोट गर्ने तरिका र भोटको आग्रह पनि गरिएको थियो। वरिष्ठ लोक तथा दोहोरी गायक बिरही कार्कीका सुपुत्र रहेका बिशाल कार्कीको यो जीत सिंगो नेपाली समुदायको हुने र पर्यटन क्षेत्र , बुद्धको देश , संसारकै मठ मन्दिर संस्कृतिको देशको अझ प्रचार हुने कार्कीले बताए ।
?
संयोजक केशव राम राईले प्रतियोगी बिशाल कार्कीलाई धेरै भन्दा धेरै भोट दिएर जिताउन उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक अनुरोध गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
यस प्रतियोगिताका विजेताले फ्लाउन्ट म्यागजिनमा फुल कभरेज प्राप्त गर्नेछ र विभिन्न फेसन शोहरूमा भाग लिने अवसर सहित अमेरिकी डलर $२०,००० (नेपाली सरदर २८ लाख रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछ। फ्लाउन्ट म्यागजिन अमेरिकाको लस एन्जलस स्थित एक प्रसिद्ध फेसन पत्रीका हो।

न्यु जर्सीको मोन्टक्लेयर स्टेट युनिभर्सिटीमा बिजनेसमा मेजरिङ गरिरहेका कार्कीले VIE एजेन्सीको प्रतिनिधित्व गर्ने कलाकार र मोडेलको रूपमा काम गर्दै आएका छन्।
Help Bishal Karki advance to the semi-finals! He needs your free daily vote now. ➡️ CLICK HERE TO VOTE





