काठमाडौं । संवैधानिक इजलासले बहस गर्दा अपशब्द प्रयोग नगर्न वरिष्ठ अधिवक्ता रामनारायण विडारीलाई सचेत गराएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहँदा बहस गर्ने क्रममा राष्ट्रिय सभाका सांसदसमेत रहेका बिडारीले प्रधानमन्त्रीलाई ‘हुतीहारा’ र कसको रिसले कसको काख फोहोर गर्नेजस्ता शब्द प्रयोग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासबाट उनलाई रोकेका हुन् ।

करिव आधा घण्टा बहस गरेका विडारीले सरकार चलाउन पनि असफल र पार्टी चलाउन पनि असफल हुतीहारा प्रधानमन्त्री भनेका थिए । उनले ‘सौताको रिसले पोइको काख फोहोर’ गर्ने नेपाली उखानलाईसमेत बिम्बका रूपमा प्रयोग गरेपछि इजलासबाट रोकिएको हो ।

बिडारीलाई प्रधानन्यायाधीश राणाले भने, ‘वरिष्ठ ज्यू ! यस्ता अपशब्दहरु यहाँ प्रयोग नगर्नुस्, आफ्नो बहस छोट्याउनुस् ।’

तपाईको प्रतिक्रिया