नेपाली कविताको क्षेत्रमा कवि रोशन यक्सो एक ससक्त कवि हुनुहुन्छ । अनुभव र अनुभूतिले भरिएका उहाँका कविताहरु कुनै सुन्दर संगीतका धुनझैँ लाग्छन् । फरक बिम्ब र आकारहरुले भरिएका उहाँका कविता कुनै भिरमा फुलीरहेको सुनगाभा फुल जस्तै सुन्दर लाग्छ । पछिल्लो समयमा उहाँको प्रकाशित कविताकृति सम्झनाको चोमोलुङ्मा चर्चामा रहेको छ । उहाँको कविताहरु उहाँले नै बाची ल्याएको भोगी ल्याएको अनुभवहरुको सगालो हो। प्रस्तुत छ साताको तीन कविता ।
राष्ट्रिय एकता दिवस
नाक कान काटेर तिमीलाई पनि
बुच्चो बनाइएको भए ।
मितेरीको बाहानामा
तिम्रो पिठ्युँमा छुरा रोपीएको भए ।
तिम्रो भाषा, रीतिथिति खोसेर
तिमीमाथि-
पराया भाषा, रितिथिति लादिएको भए ।
तिम्रा पनि बाजे बराजुलाई
बोरामा कोचेर खोलामा बगाइएको भए ।
तिम्रा कलिला सन्तानलाई
धान कुटेझैँ ढिकीमा किच्याइएको भए ।
आगो
आगो असल सेवक हो तर
चुपचाप शान्तसंग अगेनामा बस्नुपर्ने आगो
कथम कदाचित बहुलायो भने
ध्वस्त पारी दिन्छ बस्तीका बस्ती
क्षणभरमै जलाउन सक्छ
जो कसैको फुल जस्तो सुकोमल देह
खरानी पारिदिन्छ कसैको सपना
बाँकी नराख्न सक्छ तपाईको कुर्सी ।
होस गर्नु होला महासय !
हिजो आज म पनि
छातीमा आगो लिएर हिँडिरहेछु ।
प्रतिरोध
न्याय माग्दा
गोली ठोक्छ सरकार
बिकल्प-
प्रतिरोध वा आत्महत्या
म कायर होइन – प्रतिरोध गर्छु ।