काठमाडौँ। नेपाल चलचित्र द्वन्द कलाकार संघको पाँचौ साधारण सभाबाट निर्वाचित नयाँ पधाधिकारीले शपथ ग्रहण गरेका छन्। शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । माघ १० गते भएको पाँचौ साधारण सभाबाट द्वन्द कलाकार संघको अध्यक्षमा नारायण प्रधान निर्बिरोध निर्वाचित भएका छन्। कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, बिसेष अतिथिहरुमा फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,द्वन्द निर्देशक राजेन्द्र खड्गी,द्वन्द कलाकार संघका निवर्तमान अध्यक्ष सुर्य थोकर,द्वन्द निर्देशक हिमाल केसी,कलाकार मदनदास श्रेष्ठ,गायक शंकर लाल श्रेष्ठ लगाएत थुप्रै द्वन्द कलाकारको उपस्थिति रहेको थियो।

संघको प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, द्वितीय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा हेरुका लामा निर्विरोध चयन भएका छन् भने सदस्यहरुमा दीलिप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल, रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा रहेका छन् ।

उक्त कार्यक्रममा नयाँ कार्यसमितिलाई सपथग्रहण गराउनुको साथै नबनिर्बाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने पुरानो कार्यसमितिलाई बिदाइ कार्यक्रम राखिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष नारायण प्रधानले कोरोनाका कारण भएको लकडाउनमा चलचित्र निर्माण ठप्प हुँदा ठूलो संख्यामा द्वन्द कलाकारले अन्य पेशा अपनाउन बाध्य भएको बताए । ‘लकडाउनभन्दा अगाडि ६/७ सय जनाभन्दा बढी द्वन्द कलाकारहरु थिए । अहिले सय जना जति सक्रिय होलान् । लकडाउनपछि फिल्म निर्माण नहुँदा धेरै द्वन्द कलाकारहरु मार मा परेको हुँदा द्वन्द कलाकारहरुको उत्थान र हकहितमा लागि पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया