काठमाडौँ , माघ १७— कोभिड–१९ का कारण स्थगित भएको नेफ्टा(नेपाल फिल्म टेक्निसियन) अवार्डको १० औं संस्करणमो मुख्य प्रायोजकको रुपमा LIC Nepal (लाइफ इन्स्योरेन्स कपोरेशन नेपाल लिमिटेड ) ले साथ दिने भएको छ । फागुन अन्तिम सातामा ह्ुने अन्तराष्ट्रिय स्तरको प्र्रतियोगीताको लागी लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल ) लिमिटेडले प्रायोजकको भुमीका खेलेको ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले बताउनुभयो । गत वर्षको चैत्र २२ मा टुँडिखेलमा गर्ने भनिएको यो अवार्ड फागुनमा हुनेमा आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले जनाएको हो ।

’भौतिक रुपमै हामी अवार्ड कार्यक्रम आयोजना गर्छौं । हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै फिल्म हल खुले । त्यसैले यो क्षेत्रलाई थप चलायमान बनाउन यहि वर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको हो,’ आयोजक संस्थाका अध्यक्ष पुस्कर लामाले बताउनुभयो ।

नेफ्टा र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन माघ २४ गते गरिने बताइएको छ । फाइनल कार्यक्रम होलट सोल्टी मा आगामी फागुन २९ गते गरिने आयोजक सस्थाले बताएको छ ।

तपाईको प्रतिक्रिया