क्रान्ति सुब्बा

हङकङको वेधशालाले अगस्ट २३ मंगलबार राति ९ बजेर १० मिनेट जादा टाइफुनको  स्ट्यान्डबाइ सिग्नल नम्बर १  जारी गरेको थियो ।

हङकङ बेधशालाले १ नम्बर टाइफुन जारी गरेको बेला यो टाइफुन हङकङदेखि करिब ८०० किलोमिटर भित्रको दुरि तिर केन्द्रित थियो ।

अगस्ट २३ तारीख राति ९ बजे मा-ओन नामको यो समुद्री आँधी हङकङदेखि  लगभग ७७० किलोमिटर पूर्व-दक्षिणपूर्व (१८.५ डिग्री उत्तर १२०.४ डिग्री पूर्वको नजिक) आइपुगेको अनुमान गरिएको थियो र लगभग २२ किलोमिटर प्रति घण्टाको स्पिडमा यो उत्तरपश्चिम वा पश्चिम-उत्तरपश्चिम तर्फ हुइकिने पूर्वानुमान गरिएको थियो । जुन दिशा भनेको दक्षिण चीन सागरको उत्तरपूर्वी भाग हो अर्थात  पश्चिमी ग्वाङ्डोङको समुद्री  तट ।

मा-ओन आँधीको उतारचढावका कारण २४ तारीख बुधबार हङकङमा धेरै गर्मी हुनेछ भनिएकोछ ।
पछिल्ला केही घण्टाको अन्तरालमा मा-ओन तुफान पर्ल नदिको मुख तिर सोझिएर अघि बढी रहेकोे थियो । अब्जरभेटरीले आज दिउँसोको १२:४० बजे  टाइफुन नम्बर ३ जारी गरेको थियो । यसको अर्थ प्रति घन्टा हावाको बेग ४१ देखि ६२ किलोमीटर हुने अपेक्षा गरिएको छ।

मा-ओनसँग सम्बन्धित बाहिरी जलमेघ (रेनब्यान्ड) ले आजको दिनको पछिल्लो प्रहरमा हङकङमा मुसलधारे वर्षा र मेघगर्जन ल्याउनेछ र स्थानीय हावाको वेग आज राती तीव्र रूपमा मजबुत हुदै जानेछ । अब्जर्भेटरीले बुधबार बेलुका ७:२५ बजे ८ नम्बरको टाइफुन सिग्नल जारी गरेको छ । र यो आँधी भोलि बिहीबार बिहान ६ बजे सम्म जारी रहनेछ । हावाको गति प्रति घन्टा ६३ किलोमीटर वा सो भन्दा बढी हुने अपेक्षा गरिएको छ। आँधीले आज राती समुद्रमा पनि भयंकर ठुल्ठुला छाल उठाउनेछ। सर्वसाधारणलाई समुद्री किनारबाट टाढा रहन र वाटर स्पोर्ट्समा संलग्न नहुन सल्लाह दिइएको छ।

आज बिहानको पूर्वानुमान ट्रयाक अनुसार मा-ओन  भोलि बिहान हङकङको सबैभन्दा नजिक आइपुग्ने अपेक्षा गरिएको छ र हङकङ भन्दा केवल  लगभग २०० किलोमिटर (१२० माइल ) दक्षिण-दक्षिणपश्चिम एरियामा मडारिनेछ जसले हङकङ रहेको भुखण्डलाई खतरापूर्ण स्थितिमा पुर्याउनेछ। हावाहुरी र खगोलीय उच्च ज्वारभाटाको प्रभावमा भोलि बिहान तल्लो भूभागमा बाढी आउन सक्छ वा समुद्री पानीको ब्याकफ्लो हुन सक्छ। हङकङ  अब्जरभेटरीले जारी गरेको पछिल्लो जानकारीलाई ध्यानमा राख्ने साथै  उच्च हावा र बाढी विरूद्ध अपनाइने सावधानीका उपायहरू यथाशीघ्र पूरा गर्न अनुरोध सर्वसाधारणलाई गरिएको छ।

आज अगस्ट २४ तारीख या भोलि सम्ममा मा-ओन आँधी पश्चिमी ग्वाङ्डोङको समुद्र तट तर्फ सर्नेछ र यस विस्तारै आफ्नो पौरखलाई बढाउनेछ।

बुधबार र बिहीबार हङकङभर मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। मौसम हावाहुरीपुर्ण हुनेछ । समुद्री छालहरु   उच्च हुनेछन। मा-ओन आँधीको पतन कति  तीव्रतासाथ हुन्छ  अझै अनिश्चित छ तर  भोलि बिहीबार हङकङबाट यो क्रमशः टाढिदै जानेछ । समुद्री आँधीको तेज मत्थर हुदै गएपछि यो हप्ताको अन्ततिर नत्र भने अर्को हप्ताको शुरुआतमा ग्वाङ्डोङ इलाकाको किनार तिरको मौसम पनि सामान्य हुने बताइएको छ।

यसैबीच, समुद्री विभागले हङकङ पाइलट एसोसिएसन लिमिटेडबाट आँधीका कारण आज दिउँसोबाट पाइलट सेवा बन्द हुने सूचना प्राप्त गरेको छ। जहाज मालिकहरू, एजेन्टहरू, मालिकहरू र अन्य पोर्ट प्रयोगकर्ताहरूलाई ध्यान दिन सल्लाह दिइएकोछ। साथै, सिभिल इन्जिनियरिङ  एन्ड डिभलपमेन्ट डिपार्टमेन्टले आज घोषणा गरेको छ कि हङकङ अब्जर्भेटरीले सिग्नल नम्बर ३ जारी गरेको हुनाले चाइ वान पब्लिक फिल बर्जिङ प्वाइन्ट अर्को सूचना नभएसम्मको लागि बिहान ८:३०  बजे बन्द गरिएको छ।

यो समुद्री तुफान फिलिपिन्सको उत्तर खण्डको पहाडहरुसंग ठोक्किएपछि केहि कमजोर भएको हो। फिलिपिन्समा हावाको वेगले रुख ढल्दा कम्तीमा तीन जना मानिस घाइते भएका थिए । क्यापिटल सिटि मनिलामा सबै स्कुल र सरकारी कार्यलय निलम्बित भएका थिए ।

टाइफुन मा ओनको उत्पत्ति

पश्चिमी प्रशान्त सागरमा जन्मिएको चार वटा समुद्री आँधी (ट्रपिकल साइक्लोन) लाई जनाउनको निम्ति यो मा ओन शब्दको प्रयोग भएकोछ। यो नाम हङकङले दिएको हो। र हङकङको न्युटेरिटोरिजमा रहेको एउटा पहाडको नाम हो मा ओन ।

१.टाइफुन मा ओन (२००४) , फिलिपिन्समा यसलाई रोलि भनिन्छ ।पहिलो चोटि आउँदा यसले एक सुपर टाइफुनको रुप लिएको थियो जसको पतन इजु प्रायद्वीप, होन्शु, जापानमा भएको थियो जतिबेला त्यहाँ ६ जनाको मृत्यु भएको थियो ।

२. टाइफुन मा-ओन (२०११) जसलाई फिलिपिन्समा टाइफुन इनेङ भनिन्छ जसको बिसर्जन पनि जापानमा भएको थियो ।

३. ट्रपिकल स्टर्म मा-ओन (२०१६)

४. गम्भीर समुद्री आँधी मा-ओन ( २०२२) जसलाई फ्लोरिटा पनि भनिएको छ ।– हाल सक्रिय, प्रभावित उत्तरी लुजोन, फिलिपिन्स।

बुधबार बेलुकी ९ बजे

ताइफुन मा ओन हङकङदेखि २६० किलोमीटर दक्षिण-दक्षिणपुर्वमा केन्द्रित थियो । यो आँधी बिस्तारै प्रती घन्टा २८ किलोमिटरको दरले पश्चिम-उत्तरपश्चिम हुदै पश्चिमी ग्वाङ्डोङ किनार तिर लाग्नेछ।


तपाईको प्रतिक्रिया