१९ जुलाई २०२५ – (हङकङ) हङकङ अब्जर्भेटरीले जुलाई १९ तारीख बिहान २.२० बजे टाइफुन स्ट्यान्डबाइ सिग्नल नम्बर १ जारी गरेको थियो । त्यसबेला विफा नाम गरेको यो टाइफुन हङकङ शहरदेखि लगभग ८०० किलोमिटर दूर रहेकोे थियो । सामान्यतया कुनै पनि सामुद्री आँधी करिब ८०० किलोमिटरको दुरिमा आइपुगेमा हङकङको मौसम बिभागले स्ट्यान्डबाइ सिग्नल नम्बर एक जारी गर्ने गर्दछ ।
दक्षिण चीन सागरको उत्तरपूर्वी भाग अर्थात पर्ल नदीको मुहान तर्फ तीव्रताका साथ अगाडि बढ्दै गएपछि बेधशालाले जुलाई १९ तारीख दिउँसो २:२० मा टाइफुन सिग्नल नम्बर ३ जारी गरेको थियो ।
प्रतिघण्टा अनुमानित ४१ देखि ६२ किलोमिटरको गतिमा हावा चल्ने भएकोले बासिन्दाहरूलाई सम्भावित खतराहरूबाट बच्न खुकुलो वस्तुहरूलाई सुरक्षित स्थानमा राख्न सल्लाह दिइएको थियो ।
दिउँसो २ बजे तिर आँधी विफा हङकङबाट लगभग ५४० किलोमिटर पूर्व-दक्षिणपूर्व (२०.५ डिग्री उत्तर र ११९.० डिग्री पूर्व) अवस्थित थियो। अत यो आँधी लगभग २५ किलोमीटर प्रति घन्टाको गतिमा पश्चिम-उत्तरपश्चिमतिर हुइकिने अनुमान गरिएको थियो । यस क्रममा यसले दक्षिण चीन सागरको उत्तरपूर्वी भाग पार गर्दै ग्वाङडोङको तट समीप पुग्नेछ भनिएको थियो ।
पछिल्लो केहि घन्टादेखि विफा उत्तर-पूर्वी दक्षिण चीन सागर हुदै पर्ल नदीको मुहान तिर तेज चालमा बढि रहेको थियो । साथै यो आँधी थप मजबूत हुदै जाने संकेत पनि देखीएको थियोे । जसै जसै यसको तेज वायु र बाहिरी वर्षापट्टी(rainband)ले ग्वांगडोंगको तटीय क्षेत्र माथी असर पार्न शुरू गर्दछ तसै तसै स्थानीय वायुको चाप दिनभरि उच्च रहनेछ साथै मेघ गर्जन सहित भारी वर्षा र हुरिबतास चल्नेछ भनिएको थियो । यसका अलावा समुद्रका छालहरु पनि उग्र हुनेछन । त्यसैले तटीय क्षेत्रबाट टाढा रहन र जलक्रीडा सम्बन्धि गतिविधि नगर्न सर्वसाधारणलाई सल्लाह दिइएको थियो ।
जुलाई २० तारीख विफा पर्ल नदीको मुहान नजिकै आइपुग्ने अनुमान गरिएको थियो । विद्यमान आँधीले प्रचण्ड रुप लिनेवाला थियो । परिणामस्वरूप वरपरको एरियामा भयंकर आँधी बेहरी बारम्बार चल्ने , मेघगर्जन सहित भीषण वर्षा हुने अपेक्षा गरिएको थियो । ऐन घडीमा वेधशालाले विफा पर्ल नदिको कति नजीक पुग्दछ र यसले कतिको शक्तिशाली रुप लिन्छ एवं स्थानीय हावाको सघनता कस्तो रहन्छ आदि कुरालाई मापन गरि २० तारीख मध्य रात १२ बजेर २० मिनेट हुँदा टाइफुन सिग्नल नम्बर ८ जारी गरेको थियो । मौसम बिभागले नागरिकहरूलाई वेधशालाले प्रदान गर्ने ताजा मौसम सम्बन्धि जानकारीबारे अपडेट रहन आग्रह पनि गरेको थियो ।
जुलाइ २० आइतबार २०२५
हङकङ वेधशालाले आज बिहान अर्थात् जुलाई २० तारीख आइतबार ९:२० बजे चालु टाइफुन सिग्नल नम्बर ९ सट्टामा १० जारी गरेको छ । टाइफुन विफासंगै हावाको वेग बढ्न थाल्यो र खतराको ग्राफ पनि बढे पछि १० नम्बर जारी भएको हो। आउँदो केही घण्टामा यो आँधी हङकङ वेधशालाबाट लगभग ५० किलोमिटर दक्षिणमा आइपुग्ने अनुमान गरिएको छ। आँधीको असर हङकङको दक्षिणी क्षेत्रहरू पर्न थाली सकेको छ। १० नम्बर टाइफुन निकै लामो समय सम्म अनुमान गरिएको छ।
हङकङ सरकारको गृह विभागले विभिन्न जिल्लाहरूमा ३४ वटा अस्थायी आश्रयस्थलहरू खोलेको छ, जसमध्ये आज बिहानसम्म २१४ जनाले शरण लिएका छन्। क्षतिको रिपोर्ट आउन थालेको छ। बिहान ९ बजेसम्ममा, सरकारको १८२३ कल सेन्टर नम्बरमा र अग्नि सेवा विभागमा क्रमशः चार र ११ वटा रूखहरू ढलेको रिपोर्ट आएको थियो । अहिलेसम्म पहिरो वा बाढीको कुनै घटना रेकर्डमा आएको छैन।
टाइफुन हङकङ देखि केवल ५० किलोमीटर दूर सम्म आइपुगेको यो बिन्दु नै सबैभन्दा निकट बिन्दु हो । त्यसैले १० नम्बर टाइफुन जारी गरिएको हो। अहिले तूफ़ानको आईवॉल (eye wall) ले झन ठुलो हावाको लहर शहरका केहि हिस्सामा ल्याउन थालेको छ जसले अवस्थालाई थप खतरनाक तुल्याएको छ। हाल क्रियाशीलत टाइफुन सिग्नल संख्या १० आज दिउँसो ३ बजेसम्म जारी रहने छ। उत्तर तिर बहदै गरेको स्थानीय हावा पूर्व र दक्षिण-पूर्व दिशा तर्फ बहन थालेमा पहिले देखि सुरक्षित रहेकोे क्षेत्र असुरक्षित रहने भएकोले अधिकारीहरुले जनतालाई सुरक्षीत सतर्क गराएको छ।