करिव ८ अरब मानव जातिको पुर्खाहरुको बोली (sound- आवाज) उनीहरू एक ठाउँबाट अर्को ठाउँमा सर्दा जीवनको लागि आहारा अनि पानी आपुर्ती गर्ने खोला, नाला, पोखरीहरू आदीमकालमा बासको लागि प्रयोग भएको मेंलुङ ( मानिस+ ढुङ्गा ) ओडारबाट गाउ बस्ती हुदै विकासित भएका शहरहरुको खोजी र धेरै मानवशास्त्रीहरु वा विद्वानहरुको खोजीमा मानव उत्पत्ती अफ्रिका महादेशमा भयो होला भन्ने तर्क र खोजीहरुलाई सम्मान गर्दै विश्वमै पुरानो भनेर मानिएको संस्कृत र मुन्धुमी आवाजहरुको सृष्टि भएको ठाउँ अफ्रिकालाई फर्केर हेर्दा त्यहाको सबैभन्दा पुरानो अर्बौँले बोल्ने बान्तु र स्वाहिली भाषाका आवाजहरुलाई पनि नियाल्दै तुलनात्मक रुपले अध्ययन गर्दा पाइएका केही तथ्यहरु सारांशमा प्रस्तुत गर्न खोजिएको छ ।
एउटा बलियो र आधारयुक्त तर्क के गर्न सकिन्छ भने अफ्रिकी महादेशको मध्य भागमा अवस्थित कंगो नदी, यसको घुम्तीहरु र भिक्टोरिया ( Victoria) ताल भुमध्य रेखामा परेकोले, पृथ्वीको सृष्टि काल देखिनै बर्षौ बर्षसम्म त्यहा तातो भएकोले (kira) किर कुहिनु भन्ने एउटा प्राकृतिक प्रकृयाबाट जीवहरुको साथ साथै मानव जातिहरुको उत्पत्ति भयो होला भन्ने आंकलन वा अनुमान गर्न सकिन्छ । दक्षिण अमेरिकामा अवस्थित अमेजन (AMAZON) खोला भुमध्य रेखासँग समानन्तर हुनुले त्यहाँ पनि कंगो नदी किनारहरुमा झै मानव उत्पतिको संभावना उतिकै भएकोले एसियाबाट साइबेरिया र अलास्का हुदै अमरेरिकन रेड इन्डियनहरु अमेरिका पुगेर बसे भन्ने तर्क गलत हुन सक्छ । कंगो र अमेजन नदी किनारहरुमा मात्र नभएर भूमध्य रेखाले छोएको वा त्यसको नजिक पर्ने इन्डोनेसियाको भूभागहरु र अरु थुप्रै (polynesian islands) टापुहरुमाहरुमा पनि मानव सृष्टि वा उत्पत्तीको उत्तिकै बलियो संभावना देखिन्छ।
KIRA किर= कुहिने प्रक्रिया
MITHINIT मिथिनइत= आगो आविष्कार गर्ने परिकल्पना
KEWA केवा = (खेवा) महासागर / विशाल नदी
IMBIRI इम्बीरी= मानव पुर्खा
YUMA युमा = मात्री देव
KIRIRI किरिरि=कुहिने प्रकृयाबाट श्रृष्टी भएको सर्वश्रेष्ठ प्राणी
MUNDUM/ MUNDURUKU=MUNDU ब्रहामाण्डलाई हल्लाउने शक्ति
यी माथिका सबै आवाजहरु पपुवा न्यु गुइनिया (PAPUA NEW GUINEA), इन्डोनेसिया,पोलिनेसिएन द्विप (POLYNESIAN ISLANDS),अफ्रिकाको कंगो खोलाको किनारहरुमा, ब्राजिलको अमेजन खोलाको किनारहरुमा र अमेजन खोलाको सहायक नदीको उद्गगम थलोहरुमा पनि पाइएकोले यी माथिका चार क्षेत्रहरुमा मानव उत्पत्ती भयो भनेर अङ्कलन गर्न सकिन्छ । यी माथिका ठाउँहरुमा उत्पती भएका मानिसहरु मध्ये अफ्रिकामा उत्पति भएका मानव जातिहरु नै विश्वमा चेतनशील, प्रभावशाली देखिन्छन ।
नेपालले कहिले पनि उपनिवेश नबनाएको अफ्रिकामा नेपालको सबै गाउँहरु, खोलाहरु र उपनामहरु (थर + जात) इतिहास नभए पनि आवाजको रुपमा पाइएको र हाम्रोमा बोलिने आवाजहरु ९० प्रतिशत पाइएकोले वान्तु र स्वहिली आवाजहरुको शब्दार्थ अर्कै भए पनि आवाजहरुको समरुपताले अफ्रिकामै धेरैजसो मानव जातिहरुको उत्पति भयो भन्ने खोज र तर्कलाई अझ मजवुत र बलियो बनाउछ ।
कंगो नदीको दुई किनारहरु र भिक्टोरिया ( VICTORIA) ताल वरिपरी उत्पति भई फैलिएको मानव समुहहरु मध्ये कोही अफ्रिकामै बसे भने कोही समुह समुहमा अफ्रिका महादेशको पुर्वी र पश्चिमी किनारबाट उत्तर लागे त्यस्तै गरी अरु थुप्रै अफ्रिकीहरु ( NILE) नाइल वा निली खोला पछ्याएर इजिप्ट पुगे । उत्तरतर्फ लागेका सबैको इजिप्ट, इजरायल, लेवनान वा मध्यपूर्वमा पुनर्मिलन हुन्छ र सम्पुर्ण मानव जातिहरुको पुर्खाहरुको त्यहाँ मिश्रण हुन्छ। जसलाई पुरानो भाषामा (MESOPOTAMIYA) भनिन्छ, मेसापोटामियाको अर्थ सम्पुर्ण मानव जाति मिसियो भन्ने हो तर इतिहासकारहरुले इराकको पुरानो सभ्यतालाई मात्र मेसापोटामिया भनेर इङ्गित गरेको छ ।
ME मे = HUMAN = मानिस
SO/SA स/ सा = DESCENDANTS = सन्तान र छोराछोरीहरु
POTA= पोता MIXED = मिसियो
MIYA = मिया । Mixing up event took place yeare and years -मिसिने काम हजारौ हजार वर्ष भैरह्यो ।
MESOPOTAMIYA = मुन्धुमी आवाजले विश्वका सम्पुर्ण मानव जाति मध्यपूर्वमा मिसियो र चोखो कोही पनि हुन सक्दैन भन्ने सन्देश दिएको छ । यदी ब्राजिलको अमेजन किनार, अफ्रिकाको कङ्गो नदी किनार, भिक्टोरिया ताल, इन्डोनेसिया, PAPUWA NEW GUINEA र POLYNESION ISLANDS ( पोलिनेसियन टापुहरु ) यी सबै ठाउँमा मानव जाति उत्पति भएको भए पनि लगभग आज आएर सबै मिसिसकेका छन्। MESOPOTAMIYA का ८ सुमेरीयन राजाहरूनै KIR 8 ROMAN मा KIRYET = MUNDHUM मा , KIR – ८ SINDHU CIVILISATION मा यी माथिका तीन ओटा शब्दहरुको विकसित रुप नै (KIRAT) किरात भन्ने विशाल शब्द हो ।
इतिहासकारहरुले (SUMERIAN KINGS AND QUEENS ) हरुलाई काल्पनीक राजारानीहरु भने पनि मेरो खोजीमा उनीहरु वास्तविक राजारानीहरु थीए। EVIDENCES : Tutu=King , Sawa lake = सावाताल (सावायेत=हाङ आठराई ), Nam= sun, उबारा= तिब्बतको राजा , La=land/ MOON ,थीबुरा = alcohol दीनु, आन्ने=दीदी,एनमेन= यो होईन,दुमु ( वीउ जोगाउनु ) धान अफ्रीकावाट जोगाएर भारत हुदै १९००= २२०० बर्ष अगाडी याङसी खोलाका (अफ्रिकावाट चीनमा पुगेका याङ जातीहरु – African yang family ) किनारहरुवाट जापानमा पुराए । धान अति मीठो अन्न भएकोले सम्झना स्वरूप (YA YOI) यायोई भन्ने चाडको जन्म जापानमा भयो। KIR 8 हरुको सन्तानहरुले हाल पाकिस्तानको सीन्धु घाटीमा ( DARO ) ७ पुस्ते विवादस्पद पाछा र साईनोको सुत्रपात गरे। ढेबा = थेप्पा = थेबादारो – बाजे पर्नुहुन्छ, युमादारो = बज्यु, पामादारो= बाबुआमा, नेने = निनि/आना/आन्नी=दिदि, साछा = मेन्छा दारो=छोरा नाति । ती सीन्धुसभ्यता भित्रकै एक संम्राटले भारतमा NALANDA ( पर निस्क्यो ) UNIVERSITY स्थापना गरे । नालन्दाको अर्थ-हामी जस्तै अती शक्तिशाली महाराजा वा महासंम्राट छोरीचेलीहरुबाट (भान्जा भान्जी) जन्म भयो भनेको हो ।
अनौठो संयोगहरु-
1. नेपालको पाल्पा र तिनाऊ गाउँ नेपालमा सँगै छन्। यि दुवै गाउँ नाइजेरिया (NIGERIA) मा पनि सँगै छन् वा नजिकै छन् ।
2. नेपालको “नेवाला” (काठमाण्डौ) भन्ने सुतेको भूमी ( समथल ) र लुवु खोला (जमिनको भाग पानीले छोपिनु) काठमाण्डौमा छन् । यी दुवै नाम गरेका ठाउँ र खोला दुवै संयोगबस तान्जानिया (TANZANIA) मा छन् ।
3. भोजपुरको हतुवा गाउँ र वोया गाउँ कंगो र नाईजेरियामा छन् । हत्वा र हतुवा गाउँहरु भारतको मध्य र उत्तर प्रदेशमा पनि छन्। नेपालको कोशी नदीको शिरमा पाइने दुई वटा अफ्रिकी आवाजहरु “तोयामा” र “खियामा” जापानमा दुई वटा शहरहरुको रुपमा अवस्थित छन्।
4. ताप्लेजुङको बजार मुनीको सेगुम्बा/ सेगुम्मा गाउँ (रोज्जा केटा र केटी छान्ने प्रथा) सेगुम्मा गाउँ गाउँको रुपमा नभएर हजारौ सेगुम्बा ( SEGUMBA) जातिहरु तान्जानिया (TANZANIA) मा छन् । सेगुम्बा गाउँको BAKANGE खेत (बाका + आङ्गे = कंगोबेसीको काले जाती हामी ) जुन अफ्रिकाको कंगो देशमा छ । यो ताप्लेजुङ सेगुम्बाको BAKANGE खेत ताप्लेजुङ बजारमा बस्ने आनन्द दहालको खेत हो । नेपालमा रहेको ताप्लेजुङको मितलुङ गाउँ (मेतेंलुङ = Passing the messages in a flat stone with the symbols ) यी आवाजहरु South Africa, Germany, Switzerland, Thailand, Indonesiya लगायत विश्वको थुप्रै ठाउँमा पाईन्छन्। )
5. ताप्लेजुङको मैवा र मेवा खोला वरीपरी पाइने ऐतीहासीक आवाजहरु धेरै जसो अफ्रीकी महादेशको कंगो नदी कीनारहरुमा Victoria तालवरीपरीका देशहरुमा र दक्षीण अफ्रीकी क्षेत्रमा अवस्थीत गाउँ, पहाड, खोला, खोल्सा, शहर क्षेत्रको रुपमा अनि पारीवारीक नाम वा उपनामको रुपमा पाइन्छन। जस्तै :
6. वनेम = वानेमा-दक्षीण अफ्रीकी क्षेत्रमा एउटा समुहले पुज्दै आएको ठुलो देवता ( WANEMA)
7. आङ्ला= (आंगाआला) – My Country ( Angola )
8. साङु = सांगु = मद्दतको लागी विन्ती।
9. मामया (माम्या) खोला=आमा पानीमा हराउनु वा विलय हुनु )
10. मैवा (मा+ईं+वा) खोला = आमाको आत्मा सधैं घुमी रहने खोला
11. मेवा = त्यहा मानिसहरु छन।
13. लेक्वा (लेगुवा गाउ धनकुटा) = तालको चीसो पानी
14. आङ्बो = शक्तीशाली परीवार ( शत्रुहरुको जरै उखेल्न सक्ने क्षमता भएको )
15. चाङगे =अफ्रीकामा कपडाको आविस्कारको प्रमाण
16. वई याकमा = दुम्सी पाइने ठाउँ
17. लुङवा = माया वा प्रेम अधिक मात्रामा हुनु।
18. पोक्ला =उठेको भूमी (डाडा)
19. हाङस्रम्बा= हाङ +राजा + सा + सन्तान + रा +राजा वा संम्राट + यम्बा+ सव भन्दा ठुलो=( संम्राट )
20. मास्वा (मा+सा+वा) एउटै आमाका संतान भर्सक नछुटीनु र एकै परीवारमा हुनु राम्रो भन्ने सन्देश ।
21. तामाराङ्ग = सृष्टि हुदा जमीनको सतह फाटेर फरक भए पछी पानी पसेर वहनु ( ताम्राङ्ग उपनामका मानीसहरु PAPUWA NEW GUINEA मा धेरै छन तर युरोप ,अफ्रीका र अमेरीकामा पनि यो अती ऐतिहासीक आवाज पाइन्छ।
22. थीङ्ला = लडाकुहरुको देश
23. थीङ्ला आबु =लडाकुहरुको देशलाइ पनि आक्रमण गर्ने अति शक्तिशाली एक राजा।
24. नाल्बु = ना+ला+आबु = अर्को देश माथि आक्रामण गर्न रुचाउने लडाकु राजा
25.नाल्बो =ना+ला+आबो= Hit the other countries (हुकुम)
26. फागो = रक्षाको लागी देशको सिमानामा बार लगाउ।
27. फागु = (Defence) रक्षाको लागि सिमाना लगायो।
28. फाकुङ्बा (फागुङ्बा) = यो Defence सिमाना मेरो पहलमा भयो।
29. तेम्बे = बीन्ती गर्दा उहा मान्नु हुन्छ है (सल्लाह) Wales मा तेन्बी ( मान्छन र हो ? ) भन्ने Town छ । यो आवाज जताततै फैलीएको छ।
30. चिना + आबुङ = चिनाबुङ= म वाण अरु भन्दा टाढा हिर्काउछु।
31. लिवाङ= धनुर्धारीहरुको गाउँ वा क्षेत्र ।
32. थोप्रा (थोपा+ रा) = थोपा भन्ने क्षेत्रको मुख्य व्यक्ति, थोपा फुङ = थोपा क्षेत्रमा पाईने फुल
अफ्रिकामै अस्तित्वमा आएर विश्वभरी फैलिएका उपनामहरुको विषयमा संक्षिप्तमा भन्नुपर्दा –
Genetically नेपालको प्रधानमन्त्री ओलीवा र बेलायतका प्रजातन्त्रका जननी General ओलीवा क्रमवल एकै वंशको हुन सक्छन् । श्रृष्टीकालमै अफ्रिकामा रक्षक भनेर चिनिएका थेवेहरुले इजिप्टमा 400 बर्ष र ग्रिसमा 1000 बर्ष राजकाज गरे। पौराणिक कालमा थेवेहरुले ग्रिसमा आमून ( AMUN ) भन्ने देवतालाई मान्थे जुन शब्द भारतको मुम्बाई शहरसँग सम्बन्ध राख्छ । मध्यपूर्व देखी भारत हुदै पूर्वमा जापानसम्म अस्तित्वमा आएका थेवेहरुले भारतमा अहिर (ABHIRA, AHIRA , HIRA) लेखे भने जापानमा चार जना HIRA सम्राट भएका थिए । दक्षिण कोरिया र उत्तर कोरियामा थेवे गाउँहरु र जापानमा हिरता भन्ने गाउँले अफ्रिकाबाट मध्यपूर्व र भारत हुदै हिर (थेवे) वंशीहरु जापानमा पुगे भनेर बुझ्न सकिन्छ। (हिरता= हिर वंशीहरु आए ) युवा संघ नेपालका वर्तमान अध्यक्ष क्षितिज थेवे र अफ्रिकामा श्रृष्टी भई जापानसम्म पुगेका थेवे (अहिर)हरुको वंश एउटै हुन सक्छन्। यसको प्रमाण नेपालको पूर्वी भागमा थेवेहरुको घनाबस्ती भएको क्षेत्रमा हिरवादेन भन्ने गाउँ छ। ( हिर+ वा+ देन) सबैलाई घुमाउन सक्ने मानिसहरुको बसोबास भएको ठाउँ) माथिका प्रमाणहरुले के सावित गर्छ भने थेवेहरु नै मानव इतिहासमा सबै भन्दा ( THE LONGEST REIGNING DYNASTY ) हुन । अफ्रिका वेलायत र युरोपका (Basnet)हरु र भारत नेपालका बस्नेतहरु पनि एकै वंशका हुन सक्छन्। इटालीका विश्व सुन्दरी मोनालिसा, बेलायतको मोनाली जातीहरु र भारत नेपालका मैनालीहरु एकै वंशका हुन सक्छन्। ओलीको अर्थ धनुर्युगमा धनु र वाणलाई आगोको तापले वैज्ञानिकीरण गर्ने तिक्ष्ण बुद्दि भएका पुर्खाहरु भन्ने बुझिन्छ र वासानेत वस्नेतको अर्थ पित्रहरु प्रति छोरा नातीहरुले गर्नुपर्ने कर्मकाण्ड वा विधिको सुत्रपात गर्ने दार्शनिकहरु भन्ने बुझिन्छ।
मोनालिसा भन्नाले मोना = मान्छे, लि = धनु, सा = छोरा र नाती भन्नाले धनुर्धारी लडाकुहरुको छोरा नातिहरु भन्ने बुझिन्छ । वेलायत नाइजेरियाका सार्कीहरु भारत र नेपालका सार्कीहरु एकै वंशका हुन सक्छन । ( सारा + सबै ,की = डराउनु ) सार्की भन्नाले मजवुत र आकर्षक बलियो शारिरिक बनावट देखेर सबै मानिसहरु डराउछन् भन्ने हुन्छ । काम्मा + मी/ मे = कामी =काम्मा(जोड्नु) मी/मे = मानीस अफ्रीकामा सुरुभएको मानव सभ्यताको सुरुवातमै दुइ वा दुइ भन्दा बढी तत्वहरुलाइ जोड्ने तीक्ष्ण खुवीभएका आजको बीज्ञान र प्रबीधीको आधार सुत्रपात गर्ने हामी सवैको पुर्खाहरुलाइ कामी( KAMI )भनीन्छ।यो ऐतीहासीक आवाजको संमान गर्ने जापानको प्रगती सवैको सामु छ।जापानमा देवता , संम्राट/ सांम्रागी र सवै जापानी हरुलाइ कामी भनीन्छ। । अफ्रिका,वेलायत, युरोपका काङ/ काङ्वाहरु र भारत ( INDIA) एकिकरण गर्ने सम्राट अशोकका नाती काङ्बा र पुर्व ताप्लेजुङ र भोजपुरका काङ्वा बखिमहरु एकै वंशका हुन सक्छन् । अफ्रिकामा श्रृष्टी भएका वनेमा, ब्रम्हा, ब्रह्माई, ( ब्रह्मा घुम्नुहुन्छ ) यालम्बा,लिम्बु, दिक ( चाम्लीङ्ग) , कोयु साम्पोङ्ग , गुरुङ,गुरुङगु, मगर, दाहाल, बराल, तामाङ, शेर्पा, केसी, फेन्दु, सार्की, थारु, खस, खास, मुनाल, पाण्डे, थापा, कोच, सुनुवारा, याक्खा, साम्वा, थेवे, नेवार , नेवा, मुक्तान, याङ्लि, फागो, तुम्बा, नेम्वा, मावो, कामी, योङ, पोमु, फावेन, नाल्वो, सेन, मुदेन, बेघा, मेयम्बा, बान्तु, दमाई, खम्बु, लाओती, लिवाङ, आङ्वो, इजामा, इदिङ्गोआ, बाहुन, तुम्बा, पात्लुङ, गाहा, खजुम, मास्वा, याक्कुतुम्बा, मिश्र, रिजाल, नागा, खिवा, झा, दुला, खेवा, पातिबा, पाति, कंश, बासु, दुरा, सारु, गिरी, फेम्बु, यातुम्बा, माझी, हायु, लामा, रिझी, बोटे, ताम्ला, चन्द, बिष्ट, कन्दावा, आङ्ला, तबे, पङ्गानी, इङ्वा, सिरेङ, लिङ्दम, साम्सो, कुरुम , मादेन, लिङ्देन, थुलुङ, पयुङ, कुलुङ, माक्तुम्बा, सिगु, मुदेम्बा, याङ्सी, नुगो, खापुङ, हाङ्स्रम्बा, इङ, तावा, येलुङ, फोम्बो, सिगु आदी वंशहरु युरोप र मध्य पुर्वबाट छरिएर विश्वभरी फैलिएकाले सोही उपनाम भएका वंशहरु एकै हुन सक्छन्। इजिप्ट मेसापोटामिया र सिन्धु सभ्यता मात्र नभएर विश्वका सबै दर्शनहरुको शुत्रपात गर्ने उल्लेखित उपनामका वंशहरु हुन । कुनै पनि कालखणडमा विश्वका कुनै पनि मुलुकमा कहि न कही सम्राट, राजा , राष्ट्रपति , प्रधानमन्त्री वा ठूला ठूला दार्शनिकहरु भईसकेका छन्। यी माथिका सबै सुन्दर उपनामहरु थोरै समयभित्र सबै ठुलो मान्छे हुनपर्छ भन्ने विचार सरासर गलत हो ।अफ्रिकामा श्रृजना भएका सबै उपनामहरु ठाउको अभावले समेट्न नसकिएकोमा क्षमाप्रार्थी छु ।
अफ्रिकामा हाम्रा पुर्खाहरुले नाम लगाएका खोला, नाला र तालहरु विश्वभरी फैलिएको पाइन्छ । प्रत्येकको सुन्दर परिभाषाहरु हुन्छन्। थोरेको वर्णन गर्नुपर्दा:-
( This is fish ) = कन ङा/ कंगा ( कंगो) कंगा- Congo नदी, गंगा नदी अफ्रिका र भारतमा छन्। पुर्खाहरु भारतमा आएर दुइ वटा विशाल खोलाहरुको नाम कन्ङा (गंगा माता) राखे। पहिलो काँसी तिर्थस्थलबाट बगेर गएको नदीको नाम गंगा र दोस्रो गंगा दक्षिणपूर्वमा अवस्थित भारतको गोदावरी नदीहो । उक्त गोदावरीको पौराणिक नाम पनि गंगा हो ।चिन र भियतनाममा अवस्थित Mekong नदीको पौराणिक नाम पनि माईकङगा ( गंगा) हो । भौगोलिक बनावटको कारणले जापानमा (कंगा) कंगो तिर्थस्थल मात्र छ । काशी =”का” को अर्थ घर्षण वा छालबाट श्रृजना भएका आनन्दमय सुसेलीहरु भन्ने अर्थ लाग्छ र “सि” को अर्थ ति मिठा आवाजहरु हराएर जानु । काशीमा सानो आसी खोला छ जस्को अर्थ पानीवाट मानिसहरुको मृत्यु हुन सक्छ भनेर पुर्खाहरुले चेतावनी मुलक संदेस दिएका हुन। काशी तिर्थस्थल कंगो वेसिनमा भएको मानव श्रृष्टीको सम्झना स्वरुप स्थापना भएको हो र यो एसियाको सबै मानव जातिको तिर्थस्थल हो ।
2. कोशी खोला = Co/Ko को = तातो र SHE/ SI सी = चिसो “तातो र चिसो” पानिको पवित्र परिभाषा हो । यो आवाज खोला, खोल्सा, तालहरुको रुपमा विश्वभरी पाइन्छ। जापानमा कोशीगया शहर छ । जस्को माने “कोशी” अलौकिक आवाज हुन । तामाकोशी तामा = आउनु,कोशी = तातो चिसो पानी हो जसको अर्थ पानी पछ्याएर पुर्खाहरु त्यो क्षेत्रमा आए। एउटा ठुलो कोशी ताल SOUTH AFRICA मा छ। कोशी खोला जापानमा पनि छ।
3 वागमती / WAGOMEDA – वा /गो/ मेदा = वा = पानी/ गो = पछ्याउनु वा रुङ्नु / मेदा =आए
– पुर्खाहरु पानी ( बाग्मती) पछ्याएर काठमाण्डौमा आए
4 कर्णाली / SARAYU = सर = सुसेली हाल्दै, यु = माथीबाट तल बग्दै आउनु
5 गण्डकी =( सदान = घर्सणबाट सुसेली श्रीजना हुनु / ई = घुम्दै जानू / रावा = ठुलोखोला) सदानिरावा ( सदान+ईरावा )= आनन्दमय सुसेलीका साथ घुम्दै गएको ठुलो खोला
6 अरुण – सां कुवा = उज्यालो साङलो पानी, सावा = बच्चा खोला (संखवासभा) तिब्बतमा BUM= CHU पवित्र पानी
7 ब्रम्हापुत्र = येलुङ -साङ्पो किरात शासनकालमा राजधनी येलुङ हाल काठमाणडौको थानकोटमा रहेको थियो । त्यसबेला किरातहरुको साम्राज्यभित्र परेकोले ब्रम्हापुत्रको नाम येलुङ साङ्पो भनिन्थ्यो। साङ्= साङ्लो/ सफा, पो= सिजनमा बढ्न सक्ने
8 तमोर (इमबिरी याङथाङवा ) = ता + मुरा – जमिनको सतह फाटेर पानी पस्नु । पूर्वी नेपालमा अवस्थित तमोर नाम गरेको खोला जापान, वेलायत, दक्षिण अफ्रिका, रसिया र अष्ट्रेलियामा पनि छन् ।
नेपालको पूर्वी भागमा रहेको मुकुमलुङ पथिभरा माता-
मुक = प्रसिद्ध, कुम्मा = माता, लुङ = ढुङ्गा यो मुकुमा भन्ने आवाजको श्रृष्टी अफ्रिकाको कंगो बेसिनमा भएको हो । यसको अर्थ आमा विना सम्पूर्ण मानव जातिहरु लगायत ब्राहामाण्डको अस्तित्वको अर्थ नै अनर्थ हुन सक्छ भन्ने परम्पराको सुरुवात कंगो नदीको किनारहरुमा भयो। सुरुमा यो दर्शन अफ्रिकी महादेश भरी फैलिन्छ र अफ्रिकाबाट क्रमैसँग मध्यपूर्व, युरोप र भारत हुदै विश्वभरी छरिएर अस्तित्वमा आएको हो । मुक, मुकु र मुकुमा भन्ने ठाउहरु भारतमा अनगिन्ति छन् पूर्वमा जापान र पपुवान्युगिनिया सम्म अस्तित्वमा आएका छन् भने पश्चिचममा अमेरिका र क्यनडामा पनि अवस्थित छन्। आमा नै भगवान वा देवी हुन भन्नेमा विश्वास राख्ने विश्वका धेरै मानिसहरुको आस्थाको थलो पाथिभरा हो। यदी पातीवारा ( PATIBARA) हो भने यसको अर्थ पाती भन्ने राज्य वा क्षेत्रको राजा अथवा मुख्यमान्छे हो। यो (SOUND) आवाज पनी अफ्रीकाको कंगो कीनारहरुबाट फैलीएर संसारको सबै कुनामा पाइने आवाज हो। पाथीभरा भन्ने आवाज त्यहाको भौगोलिक स्वरुपको अती सुन्दर परीभाषा हो र जहा जात र धर्मको कुरा कल्पनासम्म पनि गर्न सकीदैन।
स्रोत सन्दर्भ स्रोतहरु
1 वाल्मीकी “रामायण”
2 बेदब्यस “महाभारत”
3 इमानसिँ चेमजोङ The History of Nepal…..
4 नारादमणी थुलुङ “सिंकर लुङ्कर र महेन्जोदारो”
5 ढुन्डिराज शास्त्री “नेपालको आलोचनात्मक इतिहास”
6 मिन बहादुर गुरुङ “ लिम्बु र गुरुङ समुदायको केही भाषाहरु मिल्छ मिक=आँखा, ङा- माछा /पङ – पोङ-काठको चौठो”
7 डा.हर्ष बहादुर बुढामगर “हंगेरीमा Magyar”
8 तिलबिक्रम नेम्बाङ (बैरागी काईला) “मुन्धुम”
9 Google Mep, Google History
माथिका कुनै पनि कुराहरु मैले जानेको वा बनाएको होइन । आवाजहरुको खोजी गरेर प्रस्तुत गर्न मात्र कोसिस गरेको हो। र स्कुल कलेज अकाडेमी र ब्याकरणको जन्म हुनु अगाडी हजारौ बर्ष पुरानो आवाजहरुको खोजी भएकोले यो प्रस्तुती NON ACCADEMIC हो । विश्वका हजारौ भाषाहरुमा अर्कै अर्थ लागे पनि यो लेख नेपालको पूर्वी क्षेत्रमा अवस्थित कोसी, तामाकोशी, अरुण, तमर, मेवा (मिक्वा ), मैवा र कावेली खोलाहरुको आसपासमा पाइने ( SOUNDS ) आवाजहरुमा आधारित छ। उल्लेखित सबै लेख र प्रमाणहरु असत्य पनि हुन सक्छन् किनकी यो खोज विज्ञानको नभएर आवाजहरुको हो। यदी एउटा मात्र सत्य भयो भने ठुलो उपलब्धीको रुपमा लिनेछु । बिभिन्न समुदायमा बोलिने भाषाको उत्पति, प्रयोग, तुलनात्मक अध्ययन र नेपालको संस्कृत तथा मुन्धुमको अध्ययन अनुसन्धानको शिलशिलामा योगदान दिनुहुने दार्शनिक, लेखक, इतिहासकार, राजनितिज्ञ, बुद्दिजिविहरु तथ श्रृष्टिको सुरु देखि आज सम्म ज्ञानको खोजिमा समर्पित श्रद्धाहरु र पृथ्वीको नक्सा तयारीको खोजिमा बलिदान दिनुहुने सबैमा समर्पित छ ।
नोट : लेखक लामो समयदेखि समाजशास्त्रको अनुसन्धानकर्ता हुनुहुन्छ , यो लेखमा राखिएको सबै तथ्यको जवाफदेहिता लेखक आफै हुनुहुन्छ ।