काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ ।
सुजन श्रेष्ठको छायाँकन , सम्पादन तथा कृष्ण लिंखा याक्खाको निर्देशन भिडियोमा रहेको छ । ’भूईँ सोरी’ गीतको भिडियोमा विमला लिम्बु र जान रानाको अभिनय रहेको छ ।

’भूईँ सोरी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया