क्रान्ति सुब्बा

सबै किसिमको क्वारेन्टाइन हटाउने निधो नभएको स्थिति

कार्यकारी परिषदका सदस्य डा को विङ-मानलाई अक्टोबर ९ तारीख एक पुरस्कार समारोहमा उपस्थित भएको अवसरमा मिडियाले समसामयिक विषयमा  केही प्रश्न तेर्याएको थियो । जस्तै हङकङमा केहि समय अघि  हाल कायम जिरो प्लस तीनको होम क्वारेन्टाइनलाई खारेज गरि जिरो प्लस जिरोको मापदण्ड यथाशीघ्र लागु गर्नु पर्छ भन्ने पक्षमा सरकारी विज्ञहरू बोलिरहेका थिए । साथै  सम्पूर्ण क्वारेन्टाइन खारेज गर्ने र सट्टामा न्यूक्लिक एसिड परीक्षण (पिसिआर) लाई यथावत राख्ने  र “तीन दिनको अवधिमा दुई पटक पिसिआर गर्नुपर्छ भन्ने कुरामा साझा सहमति समेत भएको समाचार बजारमा आएको थियो । यिनै विषयमा राखिएको जिज्ञासाबारे उनले  सरकार पनि यथाशीघ्र यो शून्य जोड शुन्य (“०+०”) को मापदण्डलाई  कार्यान्वयन गर्न आतुर रहेको बताए । तर उनले अर्को कदम उठाउन पुर्व हाल कायम ०+३ को मापदण्डले  स्थानीय महामारीलाई नियन्त्रण गरेको सुनिश्चित भएको देखिनु पर्दछ तब मात्र स्थितिलाई थप खुकुलो पार्न सकिने कुरामा उनले जोड दिए।

डाक्टर को विङ मान

केही नागरिकहरूले “०+०” मापदण्ड लागु भएपछि  न्यूक्लिक एसिड परीक्षण (पिसिआर टेस्ट) गर्ने सिस्टम पनि हटछ भनेर बुझेका छ्न  जुन बुझाइ गलत हो भनेर उनले स्पष्टीकरण दिए । यसबारेमा उनले विशेषज्ञहरूसँग पनि  सोधपुछ गरेका थिए । न्यूक्लिक एसिड परीक्षणलाई कायम राख्न आवश्यक भएको निष्कर्षमा विशेषज्ञहरु पुगेका थिए । यसो गर्दा विदेशबाट आउने नागरिकलाई उच्च जोखिमयुक्त गतिविधिहरूमा संलग्न नहुन सचेत गराउदछ साथै आयातित भेरिएन्टहरूलाई पत्ता लाउन मद्दत गर्दछ।

“०+३” र “०+०” मापदण्डहरू बीचमा त्यस्तो उल्लेख्य भिन्नता नभएको तथ्यलाई औल्याउँदै उनले “०+३” प्रणाली लागु भएपछि समुदायमा व्यक्तिगत केसहरूको संख्या हल्का बढेको बताए । यसबारेमा सरकारले सावधानी अपनाउनु पर्नेमा उनले जोड दिए।

सरकारले ओमिक्रोन भेरिएन्ट भाइरस स्ट्रेन बिए.४ वा बिए.५ को लागि बनाइएको सेकेन्ड जेनेरेसन भ्याक्सिन अर्थात  बाइभ्यालेन्ट बुस्टर भ्याक्सिन  स्वीकृतिको लागि कहिले आवेदन प्राप्त गर्छ भन्ने सवालमा डा. कोले यसबारेमा सरकारी विज्ञहरूको फरक मत रहेको जानकारी दिए । केही विज्ञहरूले खोप खरिद पुर्व चाडो भन्दा चाडो  खोपबारे उपलब्ध अन्तर्राष्ट्रिय तथा आधिकारिक रिपोर्टहरु समीक्षा गर्न सरकारलाई  आग्रह गरेको बताए ।

त्यसो त केही विज्ञहरूले यो नयाँ खोप उति प्रभावकारी नभएको टिप्पणी पनि गरेका छ्न । डा. कोले पनि  ओमिक्रोन भेरिएन्टसंग रोग प्रतिरोधात्मक क्षमतालाई झुक्याएर उम्कने सक्ने खुबी भएको बताए । हालैमा  “रेड र एम्बर कोडहरू” खारेज गर्नु पर्छ भन्ने आवाजहरू पनि आएका थिए । तर डा. कोका अनुसार  स्वास्थ्य कोड प्रणालीलाई  तत्काल हटाउन उचित हुन्न।


बिए.५ लाई अर्को नयाँ भेरिएन्टले विस्थापित गर्ने

१० अक्टोबर २०२२ – (हङकङ) हङकङले जाडो नजिकिँदै गर्दा कोभिड-१९ र इन्फ्लुएन्जाको दोहोरो महामारीको सामना गरिरहेको छ। साथै ओमिक्रोनको नयाँ भेरिएन्ट बिए.२.७५  समुदायमा फैलिन सक्ने  अपेक्षा गरिएको छ।

क्लिनिकल इभेन्टस एसेस्मेन्ट एकस्पर्ट कमिटीका  सह-संयोजक डा इभान हुङले अक्टोबर १० तारीख एक  रेडियो कार्यक्रममा ओमिक्रोन बिए.२.७५  भेरिएन्ट भाइरस अत्यधिक संक्रामक भएको बताएका छ्न। यति सम्म कि यसले हाल मुलधारमा रहेको  बिए.४ वा ५ लाई समेत विस्थापित गराएर आफू  मूलधारको भाइरस बन्न सक्ने अनुमान उनले गरेका छ्न। यो नयाँ भेरिएन्टले दिने ताड्ना बिए.५ जतिकै रहेकोे बताइएको छ। यसका लक्षणहरु पनि मुलतः हल्का र एसिम्प्टोमेटिक नै हुन्छ। यद्यपि धेरै प्रमाणका आधारमा भन्ने हो भने  बिए.५.७५ को इम्युन इस्केप एबिलिटि अर्थात मानिसको  प्रतिरक्षा प्रणालीको पन्जाबाट उम्कने ल्याकत  बिए.५ को भन्दा बढी देखिएकोछ। उनले अगाडि भने  हङकङको खोप दर उच्च छ, त्यसैले यहाँको हर्ड इम्युनिटी अर्थात साझा रोग प्रतिरोधी क्षमता बलियो छ, र अधिकांश जनसंख्या संक्रमित भैसकेकाले प्राकृतिक रूपमा रोग थेग्ने क्षमता बनिसकेको छ। त्यसैले पर्याप्त सुरक्षा बल संचित भैसकेको छ र अबको मुख्य प्राथमिकता रोगको अवस्था
लाई गम्भीर हुन नदिनु र  मृत्यु दर रोक्नु मात्र  हो।

उनको विचारमा बिए.४ वा बिए.५ बाइभ्यालेन्ट भ्याक्सिन बूस्टरलाई बजारमा ल्याउनु राम्रो हो। प्रारम्भिक तथ्याङ्कले देखाए अनुसार  बाइभ्यालेन्ट भ्याक्सिनले भेरिएन्ट भाइरसमाथि राम्रो प्रभाव पारेको छ । इन्फ्लुएन्जा खोप जस्तै भाइरसका स्ट्रेनहरूलाई  पूर्ण रूपमा निस्तेज पार्न यो खोप सक्षम नभए पनि यो बाइभ्यालेन्ट खोपले उत्पादन गर्ने सुरक्षा कवच पहिलो पुस्ताको भ्याक्सिन  भन्दा बलियो हुन्छ।

तर, सरकारका विशेषज्ञ सल्लाहकार र हङकङ युनिभर्सिटीका बालरोग शास्त्रका अध्यक्ष प्रोफेसर लाउ यु–लङले भने सरकारले सम्बन्धित खोप खरिद गर्नु भनेको स्रोत साधनको बर्बादी र अहिलेको अवस्थामा  अनुपयुक्त कदम हो भनेका छ्न। उनले खोपबाट उत्पादित भाइरसको प्रभावलाई निस्तेज पार्ने  एन्टिबडीको स्तर तिर मात्र सरकारले धेरै ध्यान दिने होइन बरु खोपले उत्पादन गर्ने  टी–सेलको रेस्पोन्सतर्फ  ध्यान दिनुपर्ने बताए । उनले  बाइभ्यालेन्ट भ्याक्सिनको   मानव परीक्षण भर्खरै सुरु भएको कुरालाई औल्याउँदै निकट भविष्यमा हङकङमा बिए.२.७५ भेरिएन्ट भाइरस संक्रमण अवश्य बढ्नेछ  र त्यतिन्जेलसम्ममा बिए.४ वा बिए.५ को लागि भनेर जोहो गरिएको बाइभ्यालेन्ट खोप विगतको कथा भैसकेको हुनेछ। अहिले हङकङमा प्रयोग भैरहेका दुईवटा खोपहरू नै गम्भीर रोग ननिम्त्याउन र मृत्युलाई रोक्न काफी भएको प्रमाणित भएकाले त्यसैलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छ्न।

नयाँ भेरिएन्ट हङकङको लागि कति खतरा ?

.अक्टोबर १० तारीख हङकङमा आयातित केस अन्तर्गत सब भेरिएन्ट बिए.२.७५.२ बाट संक्रमित एउटा केस पत्ता लागेको थियो । सिंगापुरबाट २३ सेप्टेम्बरमा हङकङ फर्किएकी एक ३२ वर्षीया महिलामा यो उपसंस्करण भेटिएको थियो । र कोभिडको अर्को भेरिएन्ट एक्सबीबी.१ बाट संक्रमित एउटा केस देखा पनि देखापरेको थियो । अमेरिकाबाट हङकङ सेप्टेम्बर २५ तारीख आएकी एक ५० वर्षीया महिलामा यो भेरिएन्ट भेटिएको हो। यी दुबै केस लक्षणहिन थिए ।

ओमिक्रोन भेरिएन्ट कै उप भेरिएन्ट एक्सबिबि१(XBB1) हो भन्छन् सरकारी सल्लाहकार डेभिड हुइ। यो उपभेरिएन्ट गत महिना सिंगापुर र भारतमा भेटिएको थियो । र सिंगापुरमा यसले कोभिडको पुनरागमन गराएको थियो उनले भने।

हङकङका नागरिकले भ्याक्सिनद्वारा आफुलाइ सुरक्षित तुल्याइसकेका कारण यो भाइरस स्ट्रेनको प्रभाव स्थानीय महामारीमा त्यति ठुलो नहुने उनले बताए ।

पेकिङ युनिभर्सिटीका एउटा रिसर्च टिमले एक्सबिबी स्ट्रेन एन्टिबडीको घेरा तोडेर भाग्ने खतरनाक मध्ये एक रहेको पत्ता लगाएकोछ। भ्याक्सिन र पुर्व संक्रमणबाट निर्मित इम्युनिटीलाई छलेर उम्कने क्षमता बिए.२ को भन्दा २८ गुणा बढी यसमा हुने गर्दछ र बिए.५ को भन्दा १९ गुणा बढी हुने गर्दछ।


अक्टोबर १० तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,८७४
.स्थानीय केस संख्या : ४,४७८
.पिसिआरबाट पुष्टि केस संख्या :१,१७२ (५७२ वटा पुष्टि केस ,५०० वटा लक्षणहिन केस र १०० वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,३०६
.आयातित केस संख्या : ३९६ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ३५७ जना (५८ वटा पुष्टि केस ,२७३ वटा लक्षणहिन केस र २६ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३९

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९६३,५८५
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ८४३,१०३

.अक्टोबर १  देखि अक्टोबर ७ तारीख बीचमा आएका लोकल केसमा १.६ प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९३.९ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,८०६,६८८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,२२८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,५७२,१८१

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १० जना
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि १० अक्टोबर सम्म   ) : १०,०१५ जना । जसमध्ये ९,९३० जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,२२८

.हाल अस्पतालमा भर्नारत विरामीको संख्या :१,६५६
.भर्ना भएका नयाँ विरामी : १९१
आइसोलेसन फेसिलिटीको आइसोलेसन वार्डमा भएका विरामी :३८०
.दोस्रो तहको आइसोलेसन वार्डमा भएका बिरामी :१४७
.नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन कन्ट्रोल सेन्टरमा रहेकोे बिरामी :३६८ जसमा भर्ना भएका नयाँ बिरामी :१३७
.नयाँ क्रीटिकल बिरामीको संख्या : २
.नयाँ सिरियस बिरामीको संख्या : ६
.कुल क्रीटिकल बिरामीको संख्या :३७
.कुल सिरियस बिरामीको संख्या :२५
.आइसियुमा भएको बिरामीको संख्या :१५

.२४ घन्टाको अवधिमा निको भएका बिरामी:१३०
.२४ घन्टाको अवधिमा डिस्चार्ज  भएका बिरामी :१०३
.पाँचौ लहरको संक्रमणबाट निको भएका कुल बिरामी :७४,८४८ जसमा डिस्चार्ज भएका बिरामीको संख्या :७४,५०६

तपाईको प्रतिक्रिया