नागार्जुन ६ टौखेल , काठमाडौँका रैथाने बासिन्दा हुनुहुन्छ चाचु । उहाँ कविहरुको जमातमा निकै कम भेटिनुहुन्छ । तर कविता लेख्नु उहाँको सौख हो । हालै उहाँको नीलकाँडा झाङ कविताकृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता ।

तरल सम्बन्ध
उनले रगत पसिना गरी
अलिकति आफ्नो माया
मेरो मनको खातामा जम्मा गरेकी थिई
ब्याजको आशामा

तर-

मैले लगानी गर्नुको साटो
अलि अलि गर्दै
उनको चल अचल सम्पत्ति
साथीभाईलाई सापटी साईली माईलीको भट्टीमा

उदारो-
चिया ,चुरोट, जग्गामा मन्दी
त्यसपछि उनले आफ्नो वचत माग्दै गईन्
मैले ,भोलि पर्सि भनी टारी रहेँ
अति भएपछि उनी खालि खुट्टा पैदल हिँडेर
माईती घर मण्डलामा
आफ्नो फरियाको फेर फैलाई
न्याय माग्दै……
उता
म भने संसदको शुन्य समयमा नारा लगाउछु
मिटर ब्याज मुर्दावाद ……।

किताबका डोबहरु
अनायास आज झिसमिसेमा
म मेरो आफ्नो home library  को
तीन घुम्ती झै तीन ओटा खण्ड भएको
ऱ्याकलाई हेरेर ब्लुज भएको छु

एक टकले हेदा हेर्दै
आँखामा कचेरा जमेछ
नजाने ति पुस्तकहरु
रात बेरात , मध्य रात
Rumi ले छाडे जसरी गए बेठेगान
यही ऱ्याकले
चेपिएर सिद्धार्थको
हत्या भएको थियो…..
रिकुटेले यस ऱ्याकमा भएका
बरी मिसरी
cleopatra, लोलितालाई
पालै पालो बलत्कार गरेको थियो
आज रमिता छ
पुस्तकको पात्रले यस ऱ्याकमा
आत्महत्या गर्यो
siddharth ले
घर छोडे जस्तो छ
अहिले मेरो दराज
the Good Earth मा भोकमरी चल्दा
मेरै ऱ्याकमा भएका
पुस्तकको पानाहरुले आगो सल्काएर
भोक , प्यास बुझाए Animal Farm जस्तै

मेरो किताब लगेपछि
साथीभाई परिवर्तन भए
पागल वस्ती बार बार
पढ्ने माहोल आदी पढ्दा पढ्दै
कसैले-

मागेर लगि दियो त्यो अच्कल्टोपन
प्रिय , सुफी पढ्दा झरेका आँशुले
ऱ्याक ओसिलो

नरेन्द्र दाई
गैर जिम्मेवार भएर काशी , बनारस
ऱ्याकमा भएका
पुस्तकको बिच पानातीर सुकेको क्यामेलिया
फूलको गन्ध
मेरी आमाले आत्महत्या गरेको देश
कविताले रक्तिम भएको छ
मेरो खैरो ऱ्याक
रातो न रातो रगतको छिटा
पहेँलो गुलाफको झुसिल किराले
धुजा धुजा बनाएको छ
मेरो किताबहरुलाई
अन्तर मनको यात्रा जस्तरी आफुले आफ्लाई
आत्म समीक्षा
3 Mistake In mY life जस्तै
कसैले किताब माग्दा
नाई भन्न नसक्नु यस्सै दिनु
पुस्तकमा धुलो जम्नु
वास्तबमा मेरो ऱ्याकभरी
ABC  का पर्यटकले पढेर फ्याकिएका
किताब थिए
अब म अनुराधा जस्ती विक्षिप्त भएको छु
मसँग बाँकी
किताबहरुले छोडेर गएका डोबहरु मात्र छन्
जसलाई म
छातिमा राखेर मलम पट्टी गर्दै छु ।

 जिवित डायरीको अन्त्य
म-

उनको बारे उसलाई जे पनि
इत्रो इत्रो कुरा भन्थे
उनको विगत र वर्तमान
उनी-

मेरी हुन नसकेकी एक तर्फी मायालु
उनको कुरा ऊसँग हुदा
हँसाई , रुवाई , छुवाईका
उनको मात्र होइन
देश , विदेश , समाजमा
घटेका घट्नाको
जानेर नजानेर कुरा हुन्थ्यो हाम्रो
संयोगवस
मेरै घरमा
उनको र उसको भेट भयो
परिचय गराए
मैले नै ऊ मेरो
अर्थात् तिम्लाई भन्न नसकेको -जिवित डायरी
अनि त
मेरो उपस्थिति नै परेन उनीहरु बिच
Hi, Hellow हुदै गयो
उनी –

अरुसँग छिल्लीएको मलाई फिटिक्क पटक्कै मन पर्दैन
jealous हुन्छ यार
अब –
उनको बारेमा मैले कसैलाई पनि केहि भनीन
आइन्दा उप्रान्त केही भन्दिन
मेरो कमजोरी म कसैलाई
जसलाई  नितान्त जथाभावि भए भरको
मनको कुरा share  गरी दिन्छु
यस्तो उस्तो भनी
त्यसपछि-
ति व्यक्तिहरू मबाट टाढीन्छन्
आजकाल लुकिछुपी एउटा डायरी
सिरानमुनी लुकाएर उनको  Nature को बारे लेखीरहेछु ।

तपाईको प्रतिक्रिया