झापा । कोरोना कहर पछि भापाको स्थानिय तहहरुमा तिव्र रुपमा विकाशले गति लिएको छ । लामो समयसम्म जनप्रतिनिधि विहीन बनेको समाजमा निर्वाचित प्रतिनिधीहरु अहिले विकासको काममा व्यस्त देखिएका छन ।

झापाको बाहृदशी गाउँपालीकामा विकाशको पुर्वाधारमा तिव्र रुपमा विकाश भएको बाहृदशी गाउँपालीका को अध्यक्ष खड्ग प्रसाद राजवंशी ले जानकारी दिनुभयो ।

सड्क पुर्वाधारका साथै शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा निकै अगाडि बढेको उहाँले बताउनुभयो । जननिर्वाचित भएपछि बाहृदशी गाउँपालीकालाई उज्यालो बाहृदशी गाउँपालीकाको घोषणा गरे अनुरुपको काम भएको उहाँले बताउनुभयो ।

१६ वटा सामुदायिक विध्यालयमा सवा करोडको लगानीमा पठन पाठनमा जुन किसिमको अफटयारो भएको थियो त्यसलाई न्युनिकरण गरेको उहाँले बताउनुभयो । नियमित रुपमा १६ बटै विध्यालय सञ्चालनमा रहेको छ । कोविडको कारणबाट भएको अवरोध बाहेक अहिले निकै उपलब्धी भएको उहाँले बताउनुभयो ।

जनताले शिक्षा ,स्वास्थयमा निकै सुधार भएको उहाँले बताउनुभयो । स्वास्थ्य सचेतनाको कार्यक्रमहरु निरन्तर रुपमा चलिरहेको उहाँले बताउनुभयो । विकाश निमार्णको कार्यमा आएको प्रगतीबाट ग्रामिण परिवेशका जनताले उल्लेखिय रुपमा साथ पाएको उहाँले बताउनुभयो ।

हेर्नुहोस भिडियोमा

तपाईको प्रतिक्रिया