८ जनवरी २०२१ । क्रान्ति सुब्बा ।

चाइनाको बिदेश मन्त्रालयले अमेरिकाको क्यापिटल हिलमा भएको दंगालाई हङकङको आन्दोलनकारीले हङकङको विधायिकी परिषदको भवन कब्जा गर्न  सन २०१९ मा गरेको अराजक क्रियाकलाप संग तुलना गरेकोछ।

बिहिवार भएको दैनिक पत्रकार भेटमा परराष्ट्र मन्त्रालयको प्रवक्ता हुवा चुनयिङले भनिन – “उग्रवादी आन्दोलनकारिले हिंसात्मक तवरले हङकङको संसद भवनमाथी आक्रमण गर्दा हङकङ प्रहरीले पेशागत मर्यादालाई उच्च राखी पुर्ण संयमताका साथ भिडलाई व्यवस्थापन गरेकोले एकजना आन्दोलनकारीको पनि मृत्यु भएको थिएन ।अमेरिका मा भएको घटना त्यति गम्भीर थिएन तर पनि केहिले ज्यान गुमाउनु परयो।”

अमेरिकाको मुलधारका संचारले क्यापिटल हिलमा भएको घटनालाई हिंसा र दंगा भनेर संबोधन गर्ने र हङकङको आन्दोलनकारीलाई चाहिँ प्रजातान्त्रिक हिरो भन्नुले अमेरिकाको दोहोरो मापदण्ड र आडम्बरी चरीत्रको खिल्ली उडाउने कार्य चीनिया सामाजिक संजाल तथा मिडियामा भैरहेकोछ ।

“सभामुख न्यान्सी पोलिसीले हङकङको प्रदर्शनीलाई “हेर्न लायकको सुन्दर दृश्य ” तिमीहरुको साथमा हामी छौं” जस्ता उदगार प्रयोग गरेकी थिइन। अब अमेरिकाको क्यापिटल हिलमा भएको घटनालाई पनि उनले त्यसै भन्छिन कि भन्दिनन हेर्न बाकी छ।” चाइनिज ट्याबलोइड ग्लोबल टाइम्सले लेखेकोछ।

चाइनिज सोसल मिडिया प्लेटफर्म वेबोमा एउटा कमेन्ट यस्तो छ- ” अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शान्तिपूर्ण प्रदर्शनी अमेरिकी नागरिकको अधिकार हो तर क्यापिटल हिलमा जे भयो त्यो सह्य छैन भने तर हङकङको संसद भवनमा तोडफोड हुदा चाहिँ उनले किन त्यसो भनेनन् ।”

चीनिया प्राज्ञ जमातले पनि एउटै प्रकृतिको दुइटा घटनाप्रति अमेरिकाको समान नजर नहुनुलाई वैचारिक विभेद भनेकाछन।

अमेरिकी मामिलाका विज्ञ लु सियाङले भने -“अमेरिकाको दोहोरो मापदण्डले अन्तमा आफैलाई हानी गर्छ। अर्को ठाउँमा भएको हिंसालाई चाहिँ सुन्दर भन्ने प्रवृतिले आफ्नै जनतालाई भड्काउने काम गर्दछ।”

प्रोफेसर वाङ्यीवेको यस विषयमा यस्तो छ भनाइ -” यो केवल दोहोरो मापदण्ड मात्र होइन , अमेरिका वैचारिक न्यायाधीशको रूपमा समेत प्रस्तुत भएकोछ प्रजातन्त्रको व्याख्या गर्दै ।”

” आखिर अमेरिकामा किन यस्तो भयो? मेरो विचारमा अमेरिकी समाजमा गहिरो बिभाजन छ, डेमोक्रेटिक र रिपब्लिकनबिच, धनी र गरिब बीच , भुमण्डलिकरणबाट फाइदा लिने र यसबाट दुख भोग्ने बीच त्यसैले यस्तो भएको हो।”

तपाईको प्रतिक्रिया