काठमाण्डौ । सुगम संगीतका परिचित गायक रुपकुमार राईको नयाँ गीत ‘म बाँच्नुको के अर्थ’ ? आज सार्वजनिक भएको छ । गायक रुपकुमार राईको अफिसियल युट्युव च्यानल रुपकुमार राईबाट सार्वजनिक गरिएको हो ।
‘म बाँच्नुको के अर्थ तिमि नहुदा, म हाँस्नुको के अर्थ तिमीले रुदा’ एउटा प्रेमीले प्रेमिकाको सम्झना र समर्पण भाव यस गीत रहेको छ ।
सेसुका राई र दिक्पाल कार्की फिचर्ड गरिएको यो गीत ‘ठूली’ चन्द्रकला राईले लेखेकी हुन । गीतको भावलाई म्यूजिक भिडियोमा निक्कै मिहिन ढंगले उतारिएको छ । यस भिडियोका निर्देशन विरबहादुर राई युवराज ले गरेका हुन । यसको छायाँङ्कन दीर्घ गुरुङले गरेका छन् । राजु कार्कीले एरेन्ज गरेको यो गीत किङ स्टुडियोमा रेकर्ड भएको हो ।
गायक राईको दर्जनौ लोकआधुनिक तथा क्रान्त्रिकारी गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् ।

तपाईको प्रतिक्रिया