– दिनेश सुब्बा

नेपाल र अन्य ठाउँमा  लकडाउन (lockdown) कसरी गरिएको थियोे अथवा कसरी गरिन्छ कुन्नि ?
तर म स्वयं लकडाउनमा परेको प्राणी भएको नाताले  हङकङमा कसरी लक डाउन पालना भईराखेको थियो  ? तपाईंहरुको जानकारीको लागि यहाँ थोरै कुरा राखेको राख्न चाहन्छु ।
४८ घन्टाको लागि  जोर्डन शहरको ५ लाख स्क्वायर फिट(sq ft) भित्र रहेको २ सयवटा बिल्डिङलाई पूर्णरूपले घेरा हालेर(cordan off) राखिएको थियो लकडाउनको बेला। प्रहरी लगायत अन्य सम्बन्धित बिभाग गरेर ३ हजार कर्मचारी परिचालन गरिएको तथ्यांक छापा हरुमा आएको थियो ।
१० हजार जति मानिसको बसोबास रहेको यी बिल्डिङहरुका हरेक ढोकामा प्रहरी तैनाथ गरिएका थिए । जसले मानिसको आवत जावतलाई कडाईकासाथ निगरानीमा राखेका थिए । पिसिआर टेस्ट गर्न बाहेक बाहिर निस्कनु मनाही गरिएको थियोे । प्रत्येक तलाको सबै फ्ल्याटभित्र कर्मचारी पसेर  सबैलाई अनिवार्य टेस्ट गर्न आग्रह गर्दै आईरहेका थिए । बिल्डिङ अगाडिको परिसरको सडकमा टेन्ट टाँगेर टेस्टको काम संचालनमा ल्याइएका थिए ।
टेस्ट गरिसके पछि एक झोला खानेकुरा पनि पाउँदरमा पर्थ्यो  । एक जनालाई कम्तीमा तीन छाक मजाले पुग्ने खान्की हुन्थ्यो  । के गर्नु ? दिएपछि लिन्न भन्न नमिल्ने ! हङकङ सरकारलाई धन्यबाद दिदै स्पागिडि  र सारडिन माछाको लन्च नेगेटिभ रिजल्ट आउने अपेक्षासहित  खाईयो। भरे डिनरमा चाहि नुडल र लन्चन मिट लिनु पर्ला मनमनै सोचेँ।

बिचरा हङकङ  सरकारले यतिको  गरेकै हो। पैसाको राहत,  निशुल्क टेस्ट, कोरेनटिनको व्यवस्थापन ,  हस्पिटल अब आउने खोप समेत आदि । हैट !  धेरै राजनीति नबुझे पनि  अब्राहम लिङ्कनको “जनताको लागि सरकार”( Government for the people) भन्ने भनाइ  छर्लङ्गै बुझ्न पाईयो।

सरकारको यो कार्यकुशलता माथि धावा बोल्दै कतिले त आवज्ञा गरेको पनि सुन्न पाईयो। लक डाउन सुरु हुनु अघिनै भारी कसेर केही मानिस  कुलेलम ठोकेका कुराहरु पनि  पढ्न पाइयो समाचारमा । तर नेपाली समुदायबाट यस्तो  कार्य  नभएको बिश्वास गर्न सकिन्छ।

संगीत सिर्जनामा रमाउने  म मान्छेलाई  खै अहिले के भएको थियोे यकिन गर्न असमर्थ थिएँ। सङ्गीत सुन्ने, संगीत गर्ने मन नै बिचल्लीमा परेको आभास भैरह्यो । घर परिसरका असामान्य गतिविधिहरुले जीवनको लयलाई नै  बेसुरा बनाई राखेको प्रतीत हुन्थ्यो  ।
एउटा बिद्रुप परिस्थितिलाई  नचाहेर पनि सामना गरि रहदा  जीवन त्यतिनै सुन्दर लागेर आइरहेथ्यो जब  वाईडेनको राष्ट्रपतीय  शपथ ग्रहण कार्यक्रममा योयोमा( Yo Yo Ma) ले चेलो ( cello) बजाएको अमेजिङ ग्रेस  (“Amazing Grace” ) भन्ने  सुन्दर धुन बजिरहदा । संगीतको हिमायती भएको नाताले मैले योयोमा (Yo Yo Ma )बुझेका वाइडेनलाई शुभकामना दिनैपर्छ । शुभकामना ।

तपाईको प्रतिक्रिया