त्यस्तै साहित्यकार दीपक सापकोटाले सैँप्रोल तमू मिथकमा आउने महिला पात्रको नाम मात्र नभई तमू महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोशको बहस भएकाे बताउनुभयो ।
त्यस्तै समालाेचक डा. रजनी ढकालले गुरुङ संस्कृति र पहिचानमाथि गम्भीर विमर्श गर्ने बताइन्। कवितामा कवि तमूकाे आफ्नाेपन स्पष्ट र सटिक शैली रहेकाे बताउनुभयो
कवि गौरी तमूले पुस्तकले महिला अस्तित्वसँगै तमूहरूको उत्पत्ति, संस्कृति, मृत्यु संस्कार र तमूसँगै आदिवासी भूगोल–संस्कृतिमाथिको आक्रमणकाे विमर्श गर्ने आशा राखिएको बताउनुभयो ।
कवि तमू लामो समयदेखि गुरुङ भाषा र साहित्यका क्षेत्रमा क्रियाशील छिन्। यसअघि उनकाे ‘समैँ दर्बानी’ मुक्तकसंग्रह प्रकाशित छ। इन्डिगो इन्कले तमूका ‘सैँप्रोल’ पुस्तक प्रकाशन गरेको हाे।
प्रकाशित: २५ माघ २०८२ १०:३८ आइतबार





