अर्जुन माङफाङ राई।दक्षिण कोरिया ।

दक्षिण कोरियाको ओन्याङ्ग ओन्छन आसान्सिमा रहेको नमस्ते हिमालय रेस्टुरेन्टले मार्च २६ तारीख आफ्नो  सातौं वार्षिकोत्सब मनाएको छ। धनकुटा खोकु छिन्ताङ्ग सहिद भुमि गाउपलिका निवासी परदेश राईले आजभन्दा ६ वर्ष अघि अर्थात २०१७ सालमा यो रेस्टुरेन्ट स्थापना गरि संचालन गर्दै आएका छ्न।

व्यवसायी परदेश राई सन २००९ मा स्थापित धनकुटा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष समेत हुन। गत मार्च ८ तारीख संपन्न संस्थाको छैटौं अधिवेशनले पुनः अर्को कार्यकालको लागी राइलाइ नै अध्यक्षमा चयन गरेको छ ।


धनकुटा सेवा समाज दक्षिण कोरिया संस्थाकी प्रमुख संरक्षक साथै परदेश राइकी दिदि गीता राईले यो संस्थाले कोरियामा समस्यामा परेको नेपालीहरुलाई सेल्टर घर  निर्माण गरि सहयोग गर्दै आएको बताइन् । भुकम्प गएको बेला र कोरोना कहरको समयमा पनि  धनकुटा लगायत देशका विभिन्न भागमा संस्थाले सहयोग गर्दै आएको अध्यक्ष परदेश राईले स्मरण गराए।
व्यवसायका अतिरिक्त समाज सेवालाई पनि जारी राख्ने परदेश राइको लक्ष्य रहेकोछ।

तपाईको प्रतिक्रिया