काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका नेता शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग आज राजधानीमा विवाह भएको हो ।

राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।

विवाहमा बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन् । परम्परागत विधीबाट विवाह सम्पन्न भएको छ ।

तस्वीरः नेपाल प्रेस

तपाईको प्रतिक्रिया