ममता राई अफिसियल (Mamata Rai ENT) युट्युब च्यानलमा “पुर्बै घुमेर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राई र कृष्ण भक्त राईको मुख्य स्वर र कोरोसमा विनुसा राई र मनमा वि राईको स्वर रहेको उक्त प्रेमरस युक्त गीतमा कृष्ण भक्त राई कै संगीत रहेको छ भने मिक्सिङ र मास्टरिङ राजन कार्कीले गरेका हुन । यस गीतलाई ममता राई (Mamata Rai ENT) युट्युब च्यानलमा नोभेम्बर २९ मा सार्वजनिक गरिएको छ।
प्रेमिल शब्दहरु उनेर पुर्वको साल्पा सिलिचुङ् यात्राका क्रममा दुई प्रेमिल जोडीको भेट भई आकर्षित भएको सुन्दर प्रेम दर्साउने पुर्वेली भाकामा तयार पारिएको यो गीतको शब्द रचना अमेरिका निवासी ममता राईले गरेकी हुन् । यस्तै गीतकार ममता राईको अन्य दर्जनौं गीतहरु चर्चामा आईसकेका छन्।
यस गीतका गायीका मेलिना राई “द भोइस अफ नेपाल ” को कोच पनि हुन उनले यो भन्दा ९ वर्ष पहीले पनि ममता राईको “सम्झी सम्झी ” बोलको गीतमा स्वर दिएकी थिइन । यस गीतका गायक कृष्ण भक्त राई पुर्वेली संगीतका एक हस्ती हुन । उहाँले पनि यो भन्दा ५ वर्ष पहिले ममता राईको शब्दमा बनेको गीत “तारे भिर” गीतमा संगीत तथा आवाज दिएको कुरा गीतकार ममता राईले प्रस्टाउनु भयो । जुन गीतहरु दर्शक स्रोताहरुले ज़्यादै मन पराएका छन्।
बहुप्रतीभा शाली मोडेल तथा प्र्याङ स्टार एलिस राई र ममता खालिङ राईले अभिनय गरेको यो गीतको म्युजिक भिडीयोको निर्देशन तथा कोरियोग्राफी पनि एलिस राईले नै गरेका थिए। सह कोरियोग्राफी निर्देशन सरोज मोक्तान र उत्सना राईले गरेका छन। र यस गीतको लागी आर्थीक स्रोतको प्रायोजन अमेरीका निवासी रोशन राई गीतकार ममता राईले गरेका हुन ।
यस गीतको रेकर्ड स्टुडियो किङ र म्युजिक मिडिया धरानमा गरिएको थियो ।
पुरा गित 👇





